Breaking News
तमादीखोला बाढिमा वेपत्ता २ यात्रुकाे पहिचान खुल्याे
१३ असोज, पर्वत । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादीखोलामा शनिवार साँझा आएको बाढिले टाटा सुमो जीप बगाउँदा वेपत्ता ३ जना यात्रु मध्ये २ जनाको पहिचान खुलेको छ । भिषण बर्षात संगै खोलामा आएको बाढिले ग १ ज ६३१३ नम्बरको जीप बगाउँदा जीपमा सवार ३ […]
सत्र वर्षीय निमा रेन्जी शेर्पा धौलागिरिको चुचुरोमा
विकल्प न्यूज/बेनी असोज १३ गते । सत्र वर्षीय पर्वतारोही निमा रेन्जी शेर्पाले शुक्रबार विहान संसारको सातौं अग्लो धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको छ । निमा सहित सेभेन समिट टे«क्सका अन्य १२ जनाले पनि धौलागिरिको आरोहण गरेका छन् । शरद ऋतुको सिजनमा धौलागिरिको शिखरमा पुग्ने यो पहिलो टोली बनेको छ । ८ हजार एकसय ६७ […]
खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण
ठाकुरप्रसाद आचार्य/बेनी असोज १२ गते । शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो […]
कोरला नाका खोल्ने तयारी
विकल्प न्यूज/बेनी असोज १२ गते । नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । […]
२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)
विकल्प न्यूज/बेनी असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो
दुई हेलिकप्टर बिममा आकस्मिक अवतरण
विकल्प न्यूज/बेनी असोज ८ गते । काठमाडौंदेखि धौलागिरी आधार शिविर क्षेत्रका लागि उडेका दुई हेलिकप्टर आज विहान आकस्मिक रुपमा म्याग्दीको बिममा अवतरण गरेका छन् । मौसम खराबीका कारण आधार शिविर तर्फ जान उडेका हेलिकप्टर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको किसानी माविमा आकस्मिक अवतरण गरेका हुन् । सोमबार बिहान अल्टिच्युड एयर र सम्रिक एअरको एक÷एकवटा हेलिकप्टर […]
गण्डकीमा एमाले अधिवेशनको तयारी
गण्डकी, असोज ८ गते । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो । “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको […]
कालीगण्डकीमा अवैध दोहन गर्ने एक्साभेटर स्थानीयको नियन्त्रणमा
कुश्मा (पर्वत), असोज ५ गते । पर्वत र बाग्लुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन । नदीमा अवैध ढङ्गले दोहन गर्दै गरेको अवस्थामा ठूला मेसिनलाई स्थानीयवासीले बिहीबार राति नदी किनारबाटै नियन्त्रणमा लिएका हुन् । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारबाट स्थानीयवासीले एक्साभेटरसहित तीन वटा […]
नेपाल जेसीजद्धारा म्याग्दीका चारजना सम्मानित
ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य,लघुउद्यम,कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पु¥याउने चारजनालाई सम्मान गरिएको छ । बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पु¥याउने उत्कृष्ट चारजनालाई सम्मान गरिएको नेपाल जेसीजका सिनेटर रमेशकुमार श्रेष्ठले बताउनुभयो । गीत संगीत,सामाजिक क्षेत्र,कृषि तथा पशुपालन र लघुउद्यम गरी […]
बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जेसीजको आतिथ्यतामा बेनीमा विहिवार देखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । बेनीको खुल्ला मंचमा दुई दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको छ । सम्मेलन उद्घाटन पूर्व बजारमा जेसीजमा आवद्ध युवाहरुले ¥याली निकालेका थिए । भने सम्मेलनका अवसरमा बजारमा […]
असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे
बेनी (म्याग्दी), असोज ४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सङ्घ सरकारमार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक पूर्वाधारलगायतका ठूला योजना अलपत्र परेको […]
मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण
विकल्प न्युज/ बेनी बेनी ३ असोज ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार […]
नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन ः पाहुनालाई स्वागत गर्न तयार भयो बेनी
विकल्प न्यूज/बेनी असोज ३ गते । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली विहिवार देखि दुईदिन सम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सम्मेलनको तयारी अन्तिमचरणमा पु¥याएका छन् । बजार सरसफाई,तुल ब्यानर टांग्ने,मंच व्यवस्थापन […]
एमाले गण्डकीको प्रथम अधिवशेनको लोगो सार्वजनिक
विकल्प न्यूज/पोखरा असोज २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा हुने भएको छ । जसका लागि अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । अधिवेशन प्रचार प्रसार समितिले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत लोगो सार्वजनिक गरेको हो । कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेशनलाई […]
मंगलेखानीको गाउँभरी आलु र सिमी खेती,भित्रिन्छ वार्षिक ६० लाख
विकल्प न्यूज\बेनी भदौ ३१ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गरेका छन् । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उनले बताए । उनले करिब १५ रोपनी बारीमा लगाएको आलु भित्र्याइसकेपछि सिमी […]