वनमा आगो लगाउने दुई जना पक्राउ

फागुन २ गते ।

 पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ । 

सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *