संहिताका कारणले गम्भीरप्रकृतिका रोगीहरुले उपचार नपाउने सम्भावना बढ्यो !

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
भदौ ६ गते । chandra
विघटित धवलागिरि अञ्चलको सेरोफेरोमा यतिखेर जनस्वास्थ्यसँग सम्बन्धित एउटा घटना चर्चाको शिखरमा छ । चौर चौतारी, होटेल रेष्टुराँहरुमा मात्रै होइन, मिडियाहरुमा समेत त्यही समाचार व्याप्त छ । क्रिया प्रतिक्रियाको विषय बनेको छ । बाग्लुङ्ग नगरपालिकाकै एउटा बस्तीबाट प्रसुति सम्बन्धी एउटा जटिल केस जिल्ला सदरमुकामस्थित अञ्चल अस्पतालमा आएछ । अस्पतालमा डेढ दर्जनजति विशेषज्ञ डाक्टरहरुको दरवन्दी छ भनिन्छ । अत्याधुनिक अस्पताल भवन बनेको छ । ५० शैयाको उक्त अस्पताल बाहिरबाट हेर्दा भरोसालाग्दो देखिन्छ । तर दुर्भाग्य ! बाहिर जस्तो देखिन्छ आन्तरिक व्यवस्थापनका दृष्टिले त्यस्तो रहेनछ । खासगरेर, दरबन्दी अनुसारका डाक्टरहरु कहिल्यै हुँदारहेछन् । खटाइएका डाक्टरहरु आउँदा रहेनछन् । आइहाले पनि महिनाभर टिक्दारहेनछन् । यसपटक पनि त्यस्तै भएछ । विषयविज्ञ डाक्टरहरु रहेनछन् । भएका डाक्टरहरुबाट काम चलाउनका लागि आवश्यक उपकरणहरुको अभाव रहेछ । स्वभावतः अस्पतालले सुविधायुक्त अस्पतालमा जाने सल्लाह दिएछ ।

आवश्यक सेवा सुविधा दिन असमर्थ अस्पतालले पेसेन्टलाई अल्झाएर राख्नु प्राणघातक हुन सक्दथ्यो । ज्यानको तलवितल हुनसक्ने गम्भीर विषयमा लाज मानेर काम चल्दैनथ्यो । हेलचेक्र्याई गर्न पनि हुँदैनथ्यो । क्षेत्रीय अस्पताल पोखरालाई रिफर गरिदिएछ ।
विरामीको परीक्षण ग¥यो । अवस्था जटिल रहेको जानकारी गरायो । राम्रो अस्पतालमा पु¥याउनुपर्ने परामर्श दियो । पोखरास्थित साधन सुविधा सम्पन्न क्षेत्रीय अस्पताल जान रिफर गरिदियो । बाग्लुङ्ग अस्पतालले आफ्नो धर्म निर्वाह ग¥यो । बाग्लुङ्गबाट पोखराको लागि हिँडेको एम्बुलेन्स पहिरोको कारणले बाटैमा रोकिएछ । पोखरा पुग्न नसकिने भएपछि एम्बुलेन्स फर्कियो । पेसेन्टको अवस्था गम्भीर भएकोले बाटोमा पर्ने पर्वतको जिल्ला अस्पतालमा लगिएछ । विना अपरेसन प्रसुति गराउन सम्भव रहेनछ ।

अस्पतालमा आवश्यक उपकरण नभएको हुनाले विरामीलाई वैरङ्ग फर्काउनुपर्ने अवस्था उत्पन्न भएछ । संयोगवस पर्वत अस्पतालमा म्याग्दीबासी डाक्टर कार्यरत रहेछन् । उनलाई म्याग्दी अस्पतालमा त्यस्तो खालको सेवा उपलब्ध हुने गरेको कुराको जानकारी रहेछ ।

उनले तत्काल म्याग्दी अस्पतालमा फोन गरेर उपकरण उपलब्ध हुने कुराको सुनिश्चितता गरेछन् र पेसेन्ट लिएर आफै म्याग्दी पुगेछन् । म्याग्दी अस्पतालले सुरक्षित प्रसुति गराएछ । यसरी सौभाग्यबस दुई ज्यान बचेछन् ।

वास्तविक घटना यत्ति नै थियो । “कुरो र कुलो जता लगे पनि हुन्छ” भनिन्छ । कसैले यो घटनालाई म्याग्दी अस्पताललाई उचाल्ने विषय बनाए, कसैले बाग्लुङ्ग अस्पताललाई खसाल्ने साधन बनाए । कसैले बाग्लुङ्ग अस्पतालका डाक्टरहरुलाई समवेदनाहीन राक्षस नै ठह¥याए, कसैले म्याग्दी पर्वतका डाक्टरहरुलाई देवदूत बनाए । वास्तवमा तीनैथरी चिकित्सकहरुले आ–आफ्ना कर्तव्य इमान्दारीपूर्वक निर्वाह गरेकै हुन् ।

