ताजा समाचार:
Search

Breaking News

जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा

विकल्प न्यूज/बेनी पुस १९ गते । पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । […]

मालिकामा थप तीन करोड ३० लाख बजेट विनियोजन

म्याग्दी (दरबाङ), पुस १९ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपियाँ विभिन्न योजना तथा कार्यक्रमका शीर्षकमा विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको […]

पालिका स्तरीय अस्पताल भवन बनाउने ठेकेदार योजना अलपत्र पारेर गायब

विकल्प न्यूज/बेनी पुस १९ गते । बेनी । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि ७ ताकममा पाँच र मङ्गला ५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल […]

म्याग्दी बहुमुखी क्याम्पसको २२औं क्याम्पस सभा सम्पन्न

विकल्प न्यूज/बेनी पुस १९ गते । ‘सफल जीवनका लागि गुणस्तरीय शिक्षा’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको आज (बुधवार) २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव–२०८० सम्पन्न भएको छ । आजभन्दा ३३ वर्ष पहिले स्थापना भएको सोही दिनको अवसर पारेर विविध कार्यक्रमसहित क्याम्पस सभा तथा वार्षिकोत्सव आयोजना गरिएको हो । २२औं क्याम्पस सभा तथा ३३औं वार्षिकोत्सव […]

बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना गरिने

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १९ गते । म्याग्दीको सदरमुकाम बेनीमा माघेसङक्रान्ति मेलाको आयोजना गरिने भएको छ । महिला उद्यमीहरुको सक्रियतामा परम्परागत माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको हो । आगामी पुस २९ देखि माघ २ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले बिहिबार विहान पत्रकार भेटघाट […]

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, १८ पुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३ औ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री जुग्जालीले गणतन्त्र र संघीय व्यवस्थाप्रति एकाथरीले बुझ्दै नबुझी […]

रघुगंगामा करिब रु ५करोड थप बजेट विनियोजन

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले करिब रु ५ करोड बजेट बाँडफाँट गरेको छ । मंगलवार सम्पन्न १६ औँ गाउँसभाले गाउँपालिकाको मौग्दात रहेको रु ४ करोड ९५ लाख ५१ हजार ८२६ रकम विभिन्न ८२ वटा योजनामा विनियोजन गरेको हो । गत असारको गाउँसभामा बाँडफाँड नभएको बजेटलाई गाउँसभा मार्फत विकास निर्माणका पूर्वाधार निर्माणको […]

मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई

विकल्प न्यूज/बेनी पुस १८ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो […]

मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १५ गते । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पालिकाको वडा नम्बर ५ स्थित कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिकाका […]

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

विकल्प न्युज / बेनी पुस १५ गते । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना  गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत […]

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी,  पुुस १५ गते ।   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको […]

किसानी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य […]

राहुघाटमा डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

१४ पुस, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्रयाउने उने पोखरी) निर्माणका लागि शुक्रबार राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँ को फेदीमा ११९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको […]

आँखा अस्पतालको भवन बनाउन रोकाद्वारा दुई कराेड पचास लाखको जग्गा दान

विकल्प न्यूज / बेनी पुस १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा सुविधायुक्त आँखा अस्पताल बनाउन एक ब्यक्तिले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङ (दिछ्याम) जन्म घर भएका बेनी नगरपालिका ८ हँुदै हाल पोखरा महानगरपालिका– १२ माटेपानी बस्दै आउनुभएका दम्पती मुक्ति रोका मगर र याममाया रोकाले नेपाल नेत्र ज्योती संघ म्याग्दीलाई […]

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा […]