ताजा समाचार:
Search

Breaking News

जामुनाखर्क माविमा शैक्षिक महोत्सव सुरु

विकल्प न्यूज/बेनी जेठ १९ गते । “शिक्षा, विज्ञान,प्रविधि, कला र साहित्यको प्रवद्र्धन, हाम्रो अभियान”भन्ने मुल नारासहित बेनी नगरपालिका–६ स्थित अथुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ। शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला […]

बेनी नगरमा बेथितिको चाङ,खाना र खाजामा ४० लाख खर्च

विकल्प न्यूज/बेनी जेठ १७ गते । म्याग्दीको बेनी नगरपालिकामा बेथितिको चाङ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नगरका प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकाल नै अनियमिततामा मुछिएका छन् । कार्यालयमा हाजिर गरेर भत्ता बुझेको र असूल उपर गर्नुपर्ने महालेखापरीक्षकको अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनमा औंल्याएको छ । ढकाल मात्र होइन नगरपालिकाका केही कर्मचारीहरु अनियमिततामा मुछिएका […]

अन्नपूर्ण आधार शिविरमा खानेपानी र सञ्चारको समस्या

ठाकुरप्रसाद आचार्य  म्याग्दी (बेनी), जेठ १७ गते ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन […]

बेनी नगरका कर्मचारीको बदमासी ः कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझ्छन

विकल्प न्यूज/बेनी जेठ १७ गते । बेनी नगरपालिकाका कर्मचारीहरुले कार्यालयमा हाजिर भएर भ्रमण भत्ता बुझेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको अघिल्लो आर्थिक वर्ष २०७८ ÷७९ को वार्षिक प्रतिवेदनमा नगरका कर्मचारीहरुले कार्यालयमा हाजिर गरेर भ्रमण भत्ता वापतको रकम बुझेको औंल्याएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत समेत अनियमित तवरले भत्ता बुझ्नेमा हुनुहुन्छ । नगरका […]

बेनीमा ठेलो खेलको प्रदेशस्तरीय प्रतियोगिता हुने

ठाकुरप्रसाद आचार्य/बेनी जेठ १६ गते । म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो । परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण […]

मावि स्तरीय लोकगीत प्रतियोगितामा जनता माविकी अस्मिता सेन्चुरी प्रथम

विकल्प न्यूज/बेनी जेठ १६ गते । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि लोकगीत प्रतियोगितामा जनता मावि दग्नामकी अस्मिता सेन्चुरी प्रथम हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित १९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विजेता बन्दै सेन्चुरीले नगर रु २५ हजार सहित ट्रफि प्रमाणपत्र पुरस्कार प्राप्त […]

के सबै सहकारी इमेज र शिव शिखर जस्तै हुन ?

प्रतिमान पौडेल /विकल्प न्यूज जेठ १५ गते । पछिल्लो समय विश्वभर वित्तीय संकट देखिएको छ, महाशक्ति सम्पन्न राष्ट्र भनिने अमेरिकामा त बैंक टाट पल्टेका खबरहरु आइरहेका छन् भने नेपाल जस्तो देशमा त्यसको प्रभाव नपर्ने कुरै भएन । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै नेपालको सन्दर्भमा बैक तथा वित्तीय संस्था र सहकारीमा पनि यसको प्रत्यक्ष असर परेको छ […]

यसरी निर्माण भइरहेको छ नारच्याङमा निलगिरि जलविद्युत आयोजना(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन निलगिरि जलविद्युत आयोजनाको करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । निलगिरि खोला हाइड्रोपावरले चारवर्ष अघि एकैसाथ ३८ मेगावाटको निलगिरि पहिलो र ७१ मेगावाट को निलगिरि दोस्रो गरी एकसय ९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजना निर्माण थालेको थियो । निजी क्षेत्रको लगानीबाट निर्माण […]

गुडमर्निङ अन्नपूर्ण (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ १२ गते । चारैतिर सेताम्मे हिमश्रृङ्खलाको लहर । विहानै उठ्ने वित्तिकै हिमालको चुचुरोमा सूर्यको किरण । आँखै अगाडी उभिएजस्तै देखिने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल । यहाँ पुग्दा अनुभूति हुन्छ प्रकृतिले दिएको स्वर्गको एक टुक्रा । यहाँको प्राकृतिक सुन्दरताले लामो यात्राको थकानलाई बिर्साइदिन्छ । पर्यटकहरु सुन्दरता सँग रमाउन […]

पत्रकार महासंघ म्याग्दीमा १३ जना सदस्य मात्र कायम रहने

विकल्प न्यूज/बेनी जेठ ११ गते । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले १३ जना पत्रकारको मात्र सदस्यता नविकरण गर्ने निर्णय गरेको छ । महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत म्याग्दी शाखाले ५७ जना मध्ये १३ जना साधारण सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरी प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको शाखा अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । विहिवार बसेको […]

रुग्न आयोजनालाई गति दिन निर्मम भएर लाग्न मन्त्री जुग्जालीको निर्देशन

पोखरा, ११ जेठ ।  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले रुग्न आयोजनालाई पूर्णता दिन निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तरगतका पूर्वाधार विकास कार्यालयका प्रमुखहरुसँगको बैठकमा मन्त्री जुग्जालीले रुग्न आयोजनालाई जति सक्दो छिटो पुरा गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । “रुग्न आयोजनाहरुमा हामी निर्मम भएर लाग्नुपर्छ,” उहाँले भन्नुभयो […]

नारच्याङको फुतफुते झरनामा पुग्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ १० गते । निलो रङ देखिने सफा पानी । पहाडको खोचमा आकर्षक झरना । वरीपरी सेताम्मे हिमाल । मौरिस हर्जोग पदमार्गमा पर्ने यो झरनाले पर्यटकलाई लोभ्याउने गर्दछ । यो झरना म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्दछ । झरनाको सुन्दरतामा पर्यटकहरु रमाउने […]

नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]

किन लगायो बेनी नगरले आय ठेक्कामा बगर

विकल्प न्यूज/बेनी जेठ ८ गते । म्याग्दी खोलाबाट नदीजन्य पदार्थ निकाल्न चारपटक सम्म पनि टेण्डरको सूचना प्रकाशित गर्दा कसैको पनि बोलपत्र नपरेपछि नगरपालिकाले आय ठेक्का मार्फत नदी जन्य सामाग्री उत्खनन्का लागि निर्माण कम्पनीलाई अनुमति दिएको छ । नगरको मुख्य आम्दानीको स्रोत मानिएको नदीजन्य सामाग्रीको उत्खनन्का लागि ठेक्का नलागेपछि बेनी नगरपालिकाले आय ठेक्कामा नदीजन्य सामाग्री विक्रि […]

अन्नपूर्ण आधार शिविरमा सुन्दर ताल (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ८ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा रहेको सुन्दर हिमताल पर्यटकीय गन्तब्यका रुपमा विकास हुनथालेको छ । यो ताल अन्नपूर्ण र निलगिरि हिमालको काखमा पर्दछ । समुन्द्री सतह देखि ४ हजार ५० मिटरको उचाईमा रहेको तालको एककिलोमिटर लम्बाई र दुईसय मिटर […]