Breaking News
पहिरोका कारण घरबारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने
विकल्प न्यूज/बेनी साउन ३० गते । तस्विर पहिरोमा परेर घरबार विहिन भएकाहरुलाई गाउँपालिकाले बनाइदिने घरको डिजाइन बाढी र पहिरोका कारण घरवारविहिन भएकालाई धबलागिरि गाउँपालिकाले घर बनाइदिने भएको छ । गत असार २६ गते परेको अविरल वर्षापछि आएको पहिरोले घर बगाएर सुकुम्वासी बनेकाहरुलाई गाउँपालिकाले घर बनाइदिने भएको हो । गाउँपालिका,प्रदेश सरकार र विभिन्न दाताहरुको सहयोगमा पहिरोका कारण […]
बेनी अस्पतालको ल्याबमा नयाँ मेशीन जडान
विकल्प न्यूज/बेनी साउन २९ गते । बेनी अस्पतालको प्रयोगशाला विभागमा नयाँ मेशिन जडान गरिएको छ । एकपटकमा एकसय भन्दा धेरै नमुनाहरु परिक्षण गर्न मिल्ने फूल्ली अटो ऐनालाइजर मेशीन जडान गरिएको हो । बुधवार देखि ल्याबमा प्रयोगमा ल्याइएको नयाँ मेशिन काठमाण्डौंको सुदिप इन्टरनेशनल प्रा.लि र ब्रदर्श सर्जिकल बागलुङका निलु शर्माले सहयोगको स्वरुप उपलब्ध गराउनुभएको अस्पताल विकास […]
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
२९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो । […]
थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि
२९ साउन, काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको नियमित प्रेस व्रिफिङमा कोरोना पुष्टी भएको जानकारी दिइएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ […]
कोरोना संक्रमितको एम्बुलेन्समै गयो ज्यान
विकल्प न्यूज/सप्तरी साउन २८ गते । सप्तरीका एक कोरोना संक्रमित बृद्धाको एम्बुलेन्समै ज्यान गएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले […]
एकमहिना पछि गलेश्वरको बेलिब्रिज सञ्चालनमा आयो (फोटो/भिडियो)
विकल्प न्यूज/बेनी साउन २७ गते । गत असार २६ गते रघुगंगा नदीमा आएको बाढीका कारण भत्किएको गलेश्वर स्थित बेलिब्रिज मंगलबार देखि सञ्चालनमा आएको छ । बेनी – जोमसोम कोरोला सडक आयोजनाले बेलिब्रिजको मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो । पुल मर्मत गर्न करिब पचास लाख रुपियाँ खर्च भएको आयोजनाले जनाएको छ । मंगलबार देखि हलुका […]
मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि
२७ साउन, काठमाडौं । मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना […]
१०६ जनाको रिपोर्ट नेगेटिभ ः म्याग्दीको समुदायमा कोराना छैन
विकल्प न्यूज/बेनी साउन २६ गते । म्याग्दीको समुदायमा कोरोना संक्रमण नभएको पाइएको छ । समुदायमा कोरोनाको पहिचान गर्न विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुबाट लिइएको नमुना स्वाव परिक्षण गर्दा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न पेशा व्यवसायमा आवद्ध र सरकारी कार्यालयमा कार्यरतहरुको साउन २३ गते नमुना परिक्षणका लागि एकसय ३ जना र क्वारेन्टाइनमा वसेका ३ […]
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
२६ साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार राति नारायणी […]
मुख्यमन्त्री गुरुङद्धारा बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेनी अस्पतालको हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारले स्थापना गरेको डायलाइसिस सेवाको आइतबार मुख्यमन्त्री गुरुङले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । सेवाको उद्घाटन गर्नुहुँदै मूख्यमन्त्री गुरुङले प्रदेशका सवै जिल्ला अस्पतालहरुको क्षमता विस्तार गरी स्मार्ट अस्पतालका रुपमा विकास गर्ने प्रदेश सरकारको […]
बेनीमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालियो (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सवारी पार्कीङलाई व्यवस्थित बनाउन थालिएको छ । अव्यवस्थित सवारीपार्कीङका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा पनि हस आएको थियो । आइतबार नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी ,प्रहरी नायब उपरिक्षक किरण जंग कुँबर, लगायतका सरोकारवालाले व्यवस्थित पार्कीङ प्रणालीको सुरुवात गरेका हुन । […]
बेनीबजार संरक्षण तटबन्धन कालीगण्डकीले भत्कायो (फोटो)
विकल्प न्यूज/बेनी साउन २४ गते । कालिगण्डकी नदीले सदरमुकाम बेनी बजार संरक्षणका लागि नदी किनारमा लगाइएको तटबन्धन भत्काउन सुरु गरेको छ । जेसिज सचिवालय भन्दा भाथि करिब १० मिटर तटबन्धन नदीले भत्काएको हो । तटबन्धन खसाले सँगै नदीले किनार कटान गर्न थालेको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य
उपत्यकामा ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए
विकल्प न्यूज/काठमाण्डौं साउन २४ गते । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस […]
म्याग्दी फेरी कोरोनायुक्त जिल्ला ः थपीए एकजना कोरोना संक्रमित
विकल्प न्यूज/बेनी साउन २४ गते । शुक्रबार साँझ देखि शनिबार विहान सम्म कोरोनामुक्त जिल्ला भनेर भनिएको म्याग्दीमा फेरी शनिबार १० बजे देखि कोरोनायुक्त जिल्ला भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप एकजनामा कोरोना पुष्टी भएको हो । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले शनिबार विहान १० बजे निकालेको विज्ञप्ती मा एकजनामा कोरोना […]
म्याग्दीमा कोरोना संक्रमितको शंख्या शून्यमा झ¥यो – आइसोलेसन खाली
विकल्प न्यूज/बेनी साउन २३ गते । बेनीको आइसोलसन कक्षमा रहेका कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटीभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा आइसोलेसन कक्षा खाली भएको छ । हालसम्म भएका ४६ वटा संक्रमित सबै निको भएर घर फर्किसकेकाले हाललाई कोरोनामुक्त जिल्ला मानिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले हाल […]