धानको हरियालीले सुन्दर देखियो रत्नेचौर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
भदौं ६ गते ।
धान खेतको हरियालीले सुन्दर देखिएको बेनी नगरपालिका–१ रत्नेचौर गाउँ । सिँचाई सुविधा पुगेको रत्नेचौरमा समयमै खेत रोपाई सकिएपछि यतिखेर फाँट हरियाली भएको छ । यहाँका किसानले स्थानीय जातका धान लगाउने गर्दछन् । पछिल्लो समय सडक सुविधा पुगेपछि धान खेत मासेर पक्की घर बनाउन थालेपछि खेती योग्य जमिन मासिने चिन्ता छ ।