ताजा समाचार:
Search

Breaking News

म्याग्दीको दुर्गम नेरबाङबाट गर्भवतीको हेलिकप्टरबाट उद्धार

विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिका ४ नेरबाङबाट एक गर्भवतीको आइतबार उद्धार गरिएको छ । शनिबार देखि प्रसूति ब्यथाले थलिएकी नेरबाङकी मेनु छन्त्यालको हेलिकप्टरबाट उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारको समाजिका विकास मन्त्री नरदेवी पुनको अगुवाईमा हेलिकप्टरबाट आइतबार विहान उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा पु¥याइएको हो ।  […]

म्याग्दी जेसीजको २२ औँ पदस्थापना

विकल्प न्यूज\बेनी माघ १७ गते । म्याग्दी जेसीजको वर्ष सन २०२१ को लागि निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित विरेन्द्र श्रेष्ठ सहितको पदाधिकारीहरुले शनिवार बेनीमा २२ औँ पदस्थापना कार्यक्रम मार्फत पदभार ग्रहण गरेका हुन् । कार्यसमितिको वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सन्दिप खत्री, कार्यकारी उपाध्यक्षमा सुमन बानियाँ, विष्मा श्रेष्ठ, […]

संविधान विपरित अदालतको फैसला आए, जनता बाध्य भएर सडकमा आउँछन्ः काँग्रेस नेता खाँड

विकल्प न्यूज/बेनी माघ १७ गते । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले नेपालीको पसिना र जनताले रगत बगाएर बनाएको संविधान विपरित संसद विघटनको मुद्धामा सर्वोच्च अदालतको फैसला आए जनताले अस्वीकार गर्ने बताउनुभएको छ । विगठित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता खाँडलले जनमतमाथि अपमान हुने गरी संसद विघटन मुद्दामा अदालतले […]

मोडलिङ क्षेत्रमा उदाउँदै छिन देविस्थानकी पविता

विकल्प न्यूज/बेनी माघ १६ गते ।   सानै देखि नृत्यमा रुची राख्ने मालिका गाउँपालिका देविस्थानकी पविता पुन भर्खर कलाकारिता क्षेत्रमा पाइला सार्दै छिन् । नृत्यमा शिखर चढ्दै गरेकी पवितालाई आजकल भ्याइनभ्याई छ । सानो छँदा स्कुल र गाउँघरमा नृत्य प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुने गरेकी थिएँ, पविताले भनिन् ‘कलाकारिता क्षेत्रमा भविष्य देखेकी छु । अवसर […]

पत्रकार महासंघ म्याग्दीको साधारणसभामा पत्रकारले पोखे अतिथि सँग गुनासा नै गुनासा

विकल्प न्यूज/बेनी १६ माघ ।  पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभामा म्याग्दीका पत्रकारहरुले अतिथिसँग गुनासा नै गुनासा पोखेका छन् । जिल्लाका सञ्चारमाध्यमका समस्या र पत्रकारहरुका पीडा अथिति सँग पोखेका हुन । कोरोना भाइरसका कारण सञ्चारमाध्यमहरु संकटमा परेको र सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे ।  गण्डकी प्रदेश सरकारले पत्रकारको क्षमता विकास र सञ्चारमाध्यमको प्रवद्र्धनका लागि ध्यान […]

काेभिड विरूद्दकाे खाेप लगाएपछि स्वास्थ्यकर्मी खुुसी

विकल्प न्युज/ बेनी माघ १४ गते । कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ । बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । काेराेना खाेप लगाएपछि स्वास्थ्यकर्मी ढुक्क देखिएका छन । पहिलाे चरणमा काेभिड विरद्द जुटेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई लगाईएकाे छ । कार्यक्रममा जिल्ला […]

म्याग्दीमा आइपुग्यो कोभिड विरुद्धको खोप

विकल्प / बेनी मंसिर १२ गते । कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप बेनी अस्पतालमा आइपुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा ल्याइएको ९४ भायल खोप प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका कोल्ड चेन निरिक्षक हिमलाल सुबेदीले प्रजिअ उमाकान्त अधिाकारीलाई हस्तान्तरण गरेका छन् । म्याग्दीमा कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला […]

गण्डकी प्रदेशका १७ हजार ३९६ जनालाई कोरोना खोप लगाईने

पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य […]

नागरिक एपमा डेटा निःशुल्क गरिँदै

माघ १२, २०७७ काठमाडौँ — सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारको तयारी छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्ने गरी आन्तरिक छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । […]

कोरोना खोप लगाउने तयारी

काठमाडौँ, माघ ११ गते । नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि […]

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण

काठमाडौँ, माघ ११ गते । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख […]

कालिगण्डकी करिडोरको बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

बागलुङ, माघ १० गते ।  छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ । यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ–गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ । बागलुङ […]

मिलनचोक-डम्मरा लाइन शनिबार चार्ज हुँदै

विकल्प न्यूज /बेनी माघ ९ गते ।  नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले म्याग्दीस्थित मिलनचोक–डम्मरा ११ केभी हाइटेसन वितरण लाइन चार्ज गर्ने भएको छ । केन्द्रले बेनी बजार क्षेत्रमा विद्युत वितरण गर्न निर्माण गरेकाे लाइन शनिबार (माघ १० गते) देखि लाेड दिएर चार्ज गर्न लागेको हो । पर्वतको जलजला गाउँपालिका स्थित ३३/११ केभी मिलनचोक सबस्टेसनदेखि लामाखेत, अथुङ्गे, […]

म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज/बेनी माघ ९ गते । म्याग्दीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अन्नपूर्ण गाउँपालिकाका २ का ५६ वर्षीय १ पुरुष र बेनी नगरपालिका २ का ७५ वर्षीय पुरुष र ८ का ६० र ६१ वर्षीय २ पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

यसरी हुदैछ क्याम्पस चाेकमा भेलबाढीको व्यवस्थापन

विकल्प न्यूज/बेनी माघ ७ गते । हरेक बर्षायाममा भेलबाढीको त्रास खेप्दै आएका सदरमुकाम बेनी स्थित क्याम्पसचोक क्षेत्रका स्थानीयको समस्या समाधानको लागि दिगो ढल निकासको पूर्वाधार बनाउने बाटो खुलेको छ । अर्थुङ्गे देखि क्याम्पसचोक हुँदै आउने बाढीलाई निकास दिन बेनी नगरपालिकाले निजी घरजग्गा अधिग्रहण गरि ढल निकासको अल्झन हटाउन लागेको हो । भेलबाढी र ढलको दिगो […]