बेनी नगरपालिका
पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द
विकल्प न्यूज\बेनी साउन २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट […]
म्याग्दीको थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट राष्ट्रिय पुरस्कार
विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो । काठमाण्डौमा आयोजित कार्यक्रममा वन तथा […]
संगीतकर्मी संघले तिज गीत प्रतियोगिता आयोजना गर्ने
विकल्प न्युज/ बेनी साउन २४ गते । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्व २०८० को पावन अवसर पारि जिल्ला स्तरीय खुल्ला तिज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले बुधबार बेनीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष गाकुल विश्वकर्माले तिजको अवसरमा भाद्र २९ गते महिला अधिकार, बाल […]
बेनीमा गोलभेडाको मुल्य एकसय पचास पुग्यो
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन २३ गते । म्याग्दीको सदरमुकाम बेनीमा गोलभेडाको मुल्य प्रतिकिलो एकसय पचास पुगेको छ । दुईहप्ता अघिसम्म ८० देखि ९० रुपियाँमा किनबेच भइरहेको गोलभेडा एकहप्ता यता मुल्य ह्वातै बढेको हो । मुल्य बढ्दा किसानलाई फाइदा भएको छ भने उपभोक्ताले चर्को मुल्यमा खरिद गर्नुपर्ने बाध्यता भएको छ । नेपाली गोलभेडा भारतीय बजारमा जानथालेका कारण […]
राहुघाट–तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द
बेनी, साउन २३ गते । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने […]
साउनको चौथो सोमबार बेनीको शिवालय मन्दिरमा भक्तजनहरु (फोटोफिचर)
विकल्प न्यूज/बेनी साउन २२ गते । साउनको चौथो सोमबार बेनी स्थित शिवालय मन्दिरमा भक्तजनहरुले पुजाआजा र दर्शन गरेका छन् । मनोकामना पुरा हुने विश्वासले सोमबार मन्दिरमा भक्तजनहरु पुगेका छन् । मन्दिरमा म्याग्दीका साथै पर्वत र बागलुङबाट पनि भक्तजनहरु आएको शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । चारसय वर्ष पुरानो एतिहासिक शिवालय मन्दिर […]
जामुनाखर्क मावि र विद्यामन्दिर आविमा शैक्षिक सामग्री वितरण
विकल्प न्यूज/बेनी साउन २१ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आईतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री […]
म्याग्दीमा साढे १६ किलोमिटर सडक कालोपत्र
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १९ गते । म्याग्दीमा एक वर्षको अवधिमा साढे १६ किलोमिटर ग्रामिण सडक कालोपत्र भएको छ । गत आर्थिक वर्ष २०७९ \८० मा पूर्वाधार विकास कार्यालय,स्थानीय तह र सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीले गरेर जिल्लाभर १६ क्रिलोमिटर पाँचसय ३० मिटर सडक कालोपत्र गरिएको हो । सडक कालोपत्र भएपछि दुर्घटनाको […]
गलेश्वरमा थपिँदै ठूला होटल
विकल्प न्यूज\बेनी साउन १८ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा पर्यटक आगमन बढेसँगै नयाँ होटल खुल्ने क्रम बढेको छ । कालिगण्डकी करिडोरमा पर्ने गलेश्वर शिवालय पछिल्लो समय धार्मिक पर्यटनको गतिलो गन्तव्यका रुपमा विकास हुँदै जान थालेको छ । मुस्ताङको प्रवेशद्धारका रुपमा समेत परिचित गलेश्वर धाम दर्शनका लागि पछिल्ला केही […]
कृष्णप्रसादको रहर लाग्दो भैंसीपालन (भिडियो सहित)
ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १८ गते । बेनी नगरपालिका ७ टुनीखर्क स्थित भैंसी गोठमा पुग्दा ४२ वर्षीय कृष्णप्रसाद शर्मा दुध दुहुदै हुनुहुन्थ्यो । दुध बजारमा पु¥याउन शर्मालाई हतारो थियो । गोठ दुहुना भैंसीले भरिएको छ । सवै भैंसी मोटा र रिष्ठपुस्ट देखिन्थे । कृष्णप्रसादको परिवार र कामदार सवैजना भैंसी र गाईलाई दानापानी दिन व्यस्त देखिन्थे । […]
बेनीका सुप्पन श्रेष्ठले मनाए बालगृहका बालबालिका सँग जन्मदिन
विकल्प न्यूज\बेनी साउन १७ गते । म्याग्दी बेनी बजारका एक युवाले बालगृहका अनाथ बालबालिकासँग खुसी साट्दै आफ्नो जन्म दिन मनाएका छन् । रोजगारीका क्रममा अष्ट्रेलिया जानुभएका बेनी नगरपालिका वडा नम्बर ७ भिमसेन टोलका सुप्पन श्रेष्ठले बुधवार बाल संगठनद्धारा संचालित बालगृहमा आश्रय लिएर बसेका अनाथ बालबालिकासँग जन्म दिनको खुसी साट्नुभएको हो । श्रेष्ठ एक हप्ता […]
गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन
विकल्प न्यूज/बेनी साउन १७ गते । प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म रु छ लाख तीन हजार भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो । मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास […]
म्याग्दीमा बढ्दै डेंगु र स्क्रब टाइफस
साउन १६ गते । म्याग्दीमा पछिल्ला वर्षहरूमा डेंगु तथा स्क्रब टाइफसको बिरामीको सङ्ख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्दा परजीवीको टोकाइबाट लाग्ने रोगका बिरामीको सङ्ख्या बढेको हो । सन् २०१९ देखि २०२३ सम्मको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगका बिरामी ३१७ पुगेका छन् भने मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको […]
प्रतिभालाई उजागर गर्न बेनीमा मोडल र लिटिल मोडल प्रतियोगिता हुने
विकल्प न्यूज/बेनी साउन ११ गते । म्याग्दीमा लुकेर रहेका कला, सस्कृति र प्रतिभालाई उजागर गराउन मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडल अफ […]
म्याग्दीका तीन सामुदायिक वन उपभोक्ता समितिलाई उत्कृष्ट पुरस्कार
ठाकुरप्रसाद आचार्य\बेनी साउन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीनवटा सामुदायिक वन उपभोक्ता समितिलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०७९\८० मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरुलाई नगद सहित पुरस्कृत सहित सम्मान गरिएको हो । सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरुमा आधार मानेर तीनसय १४ सामुदायिक वन उपभोक्ता […]