बेनीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस (फोटोफिचर)

विकल्प न्यूज/बेनी
फागुन १५ गते । बेनीमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।
नेपाल मगर संघ जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा मगर समुदायले मगर संस्कृति,भेषभूषा सहित बेनीमा ¥याली निकालेका छन् ।

 स्थापना दिवसको अवसरमा हेमबहादुर पुन मगर स्मृति अन्तर मावि लोकतृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ ।