मास्क नलगाई बेनीमा हिडडुल गर्ने ४५ जनालाई कारबाहि

विकल्प न्युज/ बेनी

असार २५ गते ।

बेनी बजारमा आधारभूत स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने  ४५ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम प्रहरीले नियन्त्रणमा लिएर कारबाहि गरेकाे छ ।

विहिवार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टाेलिले मास्क नलगाई हिडेका, जाेरविजाेर प्रणालिकाे नियमलाई उल्ङ्घन गरेर सवारी चलाएका र सुरक्षा मापदण्ड पलना नगरि हिडडुल गरेका ४५ जनालाई नियन्त्रणमा लिएर कारवाहि गरि छाडिएकाे प्रहरी नायव उपरीक्षक किरणजंग कुबरले जानकारि दिनुभयाे ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रणको लागि नेपाल सरकार गृहमन्त्रालयबाट लागू भएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन प्रहरीले नियमित रूपमा बजार अनुगमन गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिलो चरणमा घर-घरमा पुगेर स्वास्थ्य सुरक्षा मापदण्डको बारेमा सचेत गराउने अभियान नै संचालन गरेको थियो ।

दोस्रो चरणमा माईकिङ गरि अनिवार्य रूपमा माक्सको प्रयोग गरिदिनुहुन आधारभूत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरिदिनुहुन आम जनसमुदायलाई अनुरोध गरिएको थियाे ।तेस्रो चरणमा सोको पालना नगरी संक्रमणको जोखिमलाई बेवास्ता गर्नेलाई नियन्त्रण मा लिएर कारवाहि गर्ने थालेकाे हाे ।

विहिवार नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाईएकोमा संक्रामक रोग ऐन २०२० बमोजिम माक्स प्रयोग नगर्ने ४४ जनालाई जनही  एकसयका  दरले  ४४०० रूपैया संकलन भएको प्रहरीले जनाएको छ ।

यसै गरि सार्वजनिक सवारीमा यात्रु बोक्ने सवारीलाई एक हजार रूपैँया  गरि  ५,४०० जरिवाना गरिएको  छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने तथा माक्सको प्रयोग नगर्ने सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना सम्बन्धमा सामान्य सचेतनामुलक अभिमूखिकरण गरी प्रत्येक व्यक्तिलाई २/२ वटा माक्स समेत बितरण गरिएको थियाेे ।
आमजनसमुदायलाई समेत स्वास्थ्य सुरक्षा मापदण्ड र कोभिड-१९ सम्बन्धि अनुशासनको पालना गरिदिनुहुन जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुरोध समेत गरेको छ ।