शान्ति बस्नेत / विकल्प न्यूज
पुस १९ गते ।
हुँदैन विहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई– चार सपूत मरेर नगए माथिका हरफ कवि भूपि शेरचनको शहिदहरुको सम्झनामा कविताबाट साभार गरे । तर उहाँले भन्नु भएको हरेक हरफहरुमा आजका दिनहरुमा पनि प्रत्येक अक्षरहरु बोलि रहेकाछन र अक्षरहरुले झल्यास (झल्यास बिउझ्याइ रहेकाछन ।
पञ्जायत कालखण्ड देखि आज लोकतान्त्रिक गणतन्त्रको देश बन्न र बनाउनका निम्ति अनगिन्ति शहिदहरुले आफ्नो ज्यानलाई नै बाजी राखेर आज हामीले सत्ताको जुवारी खेल्ने अखडासम्म निर्माण गर्ने बाटो बनाइदिएको कुरा यथार्थ हो । राजनीतिक होस या सामाजिक,आर्थिक विभिन्न परिवर्तनको खातीर आखिर ति शहिदहरुप्रति नै जान्छ । उहाँहरुको जीवनदानले आज हाम्रो देशमा लोकतन्त्रको स्थापना भएको छ । तर बिडम्वना भनौं या लोकतान्त्रका खोल ओढेर लुटतन्त्रमा पोख्त मान्छेलाई नै हामी सबै जनताले नै चुनावमा भोट दिएर बहुमतको सरकार बनाएर केन्द्रमा प¥याउन लिस्नो बनाइदियौं ।
आज आएर धिक्कार लागि रहेको छ त्यो चुनावका समयमा घोषणा पत्रको पर्चा बेलाबेला पल्टाएर हेर्ने गर्नु अनि मन भक्कानीएर आउँछ, नेपालीमा उख्खान छ नि बादरलाई लिस्नो लगाउनु भन्छन नि हो त्यस्तै पो काम गरिएछ भनेर आज प्रतिनिधिसभा विघटन गरिदा देशलाई अझ अस्थिरता तिर घचेट्दै र समाजमा विभिन्न खालका आपाराधिक घटना साथै राजनीतिक तवरबाट समाजमा विगतका कुराहरुलाई स्मरण गर्दा खेरि अर्थात माओवादीले पहिला गरेको विभिन्न किसिमका आवश्यक अनावश्यक घटना परिघटनाहरु अझै पनि हरेक नेपालीहरुको मनमस्तिष्कमा आलै छ, किनकि ति पल्लाघरे हजुरवाको छातीमा त्यो द्धन्द्धको समयमा सरकार पक्षका कामले गर्दा किन गरिस भनेर घरमा नै विद्रोही पक्षले विभिन्न औजार प्रयोग गर्दै शरीरको विभिन्न भागमा प्रहार गरेका ति संगीनहरुले अझै पनि चस्कचस्क दुखी रहेको छ घाउ बाहिरीबाट त निको भयो तर भित्रीबाट निको भएको छैन।
आज मानव शरीरमा मात्रै घाउ लागेको छैन मेरी आमा मेरो देशलाई छातीमा प्रहार गरिएको छ आज संसद भवन भित्र छिरिरहदा र प्रधान्मन्त्रीको हैसियत पाउदा त्यस्ता घटनाहरुलाई कल्पना गर्न नै छोडनु भयो होला तर देश रोइ रहेको छ प्रधानमन्त्रीज्यू, आज तीन तहको सरकार आयो तर खैत जनताका पीर व्याथा सुन्ने कोहि नि भएनन् आखामा अनायासै बलिन्द्र आशुका धारा बगेका छन । यत्रो संसार नै हल्लाउने कोभिड–१९ आयो तर सरकार आफैमा सत्ताको लुछाचुडिमा हरायो सत्ताको लुछाचुडि खेल्यो कति प्रधान्मन्त्रीज्यूले अव भोगभोकै कोही मन् पर्दैन भनेर विभिन्न भाषणहरुमा आफ्नो अभिव्यक्त राख्नु भयो तर सरकारले त्यो जनतालाई समस्या परेको बेला सरकारले केहि पनि गर्न सकेन ।
