Breaking News

खुल्ला छात्रा फुटबलको उपाधी माउन्ट एभरेष्टलाई

विकल्प न्युज बेनी, भदौ १४ गते । बेनीमा सम्पन्न अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबलको उपाधी माउण्ट एभरेष्ट आवासिय माविले हात पारेको छ । न्यु दोभान युवा क्लबले क्लब अधयक्ष स्वर्गिय अनन्त गिरीको स्मृतीमा आयोजना गरेको प्रथम अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिताको उपाधि माउन्ट एभरेष्ट आवासीय मावि बेनीले हात पारेको हो । शनिबार बेनीको […]

६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म

सन्तोष गौतम/विकल्प न्यूज भदौं ११ गते ।  म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो । कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ […]

समाजवादको सपना ः सार्वजनिक शिक्षाको हुर्मत

देवीप्रसाद शर्मा /विकल्प न्यूज भदौं ११ गते । ‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो ।  राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै […]

रवि लामिछाने धरौटीमा रिहा

विकल्प न्युज काठमाडौँ,भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस […]

दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा

उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना धु्रबसागर शर्मा /विकल्प न्युज म्याग्दी ,आइतबार भदौ ८ गत । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर्षिय एक युवा […]

दुर्घटनामा परि एक मजदुरको मृत्यु

विकल्प न्युज बेनी, भदौ ७ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ । निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले […]

नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

विकल्प न्युज म्याग्दी ,  भदौ ७ गते । म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित […]

देविस्थानका गरिब विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

यामनाथ पौडेल /विकल्प न्युज देविस्थान ,भदौ ७ गते । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले […]

अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी

साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]

आउँ पखलाको संक्रमण,सतर्कता अपनाउन अनुरोध(भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,भदौ ६ गते । म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर […]

स्वास्थ्यका भरत पनि पुगे अख्तियारको हिरासतमा

साधन राम्जाली \विकल्प न्यूज   भदौं ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंले स्वास्थ्य कार्यालय म्याग्दीका हेअ अधिकृत भरत आचार्यलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गत वर्ष स्वास्थ्य कार्यालयबाट भएका कार्यक्रमहरुका वारेमा फर्जी विल भरपाई बनाई आर्थिक अनियमितता गरेको आरोपमा आचार्यलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । स्वास्थ्यका कार्यक्रमका वारेमा अनुशन्धान गर्न म्याग्दी […]

बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]

सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी,भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै […]

मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज बेनी , भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ […]

मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]