प्राकृतिक प्रकोपका कारणले सडक अवरुद्ध नभैदिएका पेसेन्टलाई पोखरा समयमै पु¥याएर सुरक्षित प्रसुति गराइन्थ्यो । चियो चर्चाको विषय बन्दैनथ्यो । आफूकहाँ उपचार हुन नसक्ने विरामीहरु बाग्लुङ्गबाट पोखराका लागि रिफर गरिनु स्वाभाविक घटना थियो । त्यो घटनामा दुर्भाग्यबस पोखरा पुग्न नसकिने अवस्था उत्पन्न भैदियो ।

पोखरा पुग्न नसकिने भएपछि भगवान भरोसामा फर्कनुपर्ने भयो । त्यो नितान्त संयोगको विषय थियो । अञ्चल अस्पतालले क्षेत्रीय अस्पतालका लागि रेफर गरेको विरामी जिल्ला अस्पतालमा पु¥याउनु भनेको उपचारको आशा मारिएको अवस्था होइन भन्न मिल्दैन ।

घरपरिवारको आमद हैसियत बलियो भैदिएका भए हेलिकोप्टरको व्यवस्था गरेरै भए पनि पोखरा उतारिन्थ्यो । त्यस्तो अवस्था नभएकैले पर्वतको अस्पतालमा लगियो । त्यहाँबाट उल्टो बाटो म्याग्दी पु¥याइयो । त्यो आर्थिक अवस्था कमजोर रहनुको विवशता थियो । धन्न, म्याग्दीले प्रसुतिसेवा उपलब्ध गराउने क्षमता राख्दो रहेछ र दुई ज्यान जोगिए ।

धन्न केही दिन वा केही हप्ता ढिलो भएनछ र दुई ज्यान जोगिएछन् ! अलिकता ढिलो भैदिएका भए ती ज्यानहरु नबच्न पनि सक्दा रहेछन् भन्ने कोणबाट धवलागिरिको समाजमा चर्चा चल्ने गरेको छ । यही भाद्र १ गते नयाँ मुलुककी संहिता जारी भएको छ । उपचारको क्रममा विरामीको ज्यान तलमाथि भएमा डाक्टरहरु सजायभागी बन्नुपर्ने व्यवस्था नयाँ संहितामा परेको छ भनिन्छ ।

मौजुदा मुलुकी ऐनलाई विस्थापित गर्नका लागि जारी गरिएको फौजदारी तथा देवानी संहितामा व्यवस्था भएको चिकित्सा सम्बन्धी त्यही प्रावधानले समाजमा यस्तो खालको त्रास उत्पन्न गरेको हो ।

बाग्लुङ्गले उपल्लो अस्पतालमा रिफर गरेको थियो । पोखरा पु¥याउन नसकिने भएपछि फर्काइएको पेसेन्टलाई पर्वतको जिल्ला अस्पतालले हेर्ने जोखिम उठाउँदैनथ्यो । पोखरा पु¥याउनुपर्ने विरामीलाई फर्काएर म्याग्दी पु¥याउने जोखिम पर्वतको डाक्टरले पनि उठाउने थिएनन् । धेरै ढिलो भैसकेको हुनाले सुरक्षित प्रसुति गराउन सकिन्छ भन्ने प्रत्याभूति हुदैनथ्यो । कमथ विरामीको ज्यान तलमाथि भैहाल्यो भने कानुनतः सजायको भागिदार बन्नुपथ्र्यो । त्यस्तो जोखिम उठानु सरासर मुर्खाता ठहथ्र्यो ।
संहिता जारी भैसकेको हुन्थ्यो भने म्याग्दी अस्पतालले पनि प्रसुति गराउने जोखिम उठाउँदैनथ्यो । किनकि अञ्चल अस्पतालले क्षेत्रीय अस्पताललाई रिफर गरिसकेको थियो ।

म्याग्दी अस्पतालमा सम्बन्धित विषयविज्ञ भएको अवस्था पनि थिएन । ज्ञान होइन साहसले उपचार गर्नुपर्ने अवस्था थियो । विज्ञताले होइन, आवश्यकताले कैची चलाउनुपर्ने वाध्यता उपस्थित भएको हो । जोखिम मोल्दा दुर्घटना भैहाल्यो भने दोषभागी हुनुपर्ने मात्र होइन, दण्डभागी बन्नुपर्ने अवस्था आउनसक्थ्यो ।

