Breaking News

बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित पुरूषकाे निधन

विकल्प न्युज/बेनी बैैशाख २९ गते ।  बेनी अस्पतालमा उपचारत काेराेना संक्रमित एक पुरूषकाे बुधवार दिउसाे निधन भएको छ । उनकाे बुधवार विहान एन्टिजन पाेजेटिभ अाएकाे थियाे । बेनी नगरपालिका  ५ का ४१  वर्षिय  ती पुरूषलाई   स्वासप्रस्वासमा समस्या भएपछि  मंगलबार राति उपचारका लागि  अस्पतालमा ल्याईएकाे थियाे । हाईफ्लाे अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ नै नियुक्त

विकल्प न्यूज/पोखरा बैशाख २९गते ।  गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि विपक्षी गठबन्धन तर्फ बहुमत नपुगेपछि पुन पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा […]

म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी बैशाख २९गते । म्याग्दीमा बुधबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणका लागि जिल्लाबाट पाठइएका स्वावको पोखरामा गरिएको परिक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । समुदाय स्तरमा कोरोना फैलिएपछि स्थानीय तहहरुले पिसिआर परिक्षणका लागि टोलटोलमा पुगेर स्वाव संकलन गरेका छन् । गण्डकी प्रदेशको […]

नयाँ सरकार बनाउन विपक्षी गठबन्धनले बुझाए बहुमत दावीसहितको पत्र

विकल्प न्यूज/बेनी बैशाख २९गते ।  गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि […]

काेराेना संक्रमणबाट एकै दिन तीन जना म्याग्देलीकाे ज्यान गयाे

विकल्प न्युज/ बेनी वैशाख २८ गते ।  काेराेना संक्रमणका कारण मंगलबार तिनजनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिन यता संक्रमितकाे मृत्यु हुन थालेकाे छ । मंगलबार विहान बेनी अस्पतालमा उपचारत बेनी नगरपालिका ८ बस्ने काेराेना संक्रमित  एक पुरूषकाे मृत्यु भएकाे थियाे ।भेन्टिलेटरकाे अभावमा ती पुरूषकाे मृत्यु भएकाे हाे । यसै गरि पाेखरामा उपचारत दुईजना […]

अध्यक्ष भण्डारीद्धारा निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान (भिडियोसहित)

विकल्प न्यूज/बेनी बैशाख २८ गते ।  रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी गाडी एम्बुलेन्स बनाउन गाउँपालिकालाई प्रदान गर्नुभएको छ । पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज तरिकाले अस्पताल सम्म पु¥याउन भण्डारीले निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न पालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको स्कारपिओ जिपको चावी मंगलबार पालिकाका प्रमुख प्रशासकीय […]

गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

विकल्प न्युज/ बेनी बैशाख २८ गते । पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचारका क्रममा ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।  उनका अनुसार पछिल्लो २४ घण्टामा पोखराको विभिन्न अस्पतालहरुमा उपचाररत १० जना र होम आइसोलेसनमा १ जनासहित ११ जना संक्रमितको […]

बेनी अस्पतालमा उपचारत काेराेना संक्रमितकाे मृत्यु

विकल्प न्युज/ बेनी बैशाख २८ गते ।  म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । बेनी नगरपालिका ८ बस्ने अन्दाजी ५५ वर्षिय  पुरूषकाे मंगलबार विहान अस्पतालमा मृत्यु भएकाे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयाे । १९ गते काेराेना पाेजेटिभ भएका उनि हाेम अाईशाेलेसनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या भएपछि […]

म्याग्दीमा संक्रिय संक्रमित २२८ पुगे,१० काे मृत्यु

विकल्प न्युज/ बेनी वैशाख २७ गते । म्याग्दीमा संक्रिय संक्रमितकाे संख्या २२८ पुगेकाे छ । काेराेनाकाे दाेस्राे लहर संगै काेराेना संक्रमणकाे जाेखिम बढेकाे छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म १० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन । अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेकाे छ भने २९९ जनाले काेराेना जितेका छन । समुदायस्तरमा काेराेना […]

कोरोना रोकथाम र व्यवस्थापनमा जुट्यो बेनी ः भिडियो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । बेनी नगरपालिका कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी रुपमा जुटेको छ । कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि रोकथाम र व्यवस्थापनमा नगरपालिका जुटेको हो । बेनी नगरले अक्सिजन सहितको २० बेड क्षमताको बेनी अस्पतालमा कोभिड अस्पताल,२० बेडको क्वारेन्टाइन निर्माण गर्न लागेको छ । यसका साथै समुदाय स्तरमा पुगेको पिसिआर परिक्षणका लागि स्वाव […]

म्याग्दीमा थप १८ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी बैशाख २७ गते । म्याग्दीमा साेमबार  थप १८ जनामा काेराेना पुष्टि भएकाे छ । २३ गते २३ जनाकाे स्वाव संकलन गरि परिक्षणका लागि पठाएको मा साे संख्यामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयाे । उहाँ का अनुसार बेनी नगरपालिकामा १० जना,रघुगंगामा २,मंगलामा २,मालिका १,अन्नपूर्ण १ […]

जलजलामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी बैशाख २७ गते । पर्वतको जलजला गाउँपालिकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिकामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञाप्ती अनुसार वडा नम्बर ३ का १३ महिना र १४ पुरुष,४ का ३ महिला र १ पुरुष र ७ का […]

म्याग्दीमा फेरी अर्को एकजना कोरोना संक्रमितको ज्यान गयो

विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बेनी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँको आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञाप्त प्रकाशित गरी जानकारी दिएको छ । स्वास्प्रश्वासमा समस्या […]

कोरोना रोकथामका लागि मालिकामा सोमबार देखि निषेधाज्ञा

विकल्प न्यूज/बेनी बैशाख २७ गते ।  जिल्लाको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार राती १२ बजे देखि लकडाउन गरेको छ । समुदायमा कोरोना संक्रमण फैलिएको र कोरोनाको चेन ब्रेक गर्न जेठ ६ गते सम्म लकडाउन गर्ने भएको हो । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी निषधाज्ञा लगाउने निष्कर्षमा पुगेको हो । कोरोना संक्रमण दर बढ्दै […]

म्याग्दीमा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु

विकल्प न्युज/ बेनी बैशाख २६ गते । म्याग्दी मा काेराेना संक्रमणका कारण थप एकजनाकाे मृत्यु भएकाे छ । मालिका गाउँ पालिका ५ का ५८ वर्षिय पुरूषकाे पाेखरा स्थित मणिपाल शिक्षण अस्पतालमा २४ गते बेलुका मृत्यु भएकाे हाे । मृतक पुरूषकाे १८ गते काेराेना पुष्टि भएकाे थियाे ।