नक्कली राजा बन्ने सपना नदेख्न ओलीलाई नेकपा नेताहरुको चेतावनी

विकल्प न्यूज/ बेनी
पुस १४ गते ।

 नेकपा (प्रचण्ड – माधव) समुहले बेनीमा गरेको विरोध प्रदर्शनपछिको कोणसभामा नक्कली राजारानी बन्ने सपना देखेर मुलुकमा अस्थिरता पैदा गर्न थालेको बताएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले नक्कली राजारानी बन्ने सपना देख्न थालेको नेकपा नेताहरुले आरोप लाउनुभयो ।

कोणसभामा बोल्ने वक्ताहरुले जनताको प्रतिनिधिमुलक संस्थाको हत्या गरेर देशलाई अराकतातिर लैजान खोजिएको नेताहरुको भनाई थियो ।

संविधानको पालना गराउने संस्थाले नै संविधानलाई बलत्कार गरेर नक्कली राजारानी बन्ने सपना देखेको नेकपा नेताहरुले आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र गणतन्त्रलाई धरापमा पार्न खोजेकाले यसको शसक्त प्रतिरोध गर्नुपर्ने उनीहरुले उदघोष गरेका थिए ।
नेकपाका केन्द्रिय सदस्य आशा कोइरालाले केपी शर्मा ओलीले गैरसंबैधानिक कदम चालेर जनप्रतिनिधि संस्थाको हत्या गरेको बताउनुभयो ।
केपी शर्मा ओलीमा सर्वसत्ताबाद चेत पैदा भएको घमण्डी,स्वच्छाचारी प्रवित्तिका कारण संसद विघटन भएको उहाँले बताउनुभयो ।

 

जनताले बनाएको संसदलाई विघटन गरेर जनताको मतको अपमान गरेको उहाँले बताउनुभयो । केपी ओलीले जनमतलाई कुल्चीने काम गर्नुभएको छ । ओलीको कदम प्रतिगामी कदम तर्फ अगाडि बढेकाले सडक संघर्ष गर्नुपरेको उहाँको भनाई थियो । संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेर संविधानको हत्या गरेको उहाँले बताउनुभयो ।

नेकपाका गण्डकी प्रदेश कमिटिका सदस्य तथा गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले ओलीको कदमका विरुद्ध सडक आन्दोलनमा जानुपर्ने बाध्यता आएको बताउनुभयो । विकास र समृद्धिका लागि जनताले दिएको मतको अपमान गरेर ओलीले संसद विघटन गरेको बताउनुभयो ।

नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने बताउनुभयो ।

नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका उहाँले विवेकलाई बन्धक राखेर गलत कार्यहरुलाई पनि प्रसय दिने प्रवृत्तिको कारण राजनीतिमा धुमिलपन आउन थालेको बताउँदै सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले केपी शर्मा ओलीले भारतीय र का एजेण्टको निर्देशनमा गरेको गलत कार्यलाई मुलुकको अभिभावकीय भुमिकामा रहनुपर्ने राष्ट्रपतिबाट समेत क्षणभरमै सदर गर्ने कार्यले राष्ट्रपतिको भूमिकामाथि नै प्रश्न उठेको बताउनुभयो ।
नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका उहाँले विवेकलाई बन्धक राखेर गलत कार्यहरुलाई पनि प्रसय दिने प्रवृत्तिको कारण राजनीतिमा धुमिलपन आउन थालेको बताउँदै सत्ताको भन्दा सत्यको पक्षमा उभिनुपर्ने बिचार व्यक्त गर्नुभयो । जिल्लामा केही पूर्व सहकर्मीहरुप्रति लक्षित गर्दै नेता सुवेदीले आज सत्ताको पछि लागेर केही साथीहरुले विचारलाई मार्ने काम गरेको बताउनुभयो ।

उहाँले जिल्लामा नेकपाका नेताहरुलाई तटष्थ रहेकाहरुलाई लक्षित गर्दै भन्नुभयो ‘आज तपाईहरु तटष्थ हुनुहुन्छ, तपाईको भुमिकालाई सम्मान गर्छौ, तर असंवैधानिक कदमको विरोध गर्नुहोस, सत्यको पक्षमा उभिनुहोस’’ । पार्टीको बहुमत केन्द्रिय कमिटीका सदस्यहरु रहेको पक्षलाई नै निर्वाचन आयोगले आधिकारिकता दिने र त्यसो हुन नसके मुलुकमा संविधान, विधि र कानुनी राज्यको अस्तित्व नै समाप्त हुने भएकाले सम्बन्धित निकायले न्यायोचित निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा बागलुङका युवा हिरा केसीले राष्ट्रपति र प्रधानमन्त्रीमा राजारानी बन्ने सपना पलाएकाले केपी ओलीबाट यो गैरसंबैधानिक कदम चालिएको बताउनुभयो । जनताको बलबाट गद्दारहरुलाई ठिक ठेगान लगाउने नेता केसीले उदघोष गर्नुभयो । केपी ओली पक्षले केन्द्रिय सदस्य बनाएको अस्विकार गरेका केसीले जनमतको अपमान गरेकाले ओलीले दिएको पद अस्विकार गरेर आन्दोलनमा हिडेको बताउनुभयो ।

नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका नेता जुग्जालीले संसदलाई असंवैधानिक तवरले विघटन गर्ने ओलीको कदमले संघिय गणतन्त्र र संविधानमाथि नै हमला गरेको बताउनुभयो ।

कोणसभामा प्रदेश कमिटिको सदस्य मुना बानियाँको पनि उपस्थिति रहेको थियो । प्रतिगामी कदमको विरोधका नारा लाउँदै विरेन्द्रचोकबाट निस्केको विरोध प्रदर्शन बजार परिक्रममा गरेर कोणसभामा परिणत भएको थियो । सचिवालय सदस्य कृष्णकुमार विश्वकमाको सञ्चालन र पार्टी अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा कोणसभा सम्पन्न भएको थियो ।