Breaking News

एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड बन्द

विकल्प न्यूज/बेनी चैत ५ गते ।  कोरोनाको त्रास सँगै म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । बेनी नगरपालिका ४ सिंगा स्थित कुण्डलाई व्यवस्थापन समितिले आगमी शनिबार देखि बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले अन्य तातोपानी कुण्डहरु पनि बन्द गराउन सम्बन्धित स्थानीय तहहरुलाई बुधबार परिपत्र गर्ने जनाएको छ । धेरै ठाउँका मानिसको […]

नक्कली प्रमाणपत्र पेश गरेर शिक्षिका बनेकी बेगकी दुतकुमारी निलम्बनमा

विकल्प न्यूज/बेनी चैत ५ गते । नक्कली प्रमाणपत्र पेश गरेर शिक्षा सेवामा प्रवेश गरेको अरोपमा म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित कालिका माविमा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मुद्धा दायर गरेपछि शिक्षिका गर्बुजालाई निलम्बन गरिएको छ । एकवर्ष अघि शिक्षिका गर्बुजा शिक्षा सेवाले लिएको आन्तरिक परिक्षाबाट स्थायी […]

चितुवासँग लडेर छोरीको उद्धार

अमरराज नहर्की/ तनहुँ  चैत ५ गते । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई […]

शिक्षक छोटेलालको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा

विकल्प न्यूज/बेनी चैत ३ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङको राम्चे आधारभूत विद्यालयमा कार्यरत शिक्षक छोटेलाल ठाकुरको शैक्षिक प्रमाणपत्र नक्कली भएको खुलासा भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गेर जागिर खाएको आरोपमा विशेष अदालतमा अख्तियारले मुद्धा दायर गरेको हो । तत्कालिन समयमा उक्त विद्यालयमा कार्यरत शिक्षक ठाकुरले एकवर्ष अगाडि गोल्डेन हेन्सचेक बुझेर शिक्षण […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते । (तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने […]

भ्रम र यथार्थ चिरफार सँगै नेकपाको अभियान

राजकुमार थापा/ विकल्प न्यूज चैत ३ गते । २०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको पार्टी एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । ने.क.पा. (नेकपा) गठनको करिब २२ महिना पछाडि संगठन सुदृढीकरण र जनसम्बन्ध बिस्तारको अभियान लिएर नेकपा आम बस्तीमा पुग्दैछ । यसका लागि पार्टीले यही चैत्र १ गतेदेखि […]

तुसारेपानीका युवाहरुले बनाए गाउँमा नमुना खेलमैदान

विकल्प न्यूज/बेनी चैत ३ गते ।(तुसारेपानी) यहाँका युवाहरुको अगुवाईमा गाउँमा व्यवस्थित खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका १ तुसारेपानीका युवाहरुले चन्दा र सहयोग रकम जुटाएर गाउँमा खेलमैदान निर्माण गरेका हुन । खेलमैदान निर्माण गर्न अहिलेसम्म करिब ४५ लाख रुपैयाँ खर्च भएको छ । खेलमैदान निर्माण भएपछि गाउँमा खेलकुद गतिविधिहरु सञ्चालन गर्न सहज हुने युवाहरुले […]

मानवीयता आजको आवश्यकता

शान्ति बस्नेत/विकल्प न्यूज चैत २ गते । स्वार्थ समाज हैन स्वार्थी त मावन जातिहरु हुँदै गइरहेको छ । न कसैलाई दया, माया, स्नेह अभिव्यक्त गर्ने शैली नै ठीक छ आदार सत्कार गर्ने तरिका नै ठीक छ । नेपाल र नेपाली हामी विविध पक्षहरुमा विविधता भित्रको भिन्न स्वाभाव र स्वाभिमानीको रुपमा चिनिनन्छौ । शान्तिका अग्रदुत गौतम […]

अन्नपूर्णको खिबाङमा चट्याङ लागेर दुईको मृत्यु

विकल्प न्यूज/बेनी चैत २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङको कुटुकामा शनिबार राती चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई […]

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गरेर अभियान सुरु

विकल्प न्यूज/बेनी चैत १ गते । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी, सुशासन र लोकप्रीय सरकार’ भन्ने मुल नाराका साथ अभियानको […]

अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी फागुन ३० गते ।    म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६÷७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५ रुपैयाँ विभिन्न […]

प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज

विकल्प न्यूज/काठमाण्डौं फागुन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् । १९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण  गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन् । घर फर्किने क्रममा उनले शुभेच्छुकलाई हात हल्लाउँदै गाडीमा चढेका […]

पोखराको आकाशमा ‘हट एयर बेलुन’

जमुना वर्षा शर्मा /पोखरा फागुन २९ गते । पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो । पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट […]

चैत १ गते बाट पोखरा–बागलुङ सडक दैनिक ३ घण्टा बन्द

विकल्प न्यूज/बेनी फागुन २९ गते । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगमी चैत १ गते बाट दैनिक ३ घण्टा यातायात बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि सहज बनाउन यातायात बन्द गर्नुपरेको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा बजारको खहरे फलामखानी देखि चुवाको चाइनाचोक सम्म दैनिक तिन घण्टा सडक बन्न गर्ने निर्णय […]