कालिगण्डकीमा अयोध्या लैजाने शिलाको पूजा (भिडियो /तस्विर)

विकल्प न्यूज/बेनी
माघ १ गते ।

हिन्दुहरुको प्रशिद्ध धार्मिक स्थल भारतको अयोध्यामा भगवान राम र सिताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको माघ १ गते पुजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधि अनुसार पुजापाठ गरिएको हो ।

मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अनुरोधमा अयोध्यामा लगेर भगवान् राम र सिताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो । भिडियो ठाकुरप्रसाद आचार्य