Breaking News

म्याग्दीको रुममा जिप दुर्घटना हुँदा २ को मृत्यु

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । म्याग्दीको मालिका गाउँपालिका ३ रुममा शुक्रबार दिउसो जिप दुर्घटना भएको छ । दरवाङबाट यात्रु लिएर रुम जाँदै गरेको ध १ ज ५९५ नम्बरको जिप मालिका गाउँपालिका २ तास्के भिरमा दुर्घटना हुँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिनुभयो । मृतकको पहिचान हुँन बाँकी रहेको उहाँले बताउनुभयो […]

कीर्तिमानी निर्मल पूर्जाको भव्य स्वागत

१३ कात्तिक, काठमाडौं ।  सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ । चीनको सिसापाङ्ना हिमाल चढेसँगै कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो । आरोही पूर्जालाई गाडीमा […]

भजनकिर्तन सहित बेनीका चाेकचाेकमा गाईपुजा (फाेटाेफिचर)

विकल्प न्युज / बेनी कार्तिक ११गते । अाज गाईतिहारकाे अवसरमा बेनी का चाेकहरूमा भजन किर्तन सहित सामुहिकरूपमा गाईपुजा गरिएकाे छ । गण्डकी गाेपाल गौशाला जलजला ७ धाईरिङले बेनि बजारमा भजनकिर्तन सहित गाईपुजाकाे व्यवस्था मिलाएकाे धाईरिङ बेनि समाजका अध्यक्ष शेरबहादुर केसिले जानकारि दिनुभयाे । गाईकाे बाच्छिसहित समाजका सदस्य र भजन समूहले बेनि बजार परिक्रमा गरेका थिए […]

देउसी भैलोको बदलिँदो स्वरुप ः ‘उदेश्य फेरिदै, मौलिकता हराउँदै’

कमल खत्री /बेनी कार्तिक १० गते । तिहारको महत्वपूर्ण पक्ष मानिएको देउसी भैलोको स्वरुप फेरिन थालेको छ । परम्परागत रुपमा खेलिँदै आइएको देउसी भैलोमा आधुनिकताको प्रभाब बढेसंगै यसको उदेश्य फेरिएको छ भने मौलिकता हराउँदै जान थालेको हो । तिहारमा हरेक घरघरमा पुगेर मौलिक कला र संस्कृतिलाई समावेश गरि देउसी भैलो मार्फत आसिक (आशीर्वाद) संगै मनोरञ्जन […]

गन्तव्य कोरला

ठाकुरप्रसाद आचार्य /मुस्ताङ कार्तिक ९ गते । नेपालको उत्तरी मुस्ताङ स्थित कोरला पुग्ने र तस्विर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने इच्छा प्रायजसो नेपालीहरुको छ । अहिलेको दशैं – तिहार विदालाई सदुपयोग गर्दै चीन र नेपालको सीमाना कोरला पुग्ने नेपालीहरुको संख्यामा निकै वृद्धि भएको छ । दुई देश विच कोरला नाका खुलाउन चर्चा भएसँगै कोरला पर्यटकीय […]

यस्तो छ मुस्ताङको प्राचिन झोङ गुफा (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ कार्तिक १६ गते । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेर स्थित पुरातात्विक महत्वको झोङ गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको अवलोकन गर्न पुग्ने गर्दछन् । पहाडमा निर्मित यो गुफा सात तलाको छ । गुफामा एकसय ८ कोठा रहेका छन् । प्रत्येक […]

मराङमा मोटर पुग्यो

विकल्प न्यूज/बेनी कार्तिक ५ गते ।  धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लुरवाङ देखि अर्गला बेशी हुदै मराङको कुम्रि […]

अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न

सुरेन गुरुङ/ विकल्प न्युज पोखरेबगर , कात्तिक ३ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सो विशेष गाउँसभा सम्पन्न भएको हो । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको विशेष गाउँसभाले ११ विद्येयक पारित गरेको छ । विशेष गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले […]

दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक ३ गते । धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो । परियोजना उद्घाटन […]

तस्विरमा मुस्ताङको ठिनी गाउँ

ठाकुरप्रसाद आचार्य/मुस्ताङ असोज ३० गते । मुस्ताङको सदरमुकाम जोमसोम बजारदेखि नजिक रहेको थाकालीहरुको वस्ती ठिनी गाउँ हो । घरपझोङ गाउँपालिका ५ मा अवस्थीत ठिनी गाउँमा पर्यटकहरुको वसोबासका लागि होमस्टे सञ्चालन गरिएको छ । मुस्ताङ भ्रमणमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु ठिनीमा एकरात बासवस्न पुग्ने गर्दछन् । यहाँ एकसय दश घर छन् । ठिनीमा थकालीपनको अध्ययन […]

चिनियाँ राष्ट्रपति भ्रमण : कोरला कार्यसूचीले धौलागिरीबासी उत्साहित

विकल्प न्यूज/बेनी असोज २४ गते ।   चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको छ । यो खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहित भएका छन् । मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र […]

बेनीमा प्रहरी दिवस (फाेटाेफिचर)

विकल्प न्युज / बेनी असाेज २४ गते ।

घोरेपानीमा सम्पन्न मोनाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जुग्जाली मगर चयन

सुरेन गुरुङ्ग /बिकल्प न्युज घोरेपानी , असोज १६ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितीको नयाँ अध्यक्षमा ओमनारायण जुग्जाली मगर चयन हुनुभएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका –६ घोरेपानीमा विहिबार विहान सम्पन्न तेस्रो महाधिवेशन तथा पाँचौ वाषर््िाक साधारणसभाबाट जुग्जाली मगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा ,उपाध्यक्षमा अमर […]

खुद्रा पैसाका लागि लाइन ……..(फोटो)

खुद्रा पैसाको आश …… विकल्प न्यूज/बनी असोज १५ गते । दशैंका लागि खुद्रा पैसा लिन नेपाल बैंक लिमिटेड बेनी शाखामा लाइनमा बसेका सर्वसाधरणहरु । सर्वसाधारणहरुले सहज रुपमा खुद्रा पैसा नपाएको गुनासो गरेका छन् । तस्विर ठाकुरप्रसाद आचार्य  

फोरजी विस्तारको तयारी पूरा

विश्वास रेग्मी काठमाडौँ, असोज १५ गते ।  नेपाल टेलिकमको महìवाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । फोरजी विस्तार परियोजना सम्झौता भएको करिब आठ महिनापछि बुधबार देशका विभिन्न दुई दर्जन बढी स्थानमा यसको पहुँच विस्तार हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न […]