बेनी नगरपालिका
बेनी नगरमा सात वटा ठुला योजना संचालन
विकल्प न्यूज/बेनी पुस ९ गते । जिल्लाको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वटा ठुला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक,खानेपानी र विद्यालय भवन निर्माणका लागि उक्त योजनाहरुमा करिब ६ करोड रुपियाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनियर चन्द्रबहादुर […]
संघीय खानेपानी आयोजना कार्यालयको काम ः चिठी लेखेर बजेट फिर्ता पठाउने
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज पुस ९ गते । यहाँको एक सरकारी कार्यालय स्थापना भएको तीनवर्ष हुँदा पनि आयोजना कार्यान्वयन हुनसकेका छैनन् । म्याग्दी,बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहने गरी म्याग्दीको बेनीमा तीनवर्ष अघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना गरिएको थियो । ठूला बजेटका योजना,स्थानीय तहले दश प्रतिशत रकम सुनिश्चिततामा ढिलाई र बहुवर्षीय […]
जामुनाखर्क माविमा ५ लाखको ‘हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना
विकल्प न्यूज/बेनी पुस ६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना गर्नुभएको […]
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
म्याग्दी, पुस ५ गते । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, […]
जलजला गाउँपालिकामा भवन निर्माण सुरु
विकल्प न्यूज/बेनी पुस ५ गते । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आचार्यले शिलान्यास गर्नुभयो […]
म्याग्दीका पत्रकार धिरन खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
विकल्प न्युज / बेनी पुस १ गते । बेनी, म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा अध्यक्ष […]
पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि
म्याग्दी, पुस १ गते । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ । संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ […]
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी,पुस १ गते । नेपाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ । बेनी बजार स्थित मंकाः खलको सभाहलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभयो । सम्मेलनमा महामन्त्री शर्माले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगमी कार्यक्रम र पार्टीले खेल्नुपर्ने भूमिका वारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको जिल्ला सभापति […]
पुलाचौरका कृषकलाई तरकारीको बिउबिजन र मल सहयोग
विकल्प न्यूज \बेनी मंसिर ३० गते । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका ५० जना कृषकलाई तरकारी खेती गर्नका लागि बिउबिजन र मल सहयोग भएको छ । असल छिमेकी नेपालको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी पुलाचौरका कृषकहरुलाई मलबिउ हस्तान्तरण गरिएको हो । पुलाचौर र सेताढुङ्गा गरी दुईवटा कृषक समूलाई विभिन्न प्रकारका तरकारीको बिउबिजन सहयोग गरिएको असल […]
बेनी नगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर ३० गते । म्याग्दीको बेनी स्थित प्रकाश माध्यामिक विद्यालयले बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको छ । प्रकाश माविले २२ स्वर्ण, ५ रजत सहित २७ पदकका साथ रनिङ शिल्ड, मेडल र प्रमाणपत्र जित्न सफल भएको हो । यसैगरी न्यू वेष्ट प्वाइन्ट आवाशीय मावि बेनीले ५ स्वर्ण,१० रजत र […]
गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन
विकल्प न्यूज/बेनी म्याग्दी,मङ्सिर २८ गते । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि लगायत सरोकारवालाहरुबाट सुझाब संकलन गरिएको हो । आयोगले […]
बेनी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)
ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर २८ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिवार देखि सुरु भएको छ । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका विभिन्न २५ विद्यालयले सहभागिता जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्याका विभिन्न […]
सहरमा माग बढेपछि गाउँमा फस्टाउँदै कोदो खेती
विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनी नगरपालिका ३ भकिम्लीमा बारीमा लगाएको कोदो काटदै कृषक । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याइन् । विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गरेकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो […]
बालमन्दिर माविमा ३ लाखको अक्षय कोष स्थापना
विकल्प न्यूज/बेनी मंसिर २७ गते । म्याग्दीको बेनी नगरपालिका-८स्थित बालमन्दिर माविमा ३ लाखभन्दा बढीको अक्षय कोष स्थापना गरिएको छ । आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व प्रधानध्यापक साधना तुलाचनले १ लाख १ हजार, समाजसेवी पूर्णिमा गौचन १ लाख १ हजार र जर्मनी बस्ने पोखराकी सुमित्रा शेरचनले […]
अन्तरमावि हाजिरी जवाफ प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम
विकल्प न्यूज/बेनी मंसिर २७ गते । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आफ्नो २० औँ बार्षिक उत्सवका अवसरमा आयोजना गरेको तेस्रो जिल्ला स्तरीय अन्तर मावि रनिङ हाजिरीजवाफ प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय मावि प्रथम भएको छ । त्यस्तै प्रगियोगितामा लिटल गार्डेन एकेडेमी द्धितीय र पोलत्स्य मावि तृतीय भएको लिटल गार्डेनका प्रिन्सिपल दिपक सुवेदीले जानकारी दिनुभयो । […]