Breaking News
राहुघाट आयोजनाको विद्युत खरिद विक्री सम्झौतामा हस्ताक्षर

विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीमा रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण विच विद्युत खरिद विक्री (पिपिए) सम्झौता भएको छ । काठमाण्डौमा सोमबार प्राधिकरण विच विद्युत खरिद विक्री सम्झौता पत्रमा हस्ताक्षर भएको रघुगंगा हाइड्रोपावर लिमिटेडका सहायक निर्देश गोपाल पाठकले जानकारी दिनुभयो । प्राधिकरणले आयोजनाको प्रवद्र्धक रघुगंगा हाइड्रो पावर लिमिटेड […]
म्याग्दीका स्थानीय तहमा नेकपाको एकता टुंगो लाग्यो

विकल्प न्यूज/बेनी चैत १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र म्याग्दीले ६ वटा स्थानीय तहको एकतालाई टुंगो लगाएको छ । सोमबार बसेको जिल्ला संयन्त्रको वैठकले चार स्थानीय तहमा पूर्व एमालेको नेतृत्व र बेनी नगरपालिका सहित दुइ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको हो । मालिका,मंगला,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूर्व एमालेले […]
बेनीको खुल्लामञ्चमा योग शिविर (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बुधवार देखि तिन दिने बृहत निशुल्क योग शिविर सुरु गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा डा योगी विकासानन्दले तिन दिन सम्म योगाभ्यास गराउने बताइएको छ । शिविरमा करिब पाँचसय जनाले सहभागिता जनाएका छन् । तस्विरहरु साधान राम्जाली
लगानी सम्मेलनमा १९ आयोजना प्रस्ताव – म्याग्दीमा पनि परे दुइ ठूला आयोजना

गोपालचन्द्र सुवेदी काठमाडौँ, चैत १३ गते । आसन्न लगानी सम्मेलनमा लगानी बोर्ड र निजी क्षेत्रसमेतको सहभागितामा करिब सात हजार मेगावाट जलविद्युत् उत्पादनका लागि कम्तीमा १९ विभिन्न जलविद्युत् आयोजना निर्माणको प्रस्ताव पेस गरिने भएको छ । लगानी बोर्डका कार्यालयले लगानीकर्तामाझ आठ जलाशययुक्त ठूला आयोजना निर्माण गर्ने प्रस्ताव तयार गरेको छ । यस्तै निजी क्षेत्रले ११ वटा […]
स्थानीय तहमा पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन

विकल्प न्यूज/बेनी चैत १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । वैठकले एकतालाई चाँढो टुङ्गाउनका […]
विप्लव आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

विकल्प न्युज पर्वत चैत्र १२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव समूहको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन्। मंगलबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पुर्याउने र राज्यको सम्पत्तिमा क्षति पुर्याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरे। मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो […]
रुइसे र लामो पुलमा उद्योग बाणिज्य संघको पर्यटन प्रबद्र्धन कार्यक्रम (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत १० गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग बाणिज्य संघले जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने अभियान थालेको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल बनाउन संघले पर्यटकीय क्षेत्रहरुमा पुगेर प्रबद्र्धनात्मक कार्यक्रमको सुरुवात गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । यसै शिलशिलामा शनिबार रघुगंगगा गाउँपालिकाको २ भगवति […]
झोलुङ्गे पुलले जोड्यो गाउँ र सहर (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज चैत १० गते । तत्कालिन गाउँ र इलाका परिषद हुँदै जिल्ला परिषदले ८ बर्ष अघि माग गरे पनि अहिले मात्र पुल निर्माण भएको हो । रघुगंगा नदीको दुवै किनारको थाकन ढिल माथि बनाइएको पुल एकसय २१ मिटर लामो छ । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत पुल निर्माणको लागि गत साउनमा थानी–बिएलटी […]
मोना स्पेनद्धारा महिला तथा बालबालिकाको सहयोगका लागि साढे चार लाख सहयोग

विकल्प न्युुज बेनी चैत्र ८ गते । म्याग्दी प्रवासी नेपाली संघ स्पेनले महिला तथा बालबालिको सहयोगका लागि साढे चार लाख बढी आर्थिक सहयोग गरेको छ । मोना स्पेनका पुर्व अध्यक्ष एवम् आर्थिक संयोजक सन्त बहादुर क्षेत्रिको पहलमा स्पेनमा संकलित ४ लाख ३६ हजार रुपैयाँ एक कार्यक्रमका विच शुक्रबार बेनीमा प्रमुख अतिथि मोना आइइसीका संरक्षक सुवास […]
राजु पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

साधन राम्जाली /विकल्प न्युज बेनी चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्नपुर्ण –८ नागि निवासी हाल हङकङमा बस्दै […]
यस्तो छ बेनीमा फागुको रौनक (फोटोफिचर)

विकल्प न्यूज/बेनी चैत ६ गते । फागु पूर्णिमा दिन बुधवार बेनीमा निकै रौनक छाएको छ । युवा युवती तथा बालक देखि बृद्धा सम्मलाई फागुको रौनकले छोपेको छ । सवैजना रमाइलो गर्दै एकआपसमा होलीको शुभकामना दिएका छन् । होलीका अवसरमा केही अप्रिय घटनाहरु नहोस भनेर प्रहरीले पनि आफ्नो गस्ती बढाएको छ । तस्विरहरु साधन राम्जाली […]
गरिब र विपन्न उपचार कोषमा ५ लाख सहयोग

विकल्प न्यूज/बेनी चैत ६ गते । गरिब र विपन्नहरुको उपचारमा सहयोग पु¥याउनका जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषद्धारा स्थापित गरिब र विपन्न उपचार कोषमा एक एकदम्पत्तीले पाँचलाख सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ८ नागी स्थायी घर भई हाल हङकङमा रहनुभएका राजु पुनले आफ्नो धर्मपत्नीको नामबाट कोषलाई पाँचलाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुधबार कोषको सचिवालय […]
जनतालाई चिढाउने कार्यमा सरकार किन दत्तचित्त भएर लाग्छ कुन्नी !?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज चैत ४ गते । पञ्चायतकालको कुरा हो । हाल बन्द रहेको बाग्लुङ्ग बलेवाको विमानस्थल भर्खर भर्खर मात्र खुलेको थियो । एकजना धुरन्धर विकासवादी अञ्चलाधीशले जनताको श्रमदानबाट बलेवादेखि अञ्चल सदरमुकाम बाग्लुङ्गसम्म मोटरसडक खनाउने कार्यको आरम्भ गरेका थिए । त्यतिबेलासम्म बलेवा विमानस्थल मोटरसडकबाट जोडिएको थिएन र सडकले जोड्ने कुनै सरकारी योजना प्रस्तावित पनि थिएन […]
स्वर्गीय मातापिताको सम्झनामा विपन्नको उपचारमा सहयोग

विकल्प न्यूज/बेनी चैत १ गते ।एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा पुनको सम्झनामा कोषलाई ५० […]
भजन जोगाउँदै तन्नेरी

विकल्प न्युज /बागलुङ फागुन ३० गते । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँकोट। जिल्लामा सबैभन्दा बढी युवाहरु जापान जाने र अधिक रेमिट्यान्स भित्रिने सदरमुकाम नजिकैको गाउँ। जुन गाउँका घरमा जापान नगएका युवा मुस्किलले भेटिन्छन्। जापान नगएका घरहरुको पनि अन्य कुनै न कुनै देशमा जाने क्रम तीव्र छ। गाउँका पुराना मौलिक सँस्कृति नयाँ पुस्तामा हस्तान्तरण नहुने […]