ताजा समाचार:
Search

Breaking News

गत वर्षमा पनि बेनपाका जनप्रतिनिधिलाई भत्ता नै भत्ता (विवरणसहित)

विकल्प न्यूज/बेनी जेठ २० गते ।चालु आर्थिक वर्ष २०७५/०७६ मा जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा र भत्तामा ठूलो रकम विनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा पनि अश्वभाविक तवरले रकम विनियोजन गरी खर्च गरेको पाइएको हो । जनप्रतिनिधिको सेवा सुविधाका लागि गत वर्ष ठूलो रकम खर्च भएको छ । गत असार १० गतेको […]

युवाहरुले गरे संसदीय अभ्यास (भिडियो)

विकल्प न्युज बेनी,जेठ १९ गते । बेनीमा नगर स्तरीय युवा सञ्जाल गठन तथा युवा सांसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व क्षमता विकास तथा संसदिय अभ्यासका बारेमा जानकारी गराउन नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबार बेनीमा सो कार्यक्रम सम्पन्न भएको हो । तीन दिन सम्म संचालन भएको कार्यक्रममा युवाहरुलाई विभिन्न पदको […]

रघुगंगाले ग¥यो फजुल खर्चमा कटौती

विकल्प न्यूज/बेनी जेठ १६ गते । बेनी नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई अचाक्ली भत्ता र सुविधा वाढीरहेका समयमा यता जिल्लाको रघुगंगगा गाउँपालिकाले भने त्यस्ता खर्चलाई कटौती गर्ने निर्णय गरेको छ । फजुल खर्चमा कटौती गरेर गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न खोजेको छ । गाउँपालिकाले प्रशासनीक र अनावश्यक फजुल खर्चमा भारी कटौतीको प्रस्तावलाई पारित गरेको छ । […]

जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई

विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको […]

नेकपाका केही चुनौति र अवसर

राजकुमार थापा /विकल्प न्यूज जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई […]

तस्विर आफै बोल्छ !

विकल्प न्यूज/बेनी जेठ १५ गते । कालिगण्डकी करिडोर अन्तर्गतको बेनी – जोमसोम – कोरला सडक आयोजनाको मुस्ताङ खण्डमा बच्चालाई पिँठ्उमा बोकेर काम गर्दै रोल्पाली महिला । तस्विर ठाकुरप्रसाद आचार्य

स्थानीय तहका लागि खुल्यो लोकसेवाको विज्ञापन ( कहाँ कति खुल्यो विवरण सहित)

विकल्प न्यूज/बेनी जेठ १५ गते । लोकसेवा आयोगले आज बुधवार स्थानीय तहमा रिक्त रहेका कर्मचारीका लागि खुल्ला विज्ञापन गरेको छ । 

गणतन्त्र दिवस : जनताले जितेको दिन

नारद गौतम काठमाडौँ,  जेठ १५ गते । आज नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । आजैका दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । गणतन्त्र घोषणा अर्थात् जनताले जितेको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको छ […]

भिडियोमा हेर्नुहोस दर्मिजाको तातोपानी कुण्ड

विकल्प न्यूज/बेनी जेठ १४ गते ।   म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मिजा गाउँ स्थित रघुगंगा नदीको किनारमा रहेको तातोपानी कुण्ड । रोग निको हुने विश्वासका साथ विदेशमा वसोवास गर्ने नेपालीहरु पनि तातोपानी कुण्डमा स्नानका लागि आउने गर्दछन् । तातोपानी कुण्डमा भौतिक पूर्वाधारको विकास गरेर स्वास्थ्य पर्यटनको केन्द्र बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । […]

जागिरे आमाबाबुका सन्तानमा असर

काठमाडौँ, जेठ १४ गते ।  अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ? संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्नुभएको थियो […]

लोकसेवाले माग्दै छ १५ हजार कर्मचारी

काठमाडौँ, जेठ १३ गते । लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ ।  ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको […]

भगवतीमा योजना तर्जुमा तथा ज्येष्ठ नागरिकलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ १३ गते । रघुगंगा गाउँपालिकाले वडास्तरीय योजना तर्जुमा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तिव्रता दिएको छ । गाउँपालिको आईतबार वडा नम्वर २ राखु भगवतीको वडा कार्यालयको परिसरमा बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई दोषल्लाले सम्मान गर्दै बस्तुगत सहायता वितरण गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर […]

दुई वर्षभित्रै स्थानीय तहमा प्रशासनीक भवन

काठमाडौँ, जेठ १२ गते । सरकारले अबको दुई वर्षभित्र सबै स्थानीय तहका प्रशासनिक भवन निर्माण गरिसक्ने भएको छ । सरकारले जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका, नगरपालिका र तिनका वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । सरकारले जिल्ला समन्वयको मौज्दात कोष सञ्चालन निर्देशिका निर्माण गरी जिल्ला भित्रकै प्रशासनिक भवन नभएका […]

सामुहिक बलात्कार गर्नेहरु सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ९ गते । १५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने तिनजन युवाहरुलाई प्रहरीले विहिवार सार्वजनिक गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बलात्कारमा संलग्न युवाहरुलाई सार्वजनिक गरिएको हो । जेठ ७ गते बुधवार राती १२ बजे बेनी नगरपालिका ४ डाँडाखेतकी एक बालिका माथि तिनजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको […]

जलजलामा सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न

विकल्प न्यूज/जलजला जेठ ९ गते । पर्वतको जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम्बन्धी काम, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत […]