शुक्रबार देखि बेनीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विकल्प न्यूज/बेनी
फागुन ११ गते ।

भोली शुक्रबार देखि बेनीमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा फागुन १२ र १३ गते जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड हुने भएको हो । जिल्लाका ६ वटै पालिकामा पालिकास्तरीय रनिङशिल्ड सम्पन्न भएपछि जिल्लास्तरीय आठौँ रनिङशिल्ड गर्न लागिएको हो । प्रतियोगिताको सवै तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी, कराते र एथलेटिक्ससमा पालिकास्तरीयबाट सहभागि विद्यार्थीबीच प्रतिस्पर्धा गराईने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

ADV

आठौं राष्ट्रपतिकपमा प्रथम, द्वितस् र तृतीय हुने पालिकाले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । जिल्लामा हरेक बर्ष हुने राष्ट्रपति कपले खेल क्षेत्रमा नवप्रतिभावान खेलाडीहरु पहिचान गर्न सहयोग पुगेको अध्यक्ष केसीले बताउनुभयो ।

जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागि हुने छन् । प्रदेशमा म्याग्दी जिल्लाबाट ८८जना खेलाडी सहभागि गराईने छ।

हरेक पालिकाबाट विभिन्न विद्याका ८० भन्दा बढी विद्यार्थी प्रतियोगितामा सहभागि हुने छन् । दुईदिनसम्म संचालन हुने प्रतियोगिताको प्राविधिक बैठक, खेलक तालिका फागुन ११ गतेनै सार्वजनिक गरिने कार्यालय प्रमुख दानबहादुर राईले जानकारी दिनुभयो ।