विकल्प न्यूज/बेनी
फागुन ७ गते ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।
कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लिलकुमारी पुर्जा मगर , मनु थापा मगर , गुनबहादुर पुन मगर रहनुभएको निवर्तमान अध्यक्ष साधन राम्जालीले जानकारी दिनुभयो ।
प्रदेश प्रतिनिधिमा सुदर्शन कुमार श्रेष्ठ र हिरामोती जुग्जाली तथा सङ्घीय प्रतिनिधिमा साधन राम्जाली र गुनबहादुर पुन रहनुभएको छ । अध्यक्ष गर्बुजा म्याग्दी न्युज डटकम र फेवा टेलिभिजन संवाददाता हुनुहुन्छ ।
#ADD

फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमवी आस्था मगरले अधिवेशनको उद्घाटन गर्दै फोनिजले जनजाती पत्रकारहरुको हित , क्षमता बिकास र प्रोत्साहनको लागि फोनिजले काम गर्नुपर्ने बताउनुभयो ।
राज्यका निकायले फोनिजको महत्व बुझेर साथ दिनुपर्ने उहाँले धारणा राख्नुभयो । यसैगरी फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर , नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटी अध्यक्ष अमित विश्वकर्मा , फोनिज बागलुङका अध्यक्ष डम्मर बुढा मगर लगायतले बोल्नुभएको थियो ।