Breaking News

नेकपा गण्डकीको कार्यालय र सचिवालय गठन

विकल्प न्यूज/बेनी फागुन २९ गते ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीले कार्यालय र सचिवालय गठन गरेको छ । पोखरामा बुधवार सम्पन्न सचिवालयको पहिलो बैठकले ९ सदस्यीय कार्यालय र ६३ सदस्यीय सचिवालय गठन गरेको हो । सचिवालयमा ११ वटै जिल्लाका जिल्ला अध्यक्ष र सचिवलाई समेटीएको छ । यसैका साथै वरिष्ठताका आधारमा अन्य नेताहरुलाई पनि कार्यालय सदस्य र […]

युद्धतर्फ पनि महिला सैनिक अब्बल

चाँदनी हमाल काठमाडौँ, फागुन २५ गते । २०४५ सालताका नर्वदा थापाले नर्सिङमा स्नातक सक्नुभयो । बुबा भारतीय सेनामा रहेकै कारण उहाँभित्र नेपाली सेनामा जाने उत्कट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आउनुभएको थियो तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन । प्राविधिकबाटै भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उहाँले चुकाउनुभएन । अन्य […]

सन्दर्भ नारी दिवस ः नारी अभिशाप हैनन् वरदान हुन

शान्ति बस्नेत / विकल्प न्यूज फागुन २५ गते । जहाँ असमान्ताका ज्वालाहरु दनदन दन्किन थाल्छन त्यहाँ त्यसै गरी समान्ताका निम्ति आफ्नो ज्यानको बाजी नै लगाएर ज्वलालाई निभाउन कुनै पनि कसरत राखिदैनन् । जव समानताका नारा र कार्यमा समानताहरु जगमगाउछन त्यहाँ हरेक कुराहरुको पूर्ण रुपमा सफलताको जग बस्न थाल्छ । सन १९०६ मा सम्पन्न महिलाहरुको प्रथम […]

वन्यजन्तु बन्न सक्छन् समृद्धिको आधार

चाँदनी हमाल/ काठमाण्डौं  फागुन १८ गते । चितवन राष्ट्रिय निकुञ्जमा चरनका लागि ढुल्दै गरेका गैडा । तस्विर ठाकुरप्रसाद आचार्य /बेनी काठमाडौँ, फागुन १८ गते । नेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ । प्रारम्भिक दशकमा अध्ययन अनुसन्धानका लागि न्यून पर्यटक आउँथे । अचेल […]

बिवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग

विकल्प न्यूज/बेनी फागुन १६ गते ।  म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार विभिन्न संघ संस्थालाई चार लाख तीस हजार भन्दा बढी सहयोग गर्नुभएको छ । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई रु। दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र […]

बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा

विकल्प न्यूज/बेनी फागुन १३ गते ।वर्षौ देखिको बाँझो रहेर जंगलमा परिणत भएको जमिन यहाँका एक युवाको परिश्रम र मेहनतका कारण हराभरामा परिणत भएको छ । आप,लिची,अम्बा र केरा लगायतका फलफुलका विरुवाहरु हुर्किदै छन् । केही भागमा तरकारीले जमिनलाई हराभरा देखाएको छ । व्यवसायको शिलशिलामा म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्नुहुने पर्वतको जलजला ७ धाइरिङका खेम केसीले […]

तातोपानीको अर्जुन हत्याकाण्ड कसरी अनुत्तरित रहेको थियो ?