त्यस्तो पर्दा जनताले आलोचना नगरी स्यावासी त दिन सकिदैन नि त । सरकार रहरले हैन बाध्यताले नै सरकारलाई आलोचना गरेको हो राम्रो काम गर्नु भनेर जनताले त भोट दिएर सरकारमा पठाएको नै थियो नि । अर्कोति महिला राष्ट्रपति भएको देशमा महिलाहरु कोहि पनि असुरक्षित हुनु पर्दैन भनेर सख्खर जस्ता गुलियो भाषण गर्नु भयो तर बिड्म्वना भनौं या कुनै शव्द नै छैनन् अहिले यति धेरै महिला हिंसाहरु बढेका छन नि हरेक दिनप्रतिदिन हरेक तवरबाट महिलाहरु हिंसामा परि नै रहेकाछन् ।
अहिलेसम्म निर्मला जस्ता कैयौं चेलिहरुले यो राज्यबाट पाउनु पर्ने न्याय पाउन सकेको छैन एउटा न्यायालय जस्तो पवित्र स्थान नै राजनीतिको आखाँले हेर्न थालेपछि न्याया पनि आफै नै मर्दो रहेछ र न्यायामा पनि अन्याय हुँदो रहेछ । यस्तै छ हामारो देशमा कहि नभाको जात्रा हाडि गाँउमा भने जस्तो भएको छ आज सदनमा देश बनाउन पठाएका एक हुल मानिसहरु सडकमा लम्पसार छन् उख्खान छ नि बोकाको मुखमा कुविन्डो हो त्यस्तै भएको छ आज एकातिर काम अर्कोतिर कुरो भएको छ ।
आखिर आफ्नो घर मिलाउन नसक्नेले देश बनाउछु भनेर किन ठूलाठूला भाषण गर्नु हो । आखिर यो सबै पदको खोल त होनी अहिलेसम्म त जनतालाई झुक्कएर तयो स्थान हासिल भयो अव त पटक पटक जनताहरु झुक्किने छैनन् जनतलाई के कर तिराउन र भोट दिन लगाउन मात्रै नेताको काम हो र साउनमा आखाँ फुटेको गोरुले १२ नै महिना हरियो देख्छ भनेझै सधै एकहुन भेला हुने चुनाव गराउनु पर्छ भन्दै नाराबाजी गरेर सदनबाट पन्छिएर सडकमा ओर्लिन मिल्छ ?
भो यस्तो राजनीतिक नाटक सधै चलदैन सधै पुरानापात मात्रै रहदैन युवा पुस्ताका मान्छेहरुले नि समयमा नै सोंचौं खाली एउटा पार्टीको झण्डा बोकेर देशको परिवर्तन आउदैन देश र जनताको हितको निम्ति आवाज उठाउ यो सबै सत्ताको खेल मात्रै हो यति बुझौं हामी त सचेत नागरिक हौं सधै जस्ले जे भन्छ त्यसको पछी नलागौं आफ्नों छातिमा हात राखेर एकछिन सोचौंत देश नरहे हामी कहाँ रहौंला र कठै मेरो देश मेरी आमा ।
एउटा कुराको याद राखौं त्यो माईतीघर मण्डलामा कति किसानका,विभिन्न वर्ग समुदायका आशुको धारा बगे होलान त्यसमा के राज्य पक्षले आवाजमा आवाज दिएको छ बरु नागरिक अर्थात त्यहा पीडक पक्षलाई साथ दिन जादा सरकारले पुलिस प्रशासनलाई लगाएर आन्दोलनलाई नै भताभुङ्ग बनाउने कार्य गरि आधारभूत आवश्यकताको मागलाई बेवास्ता गरेको छ ।
कृषि प्रदान देशमा हरेक वर्ष किसार आएर सरकाको गोडा ढोक्नु परेको छ, कारण आफैले उव्जाएको खेतिको मूल्य नपाएर अनि हामी चाहि एउटा पार्टीले आयोजना गरेको सरकारले सरकार पक्षको नै विरोध सभामा चाहि भ्याईनभ्याई सहभागिता जनाउन सक्छौं एउटा किसानले मेरो मूल्य पाउनु पर्यो भनेर आन्दोलन गर्यो भने हामी चेतनशील जनताले नै विरोध गर्ने गरेका छौं नेता मात्रै हैन हामी जनताहरु पनि राम्रोलाई साथ र नराम्रोलाई नराम्रो नै हो भन्न सक्ने हुनुपर्छ नत्र यस्तै हो सरकारले सरकारलाई आवश्यक पर्दा मात्रै जनताको साथ खोज्छ, जय देश।