Breaking News

संघीय खानेपानी आयोजना कार्यालयको काम ः चिठी लेखेर बजेट फिर्ता पठाउने

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस ९ गते । यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीनवर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुनसकेका छैनन् । म्याग्दी,बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीनवर्ष अघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । ठूला बजेटका योजना,स्थानीय तहले दश प्रतिशत रकम सुनिश्चिततामा ढिलाई र बहुवर्षीय […]

झीं गाउँमा आयातित मदिरा निषेध!

विकल्प न्यूज\बेनी पुस ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवाहरु कुलतमा फस्ने र ठूलो धनराशी गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झिं गाउँमा आयातीत मदिरा विक्रि वितरणमा रोक लगाईएको हो । परिक्षणको रुपमा एक बर्ष अघिदेखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ […]

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनी म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै […]

जामुनाखर्क माविमा ५ लाखको ‘हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

विकल्प न्यूज/बेनी पुस ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको […]

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी, पुस ५  गते । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, […]

जलजला गाउँपालिकामा भवन निर्माण सुरु

विकल्प न्यूज/बेनी पुस ५ गते ।   बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गर्नुभयो […]

हेम माविलाई धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस ५ गते । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हेम मावि शिवाङले हात पारेको छ । शिवाङमा बुधबार साँझ सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक […]

प्रशिद्ध धार्मिक स्थल धाइरिङ भुमेथान (फोटोफिचर)

विकल्प न्यूज\बेनी पुस ३ गते । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित प्रशिद्ध धाइरिङ भुमेथानको दर्शन र पूजाआजा गरे मनोकांक्षा पुरा हुने गहिरो जनविश्वास छ । भुमेथान यस क्षेत्रकै प्रशिद्ध धार्मिक स्थल हो । धाइरिङ गाउँको सिरानमा करिब नौं पुस्ता अघि भूमेथानको स्थापना गरिएको थियो । जुम्लामा पूजा गर्ने भुमेथानलाई आचार्य परिवारले […]

रघुगंगा माविलाई चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस ३ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ शिल्ड पच गराएको […]

वैदेशिक रोजगारीमा पठाउने भन्दै ४६ लाखभन्दा बढी ठगी गर्ने पक्राउ

विकल्प न्यूज/बेनी पुस ३ गते । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ ९साविक बरङ्जा गाविस०–८ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

एक सय ९५ शिक्षक र विद्यार्थीलाई पोशाक प्रदान

बेनी,  पुस ३ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाखबराबरका पोशाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री […]

धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन

विकल्प न्यूज/बेनी पुस ३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक […]

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी पुस २ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो […]

अन्नपूर्ण गाउँपालिकाको वडास्तरमा योजना सम्झौता शिविर सुरु

ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामा पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा पालिकाबाट विनियोजन भएका योजनाहरु समयमै सम्पन्न गर्न र उपभोक्ता समितिलाई योजना सम्झौता गर्न सहज वातावरण मिलाउन वडामै पुगेर योजना सम्झौता गर्न थालिएको हो । उपभोक्ता समिति सँग योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी,प्राविधिक र बैंकका कर्मचारीहरु […]

म्याग्दीका पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

विकल्प न्युज / बेनी पुस १ गते । बेनी, म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष […]