ताजा समाचार:
Search

बेनी नगरपालिका

कोटखोलामा आएको वाढीले बगरफाँटका दुइघर बगायो

विकल्प न्यूज/बेनी असोज ५ गते । शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा क्षति पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । खोलाले धार परिबर्तन गरि वस्ती […]

बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा

विकल्प न्युज म्याग्दी,असोज २ गते । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा नगरपालिकास्तरीय कार्यक्रमको बारेमा स्वास्थ्य संयोजक लिला गौतमले सहजीकरण गरेकी थिइन् […]

अक्षर चिन्दै आमाहरु

साधन राम्जाली /विकल्प न्यूज असोज १ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी राधीका आचार्यको उमेर ६० बर्ष भयो । उमेरले ६ दशक भएपनि उहाँ नियमित विद्यालय जानहुन्छ । शिक्षकले दिएको गृहकार्य उहाँ नियमित रुपमा गर्नुपर्छ । विहान घरयासी र भान्छाको काम सकेर साढेँ १० बजे विद्यालय जाने हतारो राधीकालाई छ । विहान– बेलुकी […]

दिदीबहिनी सहकारीको आठौं साधारणसभा

विकल्प न्युज बेनी , भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाचौरकी निशा सुवेदी र भीरमुनीका डेकनाथ शर्मालाई […]

रत्नेचौरमा पितृ महोत्सव

विकल्प न्युज रत्नेचौर, भदौ २७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधाका लागि आयोजित महोत्सव सोह् श्राद्ध तिथी अवधिभर चल्नेछ । महोत्सवको प्रतिनिधिसभा […]

स्काभेटरमा आगजनी गर्नेको पहिचान गरी कारवाही गर्न उवासंघद्धारा माग

विकल्प न्यूज/बेनी भदौं २७ गते ।  निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले विहिवार राती जिसी क्रसरमा राखिएका स्काभेटरहरुमा आगजनी गर्नेहरुको पहिचान गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । उवा संघद्धारा शुक्रबार प्रकाशित विज्ञाप्ती मार्फत आगजनी गर्ने समुहको तत्काल खोजी गरि कानुन अनुसार कारवाहीको गरिएको हो । साथै विज्ञप्तीमा उद्योगी व्यवसायीलाई भरपर्दो सुरक्षा […]

मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल

विकल्प न्युज म्याग्दी, भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवारले उपचारमा सहयोग गर्न अपिल गरेका हुन् । वैदेशिक रोजगारीबाट […]

स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण

विकल्प न्युज बेनी, भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ । संस्थाका अध्यक्ष दिपक पौडेलको नेतृत्वमा […]

अज्ञात समूहद्वारा तीन ओटा स्काभेटरमा आगजनी

भदौ २६, २०७६ म्याग्दी :  फाईल तस्विर म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा राखिएका ३ ओटा स्काभेटरमा अज्ञात समूहले बुधवार राति आगो लगाइदिएको छ। निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्टक्सनका तीनओटा जेसिभिमा अज्ञात समूहले आगो लगाइदिएको हो। बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका स्काभेटरमा बुधबार राति आगो लगाइदिएको बिएन कन्टक्सनका […]

अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील

विकल्प न्यूज/बेनी भदौं २५ गते । एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ । सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा […]

बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग

साधन राम्जाली /विकल्प न्यूज भदौं २५ गते ।  बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो । संघीय सरकारबाट विद्यालय क्षेत्र विकास […]

शान्तिकोषको साथले “नयाँ जीवन पाएँ”

साधन राम्जाली /विकल्प न्यूज भ्दौं २० गते । २०६५ सालमा डकबहादुर रोका २५ बर्ष उमेरको हुनुहुन्थ्यो । म्याग्दीको मंगला गाउँपालिका १ कुहुँ निवासी डकबहादुर पेशाले शिक्षक । बेनी बजारमा डेरा लिएर बस्नुभएको थियो । जिवनयापन राम्रै संग चलिरहेको थियो । अध्यापन र अध्ययनलाई निरन्तरता दिनुभएको थियो । अचानक एक दिन उहाँको दुबै खुट्टामा खटिरा देखिए […]

बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण

विकल्प न्युज बेनी, भदौ २० गते । म्याग्दीको सदरमुकामा बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ बेनी,म्याग्दीको आयोजना तथा बेनी अस्पतालको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको […]

खुल्ला तिज गीत प्रतियोगिताको उपाधि नवज्योति आमासमुहलाई

विकल्प न्युज बेनी,भदौ १७ गते । बेनीमा अन्तर आमा समुह स्तरिय खुल्ला तिज गित प्रतियोगिता सम्पन भएको छ । बेनी नगरपालिकाको र नगर स्तरिय आमा संजाल समुहको आर्थिक सहयोग तथा धौलागिरी नाट्य समुहको आयोजनामा शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सम्पन्न भएको हो । एक दिन सम्म ंचालन भएको प्रतियोगितामा मंगला गाउँपालिका ५ अर्मनको नवज्योति […]

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण

विकल्प न्युज बेनी भदौ १६ गते । बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिलाई अन्तक्र्रिया मार्फत अभिमुखिकरण गराइएको हो । कार्यक्रममा निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचय […]