बेनी नगरपालिका

अख्तियारको छानविनमा खेलकुद विकास समिति म्याग्दी

साधन राम्जाली /विकल्प न्यूज म्याग्दी,शुक्रबार भदौ ६ गते । अख्तियार दुरुपयोग अनुशन्धान आयोगको छानविनमा खेलकुद विकास समिति परको छ । खेलकुद विकास समितिमा आर्थिक अनियमितता भएका भन्दै अख्तियारमा बेनामी उजुरी परेपछि आयोगले छानविन थालेको हो । खेलकुद विकास समितिले सामान खरिदमा आर्थिक हिनामिना गरेको र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयव्यय सार्वजनिक नगरेको भन्दै बेनामी उजुरी परेकाले […]

आउँ पखलाको संक्रमण,सतर्कता अपनाउन अनुरोध(भिडियो सहित )

विकल्प न्युज म्याग्दी ,भदौ ६ गते । म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर […]

बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी भदौं ५ गते । बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् । कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले […]

सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)

साधन राम्जाली/ विकल्प न्युज म्याग्दी,भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै […]

मोना बेल्जियमद्धारा शान्ति कोषलाई १३ लाख बढी सहयोग (भिडियो सहित )

विकल्प न्युज बेनी , भदौ ३ गते । म्याग्दी प्रवासी नेपाली संघ बेल्जियमले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको गरिव विपन्न विरामी उपचार अक्षय कोषलाई आर्थि सहयोग गरेको छ । मोना बेल्जियमको नेतृत्वमा संकलित १३ लाख २२ हजार २०९ रुपैया सहयोग मंगलबार सदरमुकाम बेनीमा शान्ति कोषलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ […]

बेनपा ३ भकिम्लीमा हरेलो मेला सुरु

दिपक मंगोल /विकल्प न्युज  बेनी , साउन ३२ गते, म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो । शनिबारदेखी संचालन भएको मेलाको उद्घाटन वडा अध्यक्ष पदम […]

राजनीतिक हस्तक्षेप भएपछि युवा सञ्जाल विवादमा

विकल्प न्युज म्याग्दी , साउन ३२ गते । युवा सञ्जाल म्याग्दी प्रथम अधिवेशन संगै विवादमा तानिएको छ । शनिवार बेनीमा सम्पन्न प्रथम अधिवेशनमा नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप भएपछि विवादमा तानिएको हो ।पछिल्लो समय बालबिवाह न्युनिकरण,युवाहरुलाई सचेतनामुलक कार्यक्रम ,रक्तदान, सरसफाई लगायतको रचनात्मक कार्य गर्दै आएको युवा सञ्जाल शनिवारको अधिवेशन पछि क्रियाशिल युवाहरु असन्तुष्ट बनेका छन् । […]

बेनपा २ का वडाअध्यक्ष माथि भएको दुव्र्यवहारको वडा कमिटीद्धारा खेदप्रकट

विकल्प न्यूज/बेनी साउन ३१ गते । नेपाल कम्युनिष्ट(नेकपा)  पार्टी बेनी नगरपालिका २ नम्बर वडा कमिटी ज्यामरुककोटले विहिवार विहान वडा अध्यक्ष हिरा बहादुर थापा प्रति भएको अपमानजनक व्यवहारको खेद प्रकट गरेको छ । वडा कमिटीका अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष थापामाथि विप्लव समुहका कार्यकर्ताले वडा कार्यालयमा जनताको काम गरिरहेका समयमा आक्रमण गर्नु अपमानजनक कार्य भएको बताउनुभयो । जनताद्धारा […]

दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन ३१ गते ।        सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा […]

वडाअध्यक्ष थापाप्रति गरिएको अमानविय व्यवहारको घोर भ्रत्र्सना

विकल्प न्यूज/बेनी साउन ३० गते । सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) को अराजनीतिक गतिविधिको घोर निन्दा एवम् भ्रत्र्सना गरिएको छ । विहिवार बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई अराजनीतिक व्यक्तिहरुले नियन्त्रणलाई लिई दुव्र्यवहार गरेको प्रति नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर निन्दा एवम् भ्रत्र्सना गरेको हो । जनताको मतद्धारा निर्वाचित भएर जनताको सेवामा खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय […]

नेकपा (विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरी कारागार चलान (भिडियो सहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।  सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरीलाई कारागार चलान गरिएको छ । उनीहरु विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।   बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेकको बहश पछि धरौटी वापतको रकम भुक्तानी गर्न अस्विकार […]

भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण (भिडियोसहित)

विकल्प न्यूज/बेनी साउन २९ गते ।    बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ । भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्टेट ढलान सहितको […]

म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन । स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक […]

जगन्नाथमा रथ यात्रा (फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर(धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो । रथयात्रामा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए । सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा […]

क्रेडिट एण्ड कमर्स बैंक लि.द्धारा खातावालालाई औषधि उपचार खर्च भूक्तानी

विकल्प न्यूज/बेनी साउन २६ गते । नेपाल क्रेडिट एण्ड कमर्स बैंक  लि. NCC BANK बेनी शाखाले बैंकमा बचत खाता खोली कारोवार गर्ने बचतकर्तालाई विरामी भएवापत दशहजार रुपैयाँ औषधि उपचार खर्च भुक्तनी गरेको छ । बैकका शाखा प्रबन्धक लक्ष्मण शर्माले खाता खोली कारोबार गर्नुभएका बेनी नगरपालिका २ निवासी भिमबहादुर रिजाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । […]