बेनी नगरले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्युज / बेनी
फागुन १३ गते ।


बेनीमा शनिबनर सम्पन्न भ्एको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण,७ रजत र ८ काँस्य पदक जितेको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ७ रजत र ३ काँस्य सहित अन्नपुर्ण गाउँपालिका द्धितीय ्भएको छ भने ५ स्वर्ण, ३ रजत र ४ काँस्य सहित मंगला गाउँपालिका तेस्रो भएको छ ।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी सहितले पुरस्कार वितरण गर्नुभएको थियो ।