विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन एकठाउँमा

विकल्प न्यूज/बेनी
माघ ३० गते ।

विभाजित माओवादीहरु जनयुद्ध दिवस मनाउन भने एकठाउँमा आएका छन् । भोली फागुन १ गते ३० औं जनयुद्ध दिवस मनाउन म्याग्दीमा रहेका माओवादीहरु एक ठाउँमा उभिएका हुन ।

म्याग्दीका नेकपा (माओवादी केन्द्र) र माओवादीबाट विभाजन भई नेकपा नाम राखेको नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् ।

बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका हुन् ।

तत्कालीन नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मुद्दा सहित वि।स। २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा\छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् ।

माओवादी घटकहरुलाई एक हुन दवाव र सन्देश दिनका लागि जिल्ला स्तरमा दुई वटा दलले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।


“माओवादीले सञ्चालन गरेको जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनले नेपालबाट दुई सय ३७ वर्षे राजतन्त्र फालेको हो,” उहाँले भन्नुभयो “अहिलेको व्यवस्थाको हकदार माओवादीमा आएको विभाजन र छुटफुटले राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै सामाजिक र आर्थिक रुपान्तरणको मुद्दा कमजोर भएको महशुस गरेर नेताहरुलाई सहकार्य र एकताका लागि दवाव दिन संयुक्त कार्यक्रम गरिएको हो ।” नेकपाका म्याग्दी–मुस्ताङ इञ्चार्ज धु्रब घिमिरे ९राजन सि०ले बिचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने नीति अनुसार म्याग्दीमा माओवादी र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो ।

माओवादीमा आएको विभाजनका कारण अहिलेको ब्यवस्था नरुचाउने, दलाल, पुजिवादी र निराशावादी शक्ति हावी भएको घिमिरेको भनाई थियो । दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र बिहिबार साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने नेकपा म्याग्दीका सेक्रेटरी गोविन्द सिले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले चुनाव लड्नु र सरकारमा जानु मात्र माओवादीको लक्ष्य नभएको भन्दै सामाजिक रुपान्तरण र आर्थिक सम्बृद्धिका लागि सुसासनको मुद्दा लिएर माओवादी आन्दोलनको रूपमा जनतामाझ आएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *