विकल्प न्यूज/बेनी
पुस १७ गते ।
म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको कोरोना परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
पुस १२ र १३ गते संकास्पद विरामीहरुको नमुना संकलन गरी पिसिआरका परिक्षणका लागि पोखरा पठाइएकोमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा – ३ बस्ने वर्ष ३६ का पुरूष १ जना, बेनपा– ५ का वर्ष २८ को महिला १ जना, बेनपा–७ का बेनी वर्ष ४३ का पुरूष १ जना, बेनपा– ८ का वर्ष ३८ का पुरूष १ जना गरि जम्मा ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
।
थपिएका सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९६ पुगेको छ । हाल सम्म जम्मा २३२९वटा नमुना संकलन गरी पठाएकोमा २३२९ वटा कै रिपोर्ट प्राप्त भएको कार्यालयले जनाएको छ ।