-शान्ति बस्नेत / विकल्प
सानालालाई पाखा ठूलालाई काखाको चलनले देश डुवी सक्यो ।
आजका दिनमा पनि धनी गरीव, जातभात, नारी पुरुष, दाइजो जस्ता पक्षपात त हरेक पाईला पाईलामामा हामीले खेपी रहेका छौं ।
भन्नलाई हामी २१औ शताव्दीका मानिस भन्छौ विज्ञान र प्रविधिका कुरा गर्छौ तर आजका दिनमा पनि हामी मावनले मानवलाई दास बनाएर राखी रहेका छौ ।
दिनहरु बढ्दै गयो तर हाम्रा सोचहरु संकुचित हुँदै गएका छन मानवले मानवलाई नै पशुको भन्दा तल्लो व्यवहार गरेकाछन ।हरेक स्थानमा हरेक दिन फरक फरक प्रकृतिका घटनाहरले समाजमा बसोवास गर्ने मानव जाति माथि नै मानवताको प्रश्न चिन्ह खडाँ भएको छ ।
मानवताले मानवताको मूल्य र मान्यता विर्सिदै गएपछि कस्को के नै लाग्छ र हत्या, हिंसा, बलात्कार जस्ता जघन्य आपराधिक घटनाहरु बढ्दै गएको अवस्था छ ।
यस्ता समाजलाई नै तहसनहस पार्ने गतिविधि मूलक कार्य धेरै अगाडी आउनुको प्रमुख कार्य राजनीतिक अस्थिरताका र राजनीतिक ढाकछोपको कारण हो ।
हरेक घट्टनाहरुलाई राजनीतिकरण गरीएको छ न्याय जस्तो पवित्र थलोलाई राजनीतिको विगविगि बढाएको कारणले पनि केही कुराहरुमा पनि सही निर्णय हुन सकेको छैन ।
आफ्नो मान्छे नेता वा कर्मचारी पनि ठूलाबडाका आसेपासे भयो भने सबै कुरा हुने त्यस्तो नभएका मानिसहरु चाहि सधै आवाज विना बस्नु पर्ने कस्तो नीति हो यो ।
सरकार भनेको सबैको साझा सम्पत्ति हैन सरकारले राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न पनि के विदेशीको भरिया बन्नु पर्छ ।
आफ्नो देशको माटोको मूल्य चिन्न सिक नेता हो आफ्नो देशमा स्रोत साधन पर्याप्त छ नि उव्जनी योग्य जग्गाहरुछन तर कृषिमा चाहि प्रोत्साहन छैन विदेश जानलाई चाहि किन बाटो खुल्ला गरिन्छ ।
रातदिन नभनी आफ्नो पर्देशी जीनव हरेक पीडाहरु सहदै पसिनाको खोला बगाएका छन नेपाली दाजुभाइ दिदि बहिनीहरुले नेपालमा पैसा कमाएर पठाएकाछन पैसा पठाउदा लाग्ने करले नेताहरु कहिलेसम्म मोजमस्ति गर्छौं हँ ? उनीहरुको सधै के विदेशमा नै बसेर नेताज्यूहरुलाई पाल्नु पर्ने विदेशबाट पठाएको पैसा हैन नेताज्यू त्यो त रगत हो कतिदिनसम्म चुस्न सक्छौ ।
उनीहरु आफ्नो देश अर्थात नेपाल आए भने के व्यवस्था छ के गरेका छौ यो सम्पूर्ण नेपालीहरुको जोडदार प्रश्न हो ? विदेशबाट पठाएका मानिसहरुको पैसाको करबाट उनीहरुलाई नेपाल आउदा कम्सेकम स्वदेशमा नै रोजगार दिन सक्ने व्यवस्था गरन सरकार ।
विश्व कहाँ देखि कहाँ पुगि सक्यो के हामी चाहि सधै कि नेताको चाकरी नै गर्नु पर्ने हो त आफ्नो योग्यता, क्षमता, दक्षता अनुसारको रोजगारी देउ काम गर्न पाउँ हजुर भन्दै कहिलेसम्म भिख माग्नु पर्ने हो ।
जस्ले जुन क्षेत्रमा शिक्षा हासिल गरेको छ उस्लाई किन रोजगारीको अवसर छैन सरकार सोच्नु पर्दैन ।कामको केहि ग्यारेण्टी नै छैन ।
सरकारको यो ठूला कम्जोरी हो समृद्ध नेपालको सपना यसरी पूरा हुन्छ त यस्ता सपना देख्नु मूर्खता हो । काम विना समृद्धि कसरी आउछ ।
