बेनीका थप ५ जनामा कोरोना संक्रमण

विकल्प न्यूज/बेनी
कार्तिक १६ गते । 

म्याग्दीको सदरमुकाम बेनीबजारमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरू बेनीमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने व्यक्तिहरू हुन ।

पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमित सबै कन्ट्याक्ट् टेसिङबाट पहिचान भएका हुन । पछिल्लाे समय बेनीमा काेराेनाकाे संक्रमणकाे जाेखिम उच्च रहेकाे छ ।

समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम रहेको बेनीमा थप संख्यामा कोरोना पुष्टिले संकेत गरेकाे छ ।  एकजनाकाे गत शुक्रबार ज्यान समेत  गईसकेकाे छ ।

बेनीबजारका व्यवसायी,सामाजिक अभियन्ता,स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बेनी नगरपालिका,जिल्ला प्रशासन र म्याग्दी उद्योग वाणिज्य संघले एकहप्ताका लागि बजार बन्द गराएका छन् ।

आइतबार कोरोना पुष्टि भएका व्यक्तीहरु बेनी बजारमा विभिन्न पेशा व्यवसाय गरेर बसेका व्यक्तिहरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम बढेपछि आइतबार जिल्ला प्रशासन,बेनी नगरपालिका, स्वास्थ्य कार्यालय,प्रहरी, र उद्योग वाणिज्य संघको संयुक्त पहलमा बजारमा सचेतनामुलक अभियान सञ्चालन गरिएको छ ।