Breaking News

बेनीका प्रशान्तले ल्याए चार जीपीए

विकल्प न्यूज/बेनी असार १२ गते ।   माध्यमिक शिक्षा परीक्षा (एसईईमा) बेनीका प्रशान्त सुवेदीले चार जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार काठमाडौका मनमैजुमा रहेको एन्जल्स हार्ट आवासीय माविबाट एसईईमा सहभागी भएका सुवेदीले ४ मा ४ जीपीए ल्याएका हुन् । उनको एसईई सिम्बोल नं. ०२९६४२२ ‘V’ हो। सुवेदीका अभिभावक र विद्यालयले उनी एसईईमा देशभरबाट बढी […]

तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १२ गते ।  तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]

यस्तो छ जलजलाको नीति तथा कार्यक्रम पढ्नु्होस् पूर्णपाठ

विकल्प न्यूज/जलजला असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको  नीति तथा कार्यक्रम  पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम पारित भएसँगै […]

धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

सन्तोष गौतम/विकल्प न्यूज मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि कुल ३४ करोड […]

धौलागिरि गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी तथा गुणस्तरीय हिसाबले […]

मंगलाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार १० गते ।      म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । कृषिको संभावना भएको मंगलाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । बाबियाचौरमा सोमबार भएको सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख […]

अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम पारित,३४ करोडको बजेट प्रस्ताव

विकल्प न्यूज/बेनी असार १० गते । कृषि, पर्यटन,जलस्रोत,शिक्षा र रोजगार लाई प्रथामिकता दिएर अन्नपुर्ण गाउँपालिकाले निति तथा कार्यक्रम पारित गरेको छ । कृषि, उद्योग,पर्यटन शिक्षा स्वास्थ्य लगायतका बिभिन्न शिर्षकमा ३४ करोड, ७८ लाख ५६ हजार रुपैयाँ गाउँसभामा प्रस्ताव गरेको छ । गाउँसभाको उद्घाटन गदै गाउँपालिका प्रमुख क्या.डमबहादुर गर्वुजा पुनले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने निति […]

बेनपाले एजेण्डाबिनै १५ गते नगरसभा बोलायो

विकल्प न्यूज/बेनी असार १० गते । विगत एक महिनादेखि आन्तरिक बिवादमा रुमलिएको बेनी नगरपालिकाले असार १५ गते नगरसभा बोलाएको छ । देशभरका स्थानीय तहहरुले धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले एजेण्डानै तय नगरि नगरसभा बोलाएको हो । एक तिहाई भन्दा बढी सदस्यहरुले बिशेष अधिवेशन (नगरसभा)को माग गरेको र नगर प्रमुखको निर्देशन अनुसार […]

मालिकाले ल्यायो समृद्ध गाउँपालिकाको खाका सहितको नीति तथा कार्यक्रम

विकल्प न्यूज/बेनी असार ८ गते ।         म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आइतवार गाउँपालिका केन्द्र दरवाङमा आयोजित गाउँपालिकाको तेस्रो गाउँसभामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले समृद्ध गाउँपालिकाको खाका सहितको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष रोकाले गाउँसभाको उद्घाटन गर्दै विगत दुइवर्षको अनुभव […]

मंगला गाउँपालिकाका युवायुवतीलाई १७ दिने लोकसेवा तयारी कक्षा

विकल्प न्यूज/बेनी असार २ गते । म्याग्दीको मंगला गाउँपालिकाले यहाँका युवायुवतीहरुलाई लोकसेवा तयारी तालिम प्रदान गरेको छ । गाउँपालिकाको आर्थिक सहयोग र हेमन्त मल्टि एजुकेशन सिर्भिस प्रा.ली बागलुङको व्यवस्थापनमा १७ दिने लोकसेवा तयारी कक्षा सञ्चालन गरिएको हो । आइतवार तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाका युवाहरुलाई सरकारी सेवाप्रतिको आकर्षण बढाउन लोकसेवा तयारी कक्षा सञ्चालन […]

मेयर गैरजिम्मेवार ः नेकपा, गैरकानुनी निर्णय खारेज हुनुपर्दछ ः काँग्रेस

विकल्प न्यूज/बेनी जेठ ३० गते ।जिल्लाको बेनी नगरपालिकाका जनप्रतिनिधिको अपरिपक्कता र दुरदर्शीताको अभावका कारण नगरपालिका यतिखेर बन्धक बनेको छ । नगरपालिकाले बनाउने विभिन्न ऐन,नियम, कार्यविधि र बजेट निर्माणमा जनप्रतिनिधिको आलोकाँचो प्रवृत्तिका कारण नगरपालिका समय समयमा विवादमा मुछिदै आएको त छ नै अर्को तिर बहुमत र अल्पमतका कारण नगरपालिका यतिखेर बन्दी बनेको छ । आगमी आर्थिक […]

रायखोरका बालबालिकाको बाध्यता ः भिर र जंगल छिचोल्दै विद्यालय

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ३१ । जंगलको बिच बाटोमा थकित मुद्रामा भेटिएका १२ वर्षीय जीतकुमार शेरपुन्जाले भन्नुभयो “विद्यालय पुग्न अझै डेढ घण्टा कुद्नुपर्दछ ।” रघुगंगा गाउँपालिका ६ पाखापानी स्थित अमर माध्यमिक विद्यालयमा पुग्न शेरपुन्जा दैनिक ३ घण्टा हिड्नुहुन्छ । विहान ७ बजे खाईनखाई हिडेको बताउँने शेरपुन्जाको झोलामा किताव सँगै खाजा पनि छ । ‘विद्यालय पुग्न […]

बेनपामा बहुमतलाई ठेस : निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश

विकल्प न्युज बेनी,जेठ २९ गते । बेनी नगर कार्यपालिकामा बहुमतका आधारमा निर्णय गरेको कर्मचारी व्यवस्थापनका विषयमा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराको बागलुङ इजलासले आदेश दिएको छ । बेनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनका लागि भएको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठले कार्यपालिका सदस्य […]

धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

विकल्प न्युज बेनी, जेठ ३० गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ९८,१६७ मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत […]

बेनी नगरका सदस्यहरुद्धारा विशेष नगरसभाको माग

विकल्प न्यूज/बेनी जेठ २८ गते ।बेनी नगरपालिकाका एक तिहाई सदस्यहरुले विशेष नगरसभाको माग गरेका छन् । नगरसभामा रहेका एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष नगरसभाको वैठक राख्न मेयर हरिकुमार श्रेष्ठ समक्ष माग गरेका हुन । एकतिहाई सदस्यको हस्ताक्षर आवश्यक रहेपनि नगरसभामा रहेका पचास जना सदस्यहरु मध्य २४ जनाले निवेदनमा हस्ताक्षर गरेर विशेष सभाको माग गरेको बेनी […]