बेनी देखि लभ्लीहिल जोड्ने पदमार्गको शिलन्यास

विकल्प न्यूज/बेनी
भदौ ८ गते ।DSC_0203पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको बेनी नगरपालिका २ मा रहेको लभ्लीहिल पुग्नका लागि निर्माण गरिने पदमार्गको शुक्रवार शिलन्यास गरिएको छ ।

बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी प्रवासी नेपाली संघ (मोना आइसी)का उपाध्यक्ष ओमनारायण जुग्जालीले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । DSC_0204बेनपा २ हाडेभिरको पक्की पुलबाट पदमार्ग निर्माण गरिने छ । बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना – बेनी– लभ्लीहिल पदमार्ग निर्माण हुन लागेको हो । DSC_0204म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा बेनपा २ खबरा स्थित लभ्लिहिल जोड्ने पदमार्ग निर्माण गर्नेका लागि शुक्रवार नै समझदारी पत्रमा बेनपाका मेयर श्रेष्ठ,उवासंघका अध्यक्ष कर्माचार्य र मोना आइसीका उपाध्यक्ष जुग्जाली विच हस्ताक्षर गरिएको छ ।DSC_0199तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । पदमार्ग निर्माण भएपछि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।DSC_0206पदमार्ग निर्माणमा नगरपालिकाले पचास प्रतिशत, मोनाले चालीस र उद्योग वाणिज्य संघले दश प्रतिशत लगानी गर्ने निर्णय भएको उवासंघका अध्यक्ष कर्माचार्यले बताउनुभयो । तिन महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा विकास हुन लागेको लभ्लीहिलको पर्यटन प्रवद्र्धनका लागि पदमार्ग उपयोगी हुने उहाँले बताउनुभयो । DSC_0195लभ्लीहिलबाट म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । DSC_0196गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरि लगायतका मनोरम हिमालको चुचुरो, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लिहिल पुग्नेहरुको संख्या बढ्दै गएको लभ्लीहिल पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताउनुभयो ।DSC_0205DSC_0207DSC_0209