बेनी नगरपालिका
कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा

बेनी, ६ माघ । बेनीको कालीपुलमा सञ्चालित वडा स्तरीय वास्केटबल प्रतियोगिताको सेमीफाइनलको समिकरण पुरा भएको छ । शुक्रबार भएको क्वाटर फाइनलबाट ४ समूह सेमिफाइनल पुगेका हुन् । रघुगंगा–४ दर्मीजा, रघुगंगा–३ पिप्ले, बेनपा–८ र बेनपा १० को टिम सेमीफाइनल प्रवेश गरेका हुन् । बेनपा ९ लाई ५३ का विरुद्ध ६४ स्कोरले पराजित गर्दै रघुगंगा–४ दर्मीजा सेफिफाइनलमा […]
महोत्सव मार्फत् संस्कृति र परम्परा संरक्षण गरिँदै

विकल्प न्यूज/बेनी माघ ५ गते । बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो । नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको […]
धवलागिरी र अन्नपूर्ण फाइनलमा

म्याग्दी, माघ ५ गते । म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् । अन्नपूर्ण गाउँपालिका र धवलागिरी गाउँपालिका ७औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका हुन् । […]
छेलाे प्रतियाेगिताका पहलमान मल्लाजका इन्द्र बरुवाल

विकल्प न्युज/ बेनी माघ २ गते । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो प्रतिस्पर्धामा बरुवाले १३ […]
कालिगण्डकीमा अयोध्या लैजाने शिलाको पूजा (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी माघ १ गते । हिन्दुहरुको प्रशिद्ध धार्मिक स्थल भारतको अयोध्यामा भगवान राम र सिताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको माघ १ गते पुजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधि अनुसार पुजापाठ गरिएको हो । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध […]
गायिका एलिना चौहानको प्रस्तुतीमा नाचे म्याग्देली

विकल्प न्यूज\बेनी पुस २९ गते । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायीका एलिना चौहानले दमदार प्रस्तुती दिइन । खुल्ला मञ्चमा खचाखच भरिएका दर्शकहरु चौहानको प्रस्तुतीमा निकै हौसिएर नाचेका थिए । चौहानका साथै प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए । […]
बेनी नगरको बाह्रौँ नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

विकल्प न्यूज\बेनी पुस २९ गते । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख बिनियोजन भएकोमा थप […]
बेनीको खुल्ला मञ्चमा रत्यौलीको रमाइलो (भिडियो)

विकल्प न्यूज/बेनी पुस २९ गते । म्याग्दीमा जारी सातौं म्याग्दी महोत्सवको दोस्रो दिन बेनीको खुल्ला मञ्चमा रत्यौली प्रतियोगिता गरिएको छ । प्रतियोगितामा विभिन्न चारसमुहले भाग लिएका थिए । नवजागरण आमा समहु बेनपा ४ राक्से,सफल आमा समुह ताकम,क्षेत्र समाज र ब्रहमाण समाजले प्रतियोगितामा रत्यौली प्रदर्शन गरेका थिए ।
बेनीमा सातौं म्याग्दी महोत्सव सुरु ः बजारमा झाँकी प्रदर्शन (फोटोफिचर)

विकल्प न्यूज/बेनी पुस २८ गते । आज देखि सुरु भएको सातौं म्याग्दी महोत्सवका अवसरमा बेनीमा झाँकी प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन पूर्व बजारमा विभिन्न जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।
‘‘त्यतिवेला त गल्लीनै गुञ्जायमान हुन्थ्यो’’

पुण्यबहादुर शाक्य /बेनी पुस २७ गते । म सानो सानो थियो, २००७ सालको मेलाको संझना आउँछ । बेनी बजारमा माघे सक्रान्ति मेलाको इतिहास पुरानो छ । यसको आफ्नै पहिचान पनि छ । त्यसवेलाका वुढापाकाहरुले पनि माघे संक्रान्ति मेलाको खुव चर्चा गरेको पाइन्थ्यो । पछिपछि आधुनिकताले छोप्न थालेपछि मेला हराउँदै गयो । त्यसवेला गाउँघरवाट धेरै मानिसहरु […]
गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औं कार्यकारी सभा

विकल्प न्यूज\बेनी पुस २७ गते । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १७ औ कार्यकारी र गलेश्वरधान जेष्ठ नागरिक आश्रमको ११ औं वार्षिक साधारणसभा बुधबार गलेश्वरमा सम्पन्न भएको छ । दुवै संस्थाको साधारणसभाको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । साधारणसभामा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदन पारित भएको छ । सहभागिहरुले गलेश्वर धामको महत्वको प्रचारप्रसार […]
मिलन सहकारीको प्रथम साधारणसभा, अध्यक्षमा राना

प्रताप बानियाँ/म्याग्दी पुस २७ गते । मिलन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको बुधवार सदरमुकाम बेनीमा प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले तिलकुमारी रानाको अध्यक्षतामा सहकारीको ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा ज्ञानुकुमारी केसी, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा सङ्गीता अधिकारी र सहसचिवमा हिरा जिसी बानियाँ […]
पाहुनाको स्वागतका लागि तयार भयो बेनी

विकल्प न्यूज/बेनी पुस २७ गते । भोली पुस २८ गते देखि सुरु हुने सातौं म्याग्दी महोत्सवको तयारी अन्तिमचरणमा पुगेको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गर्ने सातौं महोत्सव माघ ७ गते सम्म सञ्चालन हुने छ । संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको हो । […]
सहकारीको रकम सिमित व्यक्तीले गलत रुपमा प्रयोग गर्दा तरलता अभावको समस्या

न्यूज/बेनी पुस २४ गते । म्याग्दी सदरमुकाम बेनीमा सहकारी सम्वन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ म्याग्दीको समन्वय तथा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आइतवार बेनी नगरपालिकाको सभाहलमा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सहकारी संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन […]
न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा

प्रताप बानियाँ/म्याग्दी पुस २४ गते । ‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको शनिवार सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ […]