Breaking News
भूमि आयोग म्याग्दीः तलब भत्तामा ३८ लाख खर्च उपलब्धी शून्य

नवविकल्प/बेनी मंसिर २७ गते । राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका पदाधिकारीहरुले सरकारी तलब भत्ता बुझ्ने तर काम भने नगर्ने पाइएको छ । भूमि आयोगमा नियुक्त भएदेखि उनीहरुले मासिक रुपमा ठूलो रकम बुझ्दै आएका छन् । समितिमा अध्यक्ष लगायत तिनजना सदस्यहरु नियुक्त भएको करिब दुईवर्ष हुनलागेको छ । यो अवधिमा समितिको उपलब्धी शून्य जस्तै छ […]
बालाचतुर्दशीमा गलेश्वरमा करिब चालिसहजार भक्तजन

ठाकुरप्रसाद आचार्य/बेनी मङ्सिर २६ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालचतुर्दशी पर्वका अवसरमा करिब चालिस हजार भक्तजनले पूजा आजा र दर्शन गरेका छन् । गलेश्वर शिवालय क्षेत्रविकास कोषले हिजो सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सवै भन्दा धेरै भक्तजनहरु आएको जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भन्नुभयो, ‘‘बालाचतुर्दशी पर्वका अवसरमा देशभरबाट शिवालय मन्दिरको पूजा […]
बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, २५ मंसिर ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र त्यहाँ रहेको पुरानो भवन मर्मत गरेर पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो । नगरपालिकाले वि.स. […]
बालाचतुर्दशीमा गलेश्वर शिवालयमा शतबीज छर्न भक्तजनको भीड

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको गलेश्वर शिवालय मन्दिरमा सोमबार विहानै देखि शसबीज छर्न भक्तजनहरुको भीड लागेकोछ । त्रयोदशीको दिन आइतबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले सोमबार पितृको सद्गतिको कामना गर्दै शतबीज छरे । रातभर जाग्राम बसी भजन, नाचगान गरी बालचतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ । फाइल तस्विर
करेन्ट लाग्ने डरले सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

विकल्प न्यूज/बेनी मंसिर २५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट […]
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै

इटहरी, मङ्सिर २५ गते । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका […]
गलेश्वरधाममा बालाचतुर्दशी मेलाको तयारी

मङ्सिर २४ गते। म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर […]
न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २४ गते । म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो । फाइनल खेलको निर्धारित समय भित्र […]
माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि जेसीज कपको फाइनलमा

विकल्प न्यूज\बेनी मंसिर २३ गते । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा […]
राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

२३ मङ्सिर, तिल्केनीचौर (म्याग्दी) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै उनले आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा […]
अबको दुई वर्षपछि नेपालले बिजुली आयात गर्दैन ः मन्त्री बस्नेत

विकल्प न्यूज/बेनी मंसिर २३ गते । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले नेपालले अबको दुई वर्षपछि बिजुली आयात नगर्ने बताउनु भएको छ । समाजवादी मोर्चाले शनिबार बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाललाई पुग्ने बिजुलीको सुनिश्चित गरेर अन्तराष्ट्रिय बजारमा दुई वर्षभित्र बिजुली बेच्ने मात्र बनाउने प्रतिवद्धता जनाउनुभएको हो । “सरकारको प्रयासले देशको […]
मुस्ताङमा भित्रियो स्याउबाट ४९ करोड

विकल्प न्यूज/बेनी मंसिर २२ गते । मुस्ताङबाट यस वर्ष रु. ४९ करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ । स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले […]
सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी, मङ्सिर २२ गते । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । […]
आहा जमेर बरफ बनेको अन्नपूर्णको पञ्चकुण्ड ताल ! (फोटोसहित)

विकल्प न्यूज\बेनी मंसिर २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा रहेको पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ । समुन्द्री सतह देखि चारहजार एकसय ९५ मिटरको उचाईमा रहेको पञ्चकुण्ड ताल चिसो बढेसँगै जमेर बरफ भएको हो । आधारशिविर पुगेका आन्तरिक पर्यटकहरु जमेको तालमा रमाउँदै तस्विर खिचेका छन् । […]
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै

मङ्सिर २१ गते । २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको पोल बेनी ल्याइँदैछ । बेनीको मङ्गलाघाट बजार छेउमा रहेको नेपाली सेनाको तत्कालीन समयमा कालीप्रसाद गण (ई) छेउमा रहेको बिजुलीको पोलमा भिडन्तको क्रममा सयौँ गोली लागी प्वाल परेको अवस्थामा थियो । भिडन्तका […]