काम गर्न पनि विन्ति विसाउनु पर्ने कस्तो संस्कार सबैका आमा,बुवा र नातागोतामा प्रधानमन्त्री, राष्ट्रपति बन्ने हैसियत छैन तर हाम्रो परम्परात जस्को शक्ति उस्को भक्ति भन्ने चलन हावी भएको छ ।
खुल्ला प्रतिष्पर्धा लोकसेवा आयोग छ त्यो पनि सबैले भनेकै समयमा उतीर्ण सकेको हुन्न के लोकसेवा पास गरेर मात्रै समस्याको समाधान हो कान खोलेर सुन .? समाज कता तिर जादै छ त्यो सरकारलाई प्रष्टसंग थाह हुनुपर्दछ नत्र बोलि एउटा काम गराई एउटाले देश डुवी सक्यो है अहिलेको अवस्थामा लकडाउनको प्रभावले सबै तिर अस्तव्यस्त त छदै छ तर जनताहरुले यस्तो अवस्थामा सरकारको साथ पाउनु पर्ने ठाउँमा सरकारबाट नै पीडित हुनु परेको छ ।
जुन जोगी आए नि कानै चिरेको भने झै भयो आफ्नै दुनो सोज्याउने मात्रै भए नेपाली जनताको पीरमार्का बुझ्ने कोही नि भएनन्।
यस्तो प्रवृति देखाउनु भनेको नै अज्ञानताको खाडल हो । हरेक मानिसलाई सम्मान व्यवहार गरिनु राज्यको अधिकार हो र हरेक स्थानमा सम्मानित ढंङ्गबाट जीवन यापन गर्न पाउनु नागरिको पनि नैसर्गिक अधिकार हो ।
तर कानून त बनाउने मात्रै हो कार्यान्वयन त गरिवहरु माथि मात्रै हुन्छ जस्को हरेक कुरामा पहुज पुगेको हुदैन नि त्यस्तालाई चाहि खोजिखोजि कानूनको ढोकामा उभ्याउने कार्य गरिन्छ ।
अव त अति नै भई सक्यो युवा, बुद्धिजीवि हो यसरी सधै चाकरी गरेर आफ्नो योग्यता, क्षमतालाई दवाएर हस हजुर भनेर मात्रै हुन् अव यस्ता प्रकृतिका प्रवृतिलाई अन्त्य गर्न हामी सबै एकजुट हुनुपर्दछ ।
यो पनि यो युगको माग हो । हामी सबै जनाले यस्ता विकृतिको सामाना गर्नु पर्दछ ।असमानताको खाल्डो अति नै भयो हामी सबै जना मिलेर यस्लाई निर्मूल पार्न एकजुट हुन आवश्यक पर्दछ ।
आम नेपाली नागरिहरुले आफ्नो नै देशमा रोजगारीको अवसर पाउनु पर्छ ।
अनि मात्रै समृद्ध नेपाल बन्छ नत्र त्यो नारामा मात्रै सीमिति हुनेछ अहिलेको परिस्थिति त्यही भएको छ ।
अहिले त सबै तिर कोभिड-१९ को माहामारी छ तर पनि सरकारलाई के वास्ता र नेपालीको व्याथाहरु चुनावको समयमा पो रहेक नेपालीहरुको घरघरमा पुगेर बाचा गर्ने चलन थियो ।
त्यही जनताको भोटले आज गाँउका सिंहदरवार र काठमाण्डौंका सिंहदरवार पसे पछि किन जनताका दु:खका याद आउथ्यो र उनीहरुलाई केहि दु:खका प्रवाह नै छैन ।
विरामि बोकेर साईरन लगाउदै एम्वुलेन्स गुडे जस्तै विरामी देशलाई बोकेर एम्वुलेन्स जस्तै साईरन बजाउदै भिडभाड, घाम पानी, धुलोहिलोको महसुश नगरि बस्ने बानी परेका नेतालाई हैन र ?
तर एक माघले जाडो जादैन नेता हो अव सृजनशीलतामा ध्यान दिनुपर्दछ अरुको भरमा हैन आफ्नो नै भरमा बाँच्ने सक्ने बनौं राम्रो काम गर्ने मान्छेलाई साथ दिनुपर्छ ।
यो पार्टीगत रुपमा मेरो, अरुको भन्नेहरुको जमातमा भन्दा पनि हाम्रो भन्नेलाई साथ दिउ अव युवाहरुमा पनि ध्यान जाओस अवका दिनहरुमा कसैको दास भएर हैन मालिक भएर बस्न सक्ने हैसियत राखौं ।