Breaking News
बेनीको शिरैमा एतिहासिक जगन्नाथ मन्दिर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा एउटा एतिहासिक शिखर शैलीमा निर्माण गरिएको जगन्नाथ मन्दिर छ । बेनी नगरपालिका ५ गाजने गाउँमा पर्ने जगन्नाथ मन्दिर राजा दिलिपबम मल्ले (डिम्ब) पन्ध्रौ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । मन्दिरभित्र राजाको […]
सहकारीका वचतकर्ता र ऋणीका नाममा एउटा चिठी !

प्रतिमान पौडेल\बागलुङ भदौ, ९ गते पछिल्लो सहकारी क्षेत्रमा समस्या देखियो । समस्या धेरै पहिलादेखि नै देखिएको हो पछिल्लो समय अलि बढी देखियो भन्दा हुन्छ । ओरण्टीयल लगायतका केही सहकारीमा समस्या आएको एक दशक भन्दा धेरै भयो । थोरै सहकारीमा समस्या आएका कारण होला, राज्य सहकारीको समस्या समाधानमा कही कतै देखिएन, अभियानले पनि ध्यान दिएन । […]
कृषि र भेटेरिनरीको बजेट सार्वजनिक

विकल्प न्यूज\बेनी भदौ ९ गते । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण […]
अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत कमायो एक करोड

म्याग्दी,भदौ ८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट […]
डेढ महिना देखि लुलाङ गाउँ अन्धकारमा

म्याग्दी, भदौ ७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता बगाएको थियो । धौलागिरि–२ का […]
गायनमा सिम्रनको चर्चा

गलकोट (बागलुङ), भदौ ७ गते । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ…’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा […]
ओभरटेक गर्ने क्रममा त्रिशूलीमा बस खसेको प्रहरी अनुमान

विकल्प न्यूज/बेनी भदौं,६ गते । काठमाडौंबाट म्याग्दी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२, चालिसेस्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ राजमार्गबाट करिब ४० मिटर तल खसेको धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्ने क्रममा बस नदीमा […]
काठमाडौँबाट बेनी आउँदै गरेको बस दुर्घटनामा ८ जनाको मृत्यु

विकल्प न्यूज\बेनी भदौ,६ गते । काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धादिङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्दार भइसकेको छ […]
काठमाडौँबाट बेनी आउँदै गरेको बस त्रिशुलीमा खस्यो

विकल्प न्यूज\बेनी भदौ,६ गते । काठमाण्डौं देखि बेनी आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा बुधवार विहान खसेको हो । काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बाट सञ्चालित म्याग्दी कोरलाको ९९५२ नम्बरको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो […]
धानको हरियालीले सुन्दर देखियो रत्नेचौर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ६ गते । धान खेतको हरियालीले सुन्दर देखिएको बेनी नगरपालिका–१ रत्नेचौर गाउँ । सिँचाई सुविधा पुगेको रत्नेचौरमा समयमै खेत रोपाई सकिएपछि यतिखेर फाँट हरियाली भएको छ । यहाँका किसानले स्थानीय जातका धान लगाउने गर्दछन् । पछिल्लो समय सडक सुविधा पुगेपछि धान खेत मासेर पक्की घर बनाउन थालेपछि खेती योग्य जमिन मासिने चिन्ता […]
बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

विकल्प न्युज/ बेनी भदौ ५ गते । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र […]
मन्त्री जुुग्जालीद्वारा एकसय दिनकाे प्रगति विवरण सार्वजनिक

विकल्प न्युज / पाेखरा भदौ ४ गते । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो । “मैले पदभार सम्हाल्दा यस […]
अन्नपूर्णको सुवा गाउँ पहिरोको चपेटामा (भिडियो/तस्विर)

ठाकुरप्रसाद आचार्य/बेनी भदौं ४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय […]
बैंसरीमा पहिरो हटाएपछि बेनी–जोमसोम सडक खुल्यो

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३१ गते । कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक ११ दिनपछि खुलेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको २ र ३ नम्बर वडाको सीमानामा पर्ने बैंसरी खण्डमा पहिरो पन्छाएपछि बुधवार विहान देखि यातायात संचालनमा आएको हो । बैंसरीको अधेरीखोलाबाट खसेको पहिरोका कारण ११ दिनदेखि यातायात अवरुद्ध हुँदै आएको थियो । सडक संचालनमा आएसँगै रोकिएर […]
साउन महिनामा गलेश्वरमा नौ लाख बढी भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन ३० गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनामा करिब असी हजार भक्तजनले पुजाआजा र दर्शन गरेका छन् भने नौलाख भन्दा बढी भेटी संकलन भएको छ । साउन महिनाको पाँचवटा सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुले चढाएको दान,भेटी र सहयोग रकम गरी करिब साढे नौलाख रुपियाँ भेटी संकलन […]