दण्डभागी बन्नु नपर्ने भएकोले डाक्टरहरुले अनधिकृत अभ्यास गर्ने हिम्मत गर्ने हुन् । कानुनको तरबार आफ्नोे टाउकोमाथि झुण्डिएपछि कुनचाही डाक्टरले जोखिम उठाउँछ र ? विज्ञ, अभ्यस्त र अधिकृत हातहरुबाट भएका उपचारहरुसमेत कैयौं असफल हुन्छन् भने सिकारु र अनधिकृत हातबाट दुर्घटना निम्तदैन भनेर कसले भन्न सक्छ र ? त्यसमाथि जति नै आत्मविश्वास र सीप भएपनि जोखिम सून्यप्रतिशत हुदैन ।

सतप्रतिशत सफलताको प्रत्याभूति हुदैन । त्यस्तो अवस्थामा “आफ्नो टाउको जोगाउँदा मितको टाउको फुटेफुटोस्” भन्ने मनोविज्ञानले काम गर्छ । धन्न संहिता जारी भैनसकेको अवस्था थियो र बाग्लुङ्गका दुईवटा जीवनहरु बचे । संहिता जारी भैसकको हुन्थ्यो भने ती दुई ज्यान बच्ने सम्भावनै थिएन भन्दा फरक नपर्ला ।

कानुन र विवेकबाट भन्दा भावनाबाट अभिप्रेरित हुने अभ्यास नेपालीहरुमा विकसित हुँदैछ । डाक्टरको व्यवशाय मानिसको जीवन बचाउनका लागि हो । जानेर कुनै डाक्टरले पनि मानिसको ज्यानसँग खेल्दैन । हरेक गम्भीर उपचारमा जोखिमको केही प्रतिशत रहन्छ ।

दुर्घटनाका लागि सून्य दशम्लब एक पनि पर्याप्त हुन्छ । सबैकुरा ठिकठाक भएर पनि मानिसको जीवनमा जोखिम निम्तन सक्छ । डाक्टरहरुले मृत्यु टार्ने कोशिस गर्ने हुन् । मृत्युमाथि विजय प्राप्त गर्ने क्षमता कसैसँग हुदैन । विरामी घरमा राखेर निको हुने भैदिएका भए कसैले पनि अस्पताल पु¥याउँदैनथ्यो ।

ज्यान बचाउन विरामीलाई अस्पतालमा लगिने हो । डाक्टरहरुको कर्तव्य ज्यान बचाउने कोशिस गर्ने हो । मृत्यु पन्छाउने हैसियत डाक्टरसँग पनि हुदैन । कैयौं अवस्थामा कोशिस गर्दागर्दै र सबैकुरा ठिकठाक हुँदाहुँदै पनि दुर्घटना निम्तन्छ । नेपाली समाज असंयमित र उग्र हुदै गएको छ । र रोग र कालको दोष डाक्टरको टाउकोमा थुपार्ने सोच बड्दो छ ।

घिटी घिटी भएपछि बल्ल अस्पतालमा पु¥याउने अनि ज्यान तलमाथि भयो भने डाक्टरको लापरवाहीका कारणले मृत्यु भयो भनेर बबण्डर मच्चाउने विकृति बढ्दै गएको छ । त्यसमाथि कानुनले पनि त्यही नकारात्मक प्रवृत्तिलाई प्रोत्साह गर्ने हो भने डाक्टरहरु निरुत्साहित र असुरक्षित हुने सम्भावना निम्तन्छ । डाक्टरको इमानमा विश्वास गरेरै विरामीलाई अस्पतालमा लगिने हो । हो, उपचारमा लापरवाही र वेइमानी हुदैन भन्न सकिन्न ।

त्यस्तो प्रवृत्ति निरुत्साहित गरिनुपर्छ । तर त्यसलाई सामान्यीकरण गर्नु हुदैन । डाक्टरलाई थप जिम्मेवार बनाउने उपक्रम गर्न खोज्दा गम्भीर विरामीहरुले डाक्टरको उपचार नै नपाउने परिस्थिति उत्पन्न हुनसक्ने कुरातिर ध्यान पु¥याउनुपर्ने हुन्छ ।

प्रस्तावित संहिताले विरामीको होइन, डाक्टरको सुरक्षाले प्राथमिकता पाउने परिस्थिति निर्माण गर्नेछ । किनकि डाक्टरहरुले आफू सजायभागी बन्नुपर्ने जोखि उठाउने छैनन् । परिणामस्वरुप आकस्मिक र गम्भीर विरामीहरुले चिकत्सकीय सेवा प्राप्त गर्न सक्ने छैनन् । नवविकल्प साप्ताहिकमा प्रकाशित