Breaking News
मंगलाका चालिस बालविकास केन्द्रमा स्मार्ट कक्षाकोठा

विकल्प न्यूज/बेनी बैशाख २५ गते । जिल्लाको मंगला गाउँपालिकाले ४० वटा बालविकास केन्द्रमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको छ । स्मार्ट कक्षा कोठा लागू भएपछि बालबालिकाको सिकाईमा अभिवृद्धि भएको छ । बालबालिकाको सिकाईमा शुद्धता र बालमैत्री तवरले सिकाई वातावरण तयार पार्न गाउँपालिकाले अघिल्लो शैक्षिक सत्रदेखि बालविकास केन्द्रहरुमा स्मार्ट कक्षा कोठा कार्यक्रम लागू गरेको थियो […]
सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह

विकल्प न्यूज/बेनी बैशाख २५ गते । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ बेनीमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । सोमबार बेनीमा जनप्रतिनिधि,ट्राफिक प्रहरी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी र व्यवसायीहरुले […]
बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

विकल्प न्यूज/बेनी बैशाख २५ गते । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा.अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिइन् । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा […]
तरकारी खेतीले सुन्दर देखियो सल्यानको फाँट(फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/जलजला बैशाख २३ गते । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्ै महिना सिँचाई सुविधा उपलब्ध भएको समथर फाँट काउली,बन्दागोभी,काक्रो र गोलभेडा लगायतका तरकारीले सुन्दर देखिएको छ । तरकारी खेतीका लागि धाइरिङ पर्वत मै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रुपमा […]
दुर्गमको गोठमै रमाएका नन्दप्रसाद

म्याग्दी, वैशाख २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाको सिमानामा पर्ने तिनपोखरी चारैतिर घना गुराँसको जङ्गलले घेरिएको छ । समुद्री सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित बस्तीदेखि टाढाको जङ्गलको बीचमा खाली जग्गा (खर्क) छ । यही खर्कमा गोठालो बसेर अन्नपूर्ण–८ राम्चेका नन्दप्रसाद पुनले आधा जीवन बिताउनुभएको छ । “यहाँ भैँसी […]
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

बेनी, वैशाख २२ गते । धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो […]
स्वतन्त्र,निष्पक्ष र व्यावसायीक पत्रकारितामा जोड

ठाकुरप्रसाद आचार्य/बेनी बैशाख २२ गते । पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र,निष्पक्ष र व्यावसायिक पत्रकारितालाई अगाडी बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार बेनीमा भएको नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले संचार माध्यम र पत्रकारहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन । अधिवेशनमा प्रतिनिधिसभाका […]
पर्वतमा कांग्रेस परित्याग गरेका युवाहरु रास्वपामा प्रवेश

विकल्प न्यूज/पर्वत बैशाख २१ गते । नेपाली कांग्रेस परित्याग गरेको पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीसहितको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ । बिहीबार रास्वपा उपसभापति डोलप्रसाद अर्यालले युवाहरुलाई स्वागत गर्नुभएको हो । केही दिनअघि कांग्रेस पर्वतका जिल्ला सभापतिका प्रत्याशी सुवेदीसहित जिल्ला कार्य समिति सदस्य किसान थापा, फलेबास नगरपालिकाका सचिव सागर भुसाल, […]
सांसद जुग्जालीद्धारा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश

विकल्प न्यूज/बेनी २० वैशाख । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम, बजेट र योजनाका विषयमा विभिन्न मन्त्रालयमा भेटघाट र योजना पेश गर्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका पुर्व मन्त्री र नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक समेत रहेका जुग्जालीले प्रधानमन्त्री कार्यालय, उर्जा जलस्रोत […]
मंगला शिक्षा क्याम्पसको निर्मित दुई भवन उद्घाटन

विकल्प न्यूज/बेनी बैशाख २० गते । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको उद्घाटन भएको छ । मंगलबार एक समारोहका बिच विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको छ । विश्व विद्यालय अनुदान आयोगको भौतिक अनुदानतर्फबाट ९५ लाख ९६ हजार ४४३, मंगला गाउँपालिका […]
गुर्जामा छन्त्याल संस्कृति संरक्षणको लागि भेषभूषा सामग्री सहयोग

विकल्प न्यूज/बेनी बैशाख १९ गते । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा छन्त्याल संस्कृति संरक्षणका लागि मौलिक भेषभुषा सहयोग गरिएको छ । गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउन सामाजिक विकास कार्यालयले उक्त सामाग्री सहयोग गरेको हो । सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा मिलन म्याग्दीले आयोजना गरेको कार्यक्रममा […]
एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा

बेनी, १९ वैशाख । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो । […]
गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।
धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति

ठाकुरप्रसाद आचार्य/म्याग्दी बैशाख १४ गते । संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधारशिविरमा पुगिसकेका छन् । उनीहरु अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमै रोकिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष […]
पर्वतका ३१ कांग्रेसले पार्टी छाडे: रास्वपा प्रवेशकाे तयारी

पर्वत । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]