Breaking News
बीस महिनाको काम चार महिनामै

विकल्प न्यूज/बेनी असार ३ गते । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो […]
धवलागिरिको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन

गोपाल आचार्य मुना, ३ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटका लागि शनिबार सरोकारवालाहरुको सुझाव संकलन गरेको छ । मुनामा आयोजना भएको कार्यक्रममा सहभागि पुर्व जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधि, युवा क्लव, आमा समूह, गैरसरकारी संस्थाका प्रतिििनधी र अगुवाहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयमा सुझाव […]
अन्नपूर्णको दोबामा अस्पताल भवन निर्माण

ठाकुरप्रसाद आचार्य/बेनी असार १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभुत तहको अस्पताल संचालन गर्ने उद्देश्य अनुसार अस्पताल भवन निर्माण गरिएको हो । सरकारले तिनवर्ष अघि स्थानीय तह सम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन अस्पताल निर्माण गर्ने योजना एकैसाथ अघि सारेको थियो । अपाङ्गमैत्री पाँच […]
प्रभातलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश

विकल्प न्युज/ बेनी म्याग्दी, ३२ जेठ । जिल्ला अदालत म्याग्दीले मोटरसाईकल राईडर प्रभात बसेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जवरजस्ती करणी, अपहरण र शारिर बन्धक सम्बन्धी आरोपमा थुनामा रहेका बसेललाई विहिबार भएको बहसपछि अपहरण र शरिर बन्धक सम्बन्धी मुद्धामा २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको हो म्याग्दीका न्यायाधीश कृष्णप्रसाद […]
पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासी उत्साहित

ठाकुरप्रसाद आचार्य\बेनी जेठ ३१ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवती सडक कालोपत्रे हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । हिउदमा धुलो र बर्खायाममा हिलोका कारण वर्षौदेखि सास्ती भोग्दै आएका पिप्ले र भगवतीका स्थानीयहरु घरछेवैको सडक धमाधम कालोपत्रे हुनथालेपछि खुसी भएका हुन । ‘‘घर नजिकको सडक कालोपत्रे हुनथालेको छ । डेढदशक देखि धुलो र हिलो सडकका कारण […]
बेनी–जोमसोम सडक अवरुद्ध

ठाकुरप्रसाद आचार्य\म्याग्दी जेठ ३१ गते । बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी करिडोर सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र मुस्ताङबाट फर्किने सवारीसाधानहरु तातोपानीमा रोकिएका छन् । यसअघि जेठ […]
मुस्ताङमा भित्रिए ४३ हजार विदेशी पर्यटक

ठाकुरप्रसाद आचार्य/मुस्ताङ जेठ २४ गते । हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो पाँचमहिनाको अवधिमा करिब ४३ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) मुस्ताङले दिएको जानकारी अनुसार सन २०२३ को जनवरी देखि मे महिनाको अन्तिम सम्ममा ४३ हजार आठसय ६९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । ति मध्य चार हजार आठसय […]
बेनी नगरपालिकाले तयार पा¥यो आफ्नै लोगो

विकल्प न्यूज/बेनी २५ गते । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो बनाएको छ । दशैं स्थापना दिवसका अवसरमा विहिवार नगर प्रमुख सुरत केसीले लोगो सार्वजनिक गर्नुभएको हो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, सम्वृद्ध बेनी नगरको मुल आधार’ भन्ने मुल नारालाई समावेश गरिएको […]
पाँच महिनाको अवधिमा गलेश्वरमा एकलाख भक्तजन आए

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २४ गते । कालिगण्डकी करिडोरमा पर्ने प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा पछिल्लो पाँचमहिनाको अवधिमा करिब एकलाख धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित गलेश्वर मन्दिरको दर्शन गर्न गत माघ देखि जेठ १५ सम्म उक्त संख्यामा धार्मिक पर्यटक भित्रिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले […]
घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु

विकल्प न्यूज/बेनी जेठ २२ गते । अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो। बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका […]
अन्नपूर्णको चुचुरोमा क्रिस्टिन हरिला

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ २२ गते । एकहप्ता अघि क्रिस्टिन हरिलाले धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको थियो । नर्वेजियन हिमाल आरोही क्रिस्टिन हरिलाले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको सफल आरोहण गर्नुभएको छ । सोमबार विहान ६ बजे हरिला र उहाँका सहयोगीहरुले अन्नपूर्णको सफल आरोहण गरेको अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो […]
विश्व वातावरण दिवसमा लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो । बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा।लि।ले बेनी बजार, गलेश्वर […]
गण्डकीको नीति तथा कार्यक्रम ः ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

कास्की, जेठ २१ गते । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने परम्परा छ । नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलपछि मात्रै […]
प्रेस चौतारी म्याग्दीद्धारा पत्रकार जिसी सम्मानित

जेठ २० गते । प्रेस चौतारी नेपाल म्याग्दी शाखाले पत्रकार कृष्ण जिसीलाई सम्मानित गरेको छ । चौतारीको शनिबार बेनीमा सम्पन्न १८ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रमको अवसरमा सिर्जनशील पत्रकारिता पुरस्कार– २०७९ बाट जिसीलाई नगद ५ हजार पाँच सय ५५ रुपियाँसहित सम्माणपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य […]
पर्वतलाई ठेलो प्रतियोगिताको उपाधि

विकल्प न्यूज/बेनी जेठ २० गते । म्याग्दीको बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगिताको उपाधि पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतनै विजयी प्राप्त ग¥यो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट हुनुभएका […]