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज फागुन ११ गते । माननीय अग्नि सापकोटा सर्वसम्मत रुपमा सभामुख चुनिए । संसदमा प्रचण्ड बहुमत प्राप्त गरेको दल नेकपाले सभामुखको पद आफ्नै हातमा राख्न चाहनु स्वाभाविक थियो । भात खाएर कहिल्यै विच्किदैन भनेजस्तो सभामुखमा दावी पुग्ने दलले उपसभामुखमा चित्त बुझाइदिए हुन्थ्यो भन्नु उचित थिएन । त्यही कारणले होला प्रतिपक्षले समेत […]

दिदीबहिनी कप भलिबलको उपाधी एपीएफले जित्यो

विकल्प न्यूज/बेनी फागुन १० गते । पर्वतको जलजलामा आयोजित महिला भलिबलको उपाधि शसस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार विहान भएको नेपाल पुलिस क्लब र एपीएफ विच भएको फाइनल खेलमा पुलिस क्लबलाई ३ – १ को सेटमा पराजित गर्दै चौथो दिदिबहिनी कप राष्ट्रिय भलिबलको उपाधि जितेको हो । प्रतियोगिताको पहिलो सेट २५–१५ ले […]

नेकपा ( विप्लव) का म्याग्दी जनपरिषद प्रमुख पक्राउ

विकल्प न्यूज/बेनी फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब)का जिल्ला जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन (जगत) लाई प्रहरीले पक्राउ गरेको छ । पुनलाई मालिका ३ अधिभराबाट पक्राउ गरेको हो । पुन अधिभारामा आएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पुनलाई पक्राउ गरेको हो । दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद […]

गलेश्वर मन्दिरबाट ठूलो परिमाण घोट्टा बरामद

विकल्प न्यूज/बेनी फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक गरि बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य […]

योजना कार्यान्वयनमा कमजोर अन्नपूर्ण

विकल्प न्यूज/बेनी फागुन ९ गते । विद्यालय बन्द गरी एकसाता मेला महोत्सव आयोजना गरेर विवादित बनेको म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका चालु आर्थिक वर्षको योजना कार्यान्वयनमा कमजोर भएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको प्रगतिलाई हेर्दा योजना कार्यान्वयनमा गाउँपालिका कमजोर सावित भएको हो । कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको फेरबदलबाट प्रभावित भएको गाउँपालिका […]

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

विकल्प न्युज म्याग्दी, फागुन ्म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो । यस वर्षको शिवरात्री पर्वको अवसरमा गलेश्वर मन्दिरमा पुजाआजा गर्न म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, कास्की, चितवन र सर्लाही लगायतका जिल्लाहरुबाट   भक्तजनहरु […]

एकेन्द्रको रहर लाग्दो बङ्गुरपालन (फोटो र भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ७ गते । बेनी नगरपालिका १ सारेमारेका एकेन्द्र थापामगरले व्यवसायिक रुपमा बंगुरपालन गर्नुभएको छ । वैदेशिक रोजगारीबाट गाउँफर्किएर थापामगरले बंङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो । सारेमारे स्थित कालिगण्डकी किनारमा रहेको जमिनमा व्यवस्थित खोर निर्माण गरी उहाँले बंगुरपालन व्यवसाय थाल्नुभएको हो । खोरमा हाल रहरलाग्दा बंगुरहरु छन् । दुईवर्ष अघि पहिलो कृषि फार्म […]

प्रजातन्त्र राजनीतिक मन्त्र

शान्ति बस्नेत / विकल्प न्यूज फागुन ७ गते ।आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस नेपाली राजनीतिक परिवर्तनको संगारको दिन पनि मानिन्छ । आजैका दिनमा नेपालीहरुले आफ्नो स्वाभिमानका सपनाहरुलाई प्रजातान्त्रिक अभ्यास कोर्दै गर्दा तत्कालीन जहानिया राणा शासन विरुद्धमा डटेर सामना गरी जनलहरका साथ जनताको बोलीले जनताको निम्ति प्रथम पटक जनलहर आएको र छाएको दिन हो […]

न्यू वेस्ट प्वाईन्टलाई नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी फागुन ४ गते ।     बेनीमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीबजारमा सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी वेष्ट प्वाइन्टले जितेको हो । प्रतियोगितामा २१ स्वर्ण,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको हो । यसैगरी […]