ताजा समाचार:
Search

Breaking News

एसियाली खेलकुदमा म्याग्दीकी ताराको तिन नयाँ कीर्तिमान

विकल्प न्यूज/बेनी भदौ ११ गते । इन्डोनेशियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदप्रतियोगितामा म्याग्दीकी तारा पुनले नयाँ कीर्तिमान कायम गरेकी छिन् । महिला भारोत्तोलक पुनले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन । आइतवार जकार्ता इन्टरनेसनल एक्स्पो हलमा सागकी कांस्यपदक विजेता तारादेवीले स्न्याचमा ७४ केजी र क्लिक एन्ड जर्कमा एकसय १ केजीसहित कुल १ सय […]

बेनपा ६ द्धारा विपन्न बालबालिकाको शिक्षाका लागि कोष स्थापना गर्ने घोषणा

विकल्प न्यूज/बेनी भदौ १० गते । बेनी नगरपालिकाको वडा नम्बर ६ ले गरिब तथा अति विपन्न बालबालिकाको शैक्षिक सुनिश्चितताका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । भदौ १ गते बेनपा ६ की पुजा खत्रीले आर्थिक समस्याका कारण विद्यालयमा आउन नसक्ने भन्दै प्रधानाध्यापकलाई विद्यालयबाट निष्कासन गरिदिन मार्मिक पत्र लेखिकी थिइन । पुजाको जस्तै नियती अन्यबालबालिकाहरुले […]

पुजाको त्यो चिठी….. जसले मनकारीहरुलाई जोड्यो

विकल्प न्यूज/बेनी भदौ ८ गते ।     बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले एकदिन आफूले पढ्ने जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगाना लाई आफु गरिबीका कारण पढ्नका लागि विद्यालय आउन नसक्ने भएको हुँदा विद्यालयबाट रेष्टीगेट गरिदिनु भनेर पत्र लेखिन । जुन पत्र अहिले समाजिका सञ्जालमा भाइरल भएको छ । पुजालाई सहयोग गर्नेको ओइरो नै […]

बेनी देखि लभ्लीहिल जोड्ने पदमार्गको शिलन्यास

विकल्प न्यूज/बेनी भदौ ८ गते ।पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि निर्माण गरिने पदमार्गको शुक्रवार शिलन्यास गरिएको छ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी)का उपाध्यक्ष ओमनारायण जुग्जालीले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । बेनपा […]

ऐतिहासिक महत्वको जगन्नाथ मन्दिरको गाजनेमा रथयात्रा

प्रताप बानियाँ/बेनी म्याग्दी, भदौ ८ ।   म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरको बिहीबार रथयात्रा भएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथि, जनप्रतिनिधि, मन्दिरका पुजारी, सहभागी भक्तजन, गुठी व्यवस्थापन समितिका पदाधिकारी, स्थानीयवासिन्दा लगायतले […]

संहिताका कारणले गम्भीरप्रकृतिका रोगीहरुले उपचार नपाउने सम्भावना बढ्यो !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज भदौ ६ गते । विघटित धवलागिरि अञ्चलको सेरोफेरोमा यतिखेर जनस्वास्थ्यसँग सम्बन्धित एउटा घटना चर्चाको शिखरमा छ । चौर चौतारी, होटेल रेष्टुराँहरुमा मात्रै होइन, मिडियाहरुमा समेत त्यही समाचार व्याप्त छ । क्रिया प्रतिक्रियाको विषय बनेको छ । बाग्लुङ्ग नगरपालिकाकै एउटा बस्तीबाट प्रसुति सम्बन्धी एउटा जटिल केस जिल्ला सदरमुकामस्थित अञ्चल अस्पतालमा आएछ । […]

किन भयो करको विरोध(सम्पादकीय)

विकल्प न्यूज भदौं ६ गते । स्थानीय तहले निर्धारण गरेको करको यतिखेर सर्वत्र आलोचना भएको छ । कतिपय स्थानीय तहले निर्धारण गरेको करलाई खारेजीको माग गर्दै विरोध प्रदर्शन पनि भएका छन् । कर निर्धारण अवैज्ञानिक भएको भन्दै नागरिकहरुले विरोध गरेका छन् । स्थानीय तहले लगाएको एकिकृत सम्पत्ति कर र विभिन्न सिफारिस गरेवापत लिने दस्तुरमा भारी […]

गुर्जालीलाई अवसर ः असोज २० मा एकिकृत घुम्तीशिविर

विकल्प न्यूज/बेनी भदौं ५ गते । म्याग्दीको विकट धौलागिरि गाउँपालिका १ गुर्जामा एकिकृत घुम्ती शिविरको आयोजना गरिने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा वसेको सरोकारवालाहरुको वैठकले जिल्लाकै दुर्गम गुर्जामा आगमी असोज २० र २१ गते एकिकृत घुम्तीशिविरको आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो । भौगोलिक रुपमा विकट गुर्जाका स्थानीयहरुलाई […]

भीरमा झुन्डिएर यात्रा(फोटोफिचर)

घनश्याम खड्का/बेनी भदौं ४ गते ।   अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीको नागढुङ्गा छेउ कालीगण्डकी नदीले बेनी–जोमसोम सडक कटान गर्दा यातायात अवरुद्ध भएको छ । पैदलबाटोसमेत नहुँदा यात्रु भीरमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साताअघिको बाढीले डेब्रिजले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकलाई आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गापा २ तातोपानीको […]

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

विकल्प न्यूज/बेनी भदौं ३ गते । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो । गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने […]

कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा

विकल्प न्यूज/बेनी भदौं २ गते ।       कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि […]

थापाद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २ भदौ ।  म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापाले दिवंगत छोरीको स्मृतिमा रघुगंगा गाउँपालिका ७ चिमखोला स्थित अमर माविमा अक्षयकोष स्थापना गर्नुभएको छ । अस्टे«लीयाको सिड्नीमा दिवंगत भएकी संगिता राम्जालीको वार्षिक पुण्य तिथी पारेर शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गरिब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि तिन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको […]

विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)

विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ […]

गुईठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखीने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन ।   म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठे र काभ्रेका पहिरो पिडितलाई सुरक्षित स्थानमा सारीने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पिडितहरुबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थाई रुपमा सुरक्षित स्थानमा बस्ने ब्यवस्था मिलाउने […]

कालीगण्डकीले विद्यालय भवन बगायो

विकल्प न्यूज /बेनी साउन ३० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले बताउनुभयो । कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् […]