बेनी नगरपालिका

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू

म्याग्दी, फागुन ९  गते ।  जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् ।  रू ३५ करोड ६३ लाख ३९ हजार सात […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण

(म्याग्दी),  फागुन ८ गते ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना […]

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

म्याग्दी,  फागुन ८ गते ।  म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ । थप तीन वटा […]

श्रेष्ठको २६औं कृति विमोचन

विकल्प न्यूज/बेनीफागुन ८ गते । म्याग्दीका लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं। ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो […]

फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा

विकल्प न्यूज/बेनीफागुन ७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको […]

वनमा आगो लगाउने दुई जना पक्राउ

फागुन २ गते ।  पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ ।  सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ आवश्यक कारबाहीका […]

विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन एकठाउँमा

विकल्प न्यूज/बेनीमाघ ३० गते । विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन भने एकठाउँमा आएका छन् । भोली फागुन १ गते ३० औं जनयुद्ध दिवस मनाउन म्याग्दीमा रहेका माओवादीहरु एक ठाउँमा उभिएका हुन । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र माओवादीबाट विभाजन भई नेकपा नाम राखेको नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । […]

मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नति योजनामा थप ३ करोड विनियोजन

विकल्प न्यूज/जलजलामाघ २४ गते । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–सालिजा सडक स्तरोन्नतिका लागि चालु अािर्थक वर्षमा संघीय सरकारबाट थप तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ । यस अघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँचकरोड १५ लाख रुपियाँमा सडक स्तरोन्नति योजना सुरु हुने भएको हो । पूर्व मन्त्री तथा पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पदम […]

म्याग्दीमा दुईदिनमा तीनहजार बढीले लगाए एचपिभी खोप

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २३ गते । म्याग्दीमा दुईदिनको अवधिमा तीनहजार भन्दा बढी किशोरीहरुले एचपिभी खोप लगाएका छन् । जिल्लाका सबै स्थानीय तहमा मंगलबार देखी सुरु भएको खोप अभियानका क्रममा तीन हजार १० जना किशोरी खोप अभियानमा सहभागी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पहिलो दिन जिल्लाभर १४ सय ३५ जनाले खोप लगाएका थिए […]

प्रेस चौतारी म्याग्दीको अध्यक्षमा पुन ः बानियाँ

विकल्प न्यूज/बेनीमाघ २३ गते । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले प्रेस चौतारी म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः […]

पत्रकार शर्मा प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मानित

विकल्प न्यूज/बेनीमाघ २३ गते ।

म्याग्दीमा किशोरीलाई एचपिभी खोप लगाउन सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) माघ २२ गते । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप म्याग्दीमा लगाउन सुरु गरिएको छ । आज देखि जिल्लाका ६ वटै स्थानीय तहहरुमा रहेका विद्यालय र स्वास्थ्य संस्था मार्फत खोप लगाउन सुरु गरिएको हो । जिल्लाभर चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरी एचपीभी खोप अभियानमा सहभागि हुँदै छन् । जिल्लाको […]

तातोपानी कुण्डको संरक्षण आवश्यकः अध्यक्ष प्रचण्ड

म्याग्दी, माघ २२ गते ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ । म्याग्दीको बेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथलगायत […]

आजदेखि विद्यालय जाने र नजाने किशोरीलाई निःशुल्क खोप

काठमाडौं, माघ २२ गते ।  आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मङ्गलबार)देखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो […]

पूर्व प्रधानमन्त्री प्रचण्ड पर्वत बेनीमा

ठाकुरप्रसाद आचार्यम्याग्दी,माघ २१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पर्वत बेनीमा आउनुभएको छ । सोमबार साँझ आउनुभएका अध्यक्ष प्रचण्डलाई पर्वतको जलजला गाउँपालिका ३,पर्वत बेनी स्थित ज्ञान गौरी होटलमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द पौडेल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्नुभएको छ । भोली माघ २२ गते […]