Breaking News

२ करोड लगानीमा पर्वतमा कालिज पालन

विकल्प न्यूज/पर्वत भदौं १५ गते । पर्वतको कुस्मा नगरपालिका ८ पराधीका मनोज कुमार पौडेलको कुश्मामा हार्डवयर पसल छ । हार्डवयर पसलका साथै कृषि क्षेत्रमा लगानी गर्ने रुचि जागेपछि डेढ वर्ष अघि करिब दुइकरोड रुपियाँ लगानी गरेर कालिज पालन सुरु गर्नुभएको हो । बजारमा कालिजको मासुको माग बढ्न थालेपछि किसानहरुको रोजाईमा कालिजपालन पर्न थालेको छ । […]

काेराेनाका कारण एकैदिन १४ जनाकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी भदौ १४ गते ।  पछिल्लाे २४ घण्टामा  काेराेेेेेेनाका कारण १४ जनाकाे मृत्यु भएको छ।  याे संगै ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा चार सय २९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

एकै दिन १२२१ जनामा कोरोना संक्रमण पुष्टि

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेेस विर्फिङमा जानकारि दिईएकाे छ ।

कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु पुष्टि

१३ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ […]

एकै दिन थपिए एकहजार १११ कोरोना सङ्क्रमित

विकल्प न्यूज/बेनी भदौं ११ गते ।     स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ । थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा […]

पुल हेर्न सिक्री बेचेर सय किलोमिटरको यात्रा

११ भदौ, गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तीजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नं. ७ स्थित पर्यटकीय स्थल नर्सिङकोट […]

२४ घण्टामा ८८५ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

विकल्प न्यूज/बेनी भदौं १० गते । नेपालमा कोरोना सङ्क्रमितको ३४ हजार चार सय १८ सङ्ख्या पुगेकाे छ । गएको २४ घण्टामा आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लाे २४ घण्टामा १३ हजार दुई सय ५३ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ८५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले […]

अन्तरजिल्ला आवागमनलाई कडाई गरेमात्र म्याग्दी सुरक्षितराख्न सकिन्छ ः प्रजिअ

उमाकान्त अधिकारी/म्याग्दी भदौं १० गते । अन्तरजिल्ला आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ । अन्तरजिल्ला आवागमन बढ्दै जाने हो भने भोलीका दिनहरुमा कोरोना फैलिन सक्ने चुनौती बढेको छ । जिल्लाभित्र आर्थिक,सामाजिक र विकास गतिविधिहरु पनि सञ्चालन गर्ने र आवजावतलाई पनि रोक्ने विरोधाभाषपूर्ण निर्णयले कोरोनाको जोखिम बढेका हो । अन्तर जिल्ला आवागमनलाई अव […]

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत ११ प्रहरी सहित ३५ जनाको रिपोर्ट नेगेटिभ

विकल्प न्यूज/बेनी भदौं १० गते । भदौं १ गते पोखराबाट म्याग्दी सरुवा भएर आएका प्रहरी जवानको कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि प्रहरी कार्यालयका भित्र कन्ट्याक्ट टेसिङ का सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ११ जना प्रहरीहरुको नमुनाका रुपमा स्वाब संकलन गरिएको थियो । उनीहरुको कोरोना परिक्षण गर्दा  रिपोर्ट  नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।  […]

बेनीको कोरोना खर्च ः क्वारेन्टाइन खाना र स्वास्थ्य सामान खरिदमा २९ लाख खर्च

विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा गत असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको छ । सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना […]

पहुँच र शक्तिका भरमा म्याग्दी भित्रिनेबाट कोरोना फैलिने जोखिम

विकल्प न्यूज/बेनी भदौं ९ गते । छिमेकी जिल्ला बागलुङमा कोरोना समुदायमा फैलिसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखरासँग सीमाना जोडिएको पर्वत उच्च जोखिममा छ । प्रदेश राजधानी पोखरामा कोरोना समुदायमा भूसको आगो झै सल्कीरहेको छ । काठमाण्डौंमा कोरोनाको स्थिति भयाभह हुँदै छ । दैनिक रुपमा काठमाण्डौंका अस्पतालहरुमा कोरोना संक्रमितको ज्यान जान थालेको छ भने यसै […]

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु

विकल्प न्यूज/बेनी भदौं ९ गते । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिइएको हो । यो सँगै अहिले सम्म नेपालमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या एकसय ६४ पुगेको छ ।

मंगलबार थपिए ८५५ जना कोरोना संक्रमित

विकल्प न्यूज/बेनी भदौं ९ गते । मंगलबार थप ८ सय ५५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमति प्रेस व्रिफिङका क्रममा सो जानकारी दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म कुल संक्रमितको […]

जलजलामा नगर प्रहरीकाे लागि भर्ना खुल्याे

९ भदौ, पर्वत । जिल्लाको जलजला गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको छ । गाउँपालिका भित्रको आन्तरीक शान्ति सुरक्षा कायम गर्नका लागि गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको हो । गाउँपालिकाले करार सेवामा राख्ने गरी हालका लागि ३ जना नगर प्रहरीको भर्ना आब्हान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार […]

पोखरामा एक पत्रकार काेराेना संक्रमित

पोखरा,९ भदौ । पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । । लेखनाथस्थित एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष सञ्चारकर्मी कोरोना संक्रमित भएका हुन् । राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर स्वास्थ्य महाशाखाले […]