बेनी नगरपालिका
प्रदेशका योजनालाई प्रभावकारी बनाउन अनुगमन समितिको सक्रियता

विकल्प न्यूज/बेनी बैशाख १२ गते । गण्डकी प्रदेश सरकारको बजेटबाट म्याग्दीमा सञ्चालित योजना तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन समितिले सक्रियता देखाएको छ । प्रदेश सरकारको निर्णय अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद अध्यक्ष, समानुपातिक सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधी, स्थानीय तहका उपप्रमुख सदस्य र प्रदेश सरकार मातहतका सम्बद्ध कार्यालय प्रमुख सदस्य […]
गाउँभरी नेता,विद्यालयको नतिजा शून्य

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूजबैशाख १० गते । बेनी नगरपालिका १ रत्नेचौर राजनीतिक रुपमा जिल्ला देखि केन्द्रसम्म पहुँच राख्ने गाउँ हो । नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा (मओवादी केन्द) गरेर एकदर्जन भन्दा बढी नेताहरु रत्नेचौरमा छन् । नेकपा एमालेबाट केन्द्रिय राजनीतिमा पहुँच राख्ने नेताहरु पनि यही वडामा छन् । तर सामुदायिक विद्यालयको शैक्षिक अवस्था निकै कमजोर […]
बेनीका औषधि र डेन्टल क्लिनिकमा बेथिति

विकल्प न्यूज/बेनीबैशाख १० गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनरल र अन्य […]
गलेश्वरमा पुल र वस्ती संरक्षणका लागि तटबन्धन निर्माण सुरु

ठाकुरप्रसाद आचार्य /बेनीम्याग्दी,बैशाख १० गते । राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर सडक आयोजनाले सडक पुल र वस्ती संरक्षणका लागि रघुगंगा नदीमा पक्की तटबन्धन निर्माण सुरु गरेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तर्गत गलेश्वरमा निर्माण गरिएको पक्की मोटरेबल पुल जोखिममा परेपछि आयोजनाले संरक्षणका लागि तटबन्धन निर्माण थालेको हो । बेनी–जोमसोम सडक अन्तर्गत बेनी नगरपालिका […]
मिडिया सोसाइटीको स्थापना दिवसमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता

विकल्प न्यूज\बेनीबैशाख ६ गते । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले […]
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलालाई ५० हजार पुरस्कार

विकल्प न्यूज/बेनीबैशाख ३ गते । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन् । विजेता भएसँगै […]
जलजलामा कक्षा ८ को नतिजामा सुधार

ठाकुरप्रसाद आचार्यबैशाख १ गते । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो । पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार आएको देखिएको छ […]
बेनी नगरको कक्षा ८ को नतिजा ः दुई विद्यालय शून्य,११ कमजोर

विकल्प न्यूज\बेनीचैत ३० गते । बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी ३३ विद्यालय मध्य दुईवटा सामुदायिक विद्यालयको नतिजा शून्य भएको छ भने ११ वटा विद्यालयको नतिजा कमजोर देखिएको छ । नगरपालिकाले हालै मात्र प्रकाशित गरेको कक्षा ८ को नतिजामा बेनी नगरपालिका वडा नम्बर १ स्थित भानु माध्यमिक विद्यालय रत्नेचौर र वडा […]
सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय

म्याग्दी, चैत २९ गते । एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । बुधवार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, […]
बेनीमा सडक ढलानपछि यात्रा सहज

विकल्प न्यूज/बेनीचैत २५ गते । बेनी देखि ग्रामिण वस्ती जोड्ने सडक ढलान पछि आवतजावतमा सहज भएको छ । बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश विन्दु,रातोपहिरो र बेनी नगरपालिका वडा नम्बर १० स्थित पात्लेखेतमा गरी नौसय ८ मिटर सडक स्तरोन्नति सहित ढलान गरेपछि यात्रा सहज भएको हो । जिर्ण सडक […]
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा एघारसय बढीले लिए सेवा

विकल्प न्यूज/बेनीचैत २० गते । दुईदिन सम्म बेनीमा संचालन भएको निशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट एघारसय भन्दा लाभान्वित भएका छन् ।जिल्ला समन्वय समिति म्याग्दी सहित जिल्लाका ६ वटै स्थानीय तहको आयोजना र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा मंलबार र बुधबार संचालित शिविरको पहिलो दिन ५ सय ६५ र दोस्रो दिन ५ […]
पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको मागसहित ध्यानाकर्षण पत्र

विकल्प न्यूज/बेनीचैत २० गते । एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यही चैतको १५ गते शुक्रवार देशको सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा राजवादीहरुले गरेको […]
संस्थागत क्षमता मूल्यांकनमा गण्डकीकै प्रथम बन्यो जलजला

विकल्प न्यूज/बेनीचैत २० गते । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय प्रबन्धमा नौ, सङ्गठन तथा प्रशासनमा आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, […]
निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए

विकल्प न्यूज/बेनीचैत १९ गते । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि बेनी स्थित म्याग्दी बमुखुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको हो । शिविरको पहिलो दिन म्याग्दी र […]
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

विकल्प न्यूज/बेनीचैत १९ गते । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य […]