सामुहिक बलात्कार गर्नेहरु सार्वजनिक(भिडियो सहित)

विकल्प न्यूज/बेनी
जेठ ९ गते ।

१५ वर्षीय किशोरीमाथि सामुहिक बलात्कार गर्ने तिनजन युवाहरुलाई प्रहरीले विहिवार सार्वजनिक गरेको छ । विहिवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बलात्कारमा संलग्न युवाहरुलाई सार्वजनिक गरिएको हो ।
जेठ ७ गते बुधवार राती १२ बजे बेनी नगरपालिका ४ डाँडाखेतकी एक बालिका माथि तिनजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राती १२ बजेको समयमा शौचालय जान निस्केकी किशोरीलाई मेला हेरेर फर्किएका युवाहरुले अपहरणको शैलीमा घर नजिकैको बारी जंगलमा लगी बलजफत गरी तिनजनाले सामुहिक बलात्कार गरेको उजुरीका आधारमा ति युवाहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका ५ बस्ने २६ वर्षीय कृष्ण विक,२१ वर्षीय विकास किसान र १९ वर्षीय प्रेम किसानलाई प्रहरीले सार्वजनिक गरेको हो ।  घटनामा संलग्न दुई जनालाई घरबाटै नियन्त्रणमा लिईएको भएपनि घटना पश्चात फरार भएका कृष्ण विकलाई भने म्याग्दीको रुम हुँदै बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको समयमा नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक मरासिनीले जानकारी बताउनुभयो । बालिकामाथि सामुहिक बलात्कार गर्ने तीन जना विरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता भएको उहाँले बताउनुभयो । जिल्ला अदातलतबाट तीन दिनको म्याद थप गरि उनीहरुलाई हिरासतमा राखेका छाँै प्रनाउ मरासिनीले भन्नुभयो, ‘बयानको क्रममा उनीहरुले आफ्नो कसुर स्विकार गरेका छन ।’