विकल्प न्यूज/बेनी
जेठ १३ गते । रघुगंगा गाउँपालिकाले वडास्तरीय योजना तर्जुमा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम तिव्रता दिएको छ । गाउँपालिको आईतबार वडा नम्वर २ राखु भगवतीको वडा कार्यालयको परिसरमा बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई दोषल्लाले सम्मान गर्दै बस्तुगत सहायता वितरण गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा, वडा अध्यक्ष रिमबहादुर कटुवाल र टोलसुधार समितिको उपस्थितमा योजना छनोट तथा ५० जना ज्येष्ठ नागरिकलाई बस्तुगत सहायता वितरण र वडामा रहेका विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको थियो ।
सो कार्यक्तममा गाउँपालिका अध्यक्ष भण्डारीले जनताहरुलाई प्रत्यक्ष रुपमा दिगो सुविधा दिने योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको बताउदै विकासमा सबैका सहकार्य आवश्यकता रहेको बताए ।
त्यस्तै प्रशासकिय अधिकृत रमेश थापाले आगामी आर्थिक बर्ष २०७६÷७७ मा १७ करोड ४६ लाख ३१ हजारको अनुमानित बजेट सार्वजनिक गर्दै गाउँपालिकाले टुक्रे योजना हटाउदै दिगो र प्रत्यक्ष जनतालाई लाभ हुने गौरवका योजनाहरु छनोटमा प्राथमकिता दिएको बताए ।
त्यस्तै वडा अध्यक्ष कटुवालले विकास निर्माणमा जनसहभागिता आवश्यक रहेको बताउदै योजना लिएसंगै कार्यान्वयनमा सक्रिय रहन वडाबासीलाई आग्रह गरेका थिए ।
त्यस्तै सम्मान गरिएका ज्येष्ठ नागरिकलाई बस्तुगत सहायतामा आयुर्वेद भिटामिन, सावुन, लगायतका सरसफाईका सामाग्री वितरण गरिएको छ। भने आयुर्वेद स्वास्थ्य शाखा मार्फत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण र आबश्यक आयुर्वेद औषधी समेत वितरण गरिएको थियो ।
गाउँपालिकाले सात ओटा वडामा पुगेर ज्येष्ठ नागरिक सम्मान, योजनाहरुको अनुगमन, आगामी आर्थिक बर्षको योजना छनोट कार्यक्तम गरिसकेको छ । भने दग्नाममा बाकी रहेको छ ।