बेनी नगरपालिका
म्याग्दीको विकासका विभिन्न मागहरु लिएर सर्वपक्षिय टोली काठमाण्डौमा
विकल्प । बेनी मंसिर ४ गते । म्याग्दीको विकासका लागि विभिन्न मागहरु लिएर जिल्लाको सर्वपक्षीय टोली काठमाण्डौ डेलिगेशन आएको छ । बेनी नगरपालिकाको संयोजनमा आईतवार राजधानी आएको सर्वपक्षीय टोलीले विभिन्न मन्त्रालय र विभागहरुमा नगर तथा जिल्लाको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र पेश गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको […]
कर शिक्षा सिकाउदै अान्तरिक राजश्व कार्यालय
विकल्प न्युज र बेनी म्याग्दी, मंसिर ४ गते ।आन्तरिक राजस्व कार्यालय बागलुङको साविकको धवलागिरी अञ्चलमा करदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ । कर दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा हरेक नागरिकलाई कर शिक्षा आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा कार्यालय […]
पत्रकार गौतम सम्मानित
विकल्प न्युज / बेनि मंसिर ४ गते ।न्यूज २४ टेलिभिजनका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ, मोना यूएईले गरिब तथा विपन्नको उपचार, शिक्षादिक्षाका साथै परोपकारी पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै गौतमलाई सोमबार म्याग्दीमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । रोजगारको सिलसिलामा यूएईमा पुगेका म्याग्देलीको साझा […]
जिल्ला अदालतद्वारा फैसला कार्यान्वयनमा जोड
प्रताप बानियाँ/ विकल्प म्याग्दी, मंसिर २ । जिल्ला अदालत म्याग्दीमा दर्ता भएका मुद्दाउपर फैसला कार्यान्वयनमा जोड दिइएको छ । आइतबार म्याग्दी जिल्ला अदालतमा आयोजित स्थानीय तहका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा फैसला कार्यान्वयन वर्ष घोषणा कार्यक्रममा यस्तो बताइएको हो । सर्वोच्च अदालतले चालु वर्षको बाँकी समयलाई फैसला कार्यान्वयनको वर्षमा रुपमा मनाउने हुँदा देशैभर आयोजना गरिएको कार्यक्रम […]
स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
कमल खत्री बेनी, रासस । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो । […]
देशमा गुण्डागर्दी र डनवाद निस्तेज भएको छ ः गृहमन्त्री थापा
ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज बेनी(म्याग्दी) कार्तिक २८ गते । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याराहरु चाँढै पहिचान हुने र कारवाहीको दायरामा आउने बताउनुभएको छ । सरकारले गठन गरेको अनुशन्धान टोलीले गहिरो गरी अनुशन्धान प्रक्रिया अगाडी बढाएकाले चाँढै नै दोषीहरु कानुनी कारवाहीमा आउने उहाँले दावी गर्नुभएको । सरकारले दोषीलाई कुनै पनि हालतमा नछाड्ने […]
सिन्डीकेट अपराध हो ः गृहमन्त्री थापा
विकल्प न्यूज/बेनी कार्तिक २७ गते । नेपाल सरकारका गृहमन्त्री रामवहादुर थापाले सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने बताउनुभयो । मंगलबार साझ म्याग्दीको सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित सुपर डिलक्स बससेवाको सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली आएको […]
प्रचण्ड र गृहमन्त्री थापाद्धारा राघुगंगा जलविद्युत आयोजनाको अवलोकन (फोटो)
विकल्प न्यूज/बेनी कार्तिक २७ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले म्याग्दीमा निर्माणधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत रुपमा अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले मंगलबार विहान रघुगंगा गाउँपालिका ३ तिल्केनी चौर स्थित आयोजनाको निरिक्षण गर्नुभएको हो । यसै गरी प्रचण्ड सहितको […]
गृहमन्त्री थापाद्धारा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,कार्तिक २६ गते । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति र शुसासन कायम गर्न गृहप्रशासन सक्षम रहेको बताउनुभएको छ । सोमबार म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको उदघाटन गर्दै गृहमन्त्री थापाले सरकारले देशमा शान्ति र शुसासन कायम राख्नका लागि प्रभावकारी योजना अघि सारेको बताउनुभएको हो । मदिराको जथाभावी […]
मुटुरोगी नेपालीका लागि जुट्यो करिव पाँचलाख सहयोग
विकल्प न्यूज/बेनी कार्तिक २५ गते । बेनी नगरपालिका १ रत्नेचौर निवासी मुटुरोगी विष्णु नेपालीको उपचारका लागि स्थानीयवासीहरुले करिब पाँचलाख रुपियाँ संकलन गरेका छन् । पारिवारिक अवस्था कमजोरी भएकी कक्षा ८ मा अध्ययनरत १७ वर्षीय युवतीको उपचारमा सहयोग पु¥याउन रत्नेचौर जागरण समुहले विगत दुइ महिना देखि सञ्चालन गरेको आर्थिक संकलन अभियान मार्फत ४ लाख ८२ हजार […]
जन्मदिनमा सहज शिक्षा कोषलाई १० हजार सहयोग
विकल्प न्यूज/बेनी कार्तिक २५ गते । पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान अध्यक्ष एवम् सामाजसेवी सुरत केसीले जन्म दिनको अवसरमा आइतवार गरिब र विपन्न बालबालिकाको शिक्षामा सहयोग पु¥याउन १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । गरिब, विपन्न, पारिवारिक बिखण्डनका कारण बिचल्लीमा परेका र अनाथ बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिका वडा नम्बर ६ ले […]
म्याग्दीका महिलाहरु तिहारलाई झिनिया र सेलरोटी बनाउन व्यस्त
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक २१ । म्याग्दीका महिलाहरुलाई तिहारका लागि झिनिया र सेलरोटी बनाउन टिपाटिप भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली (तिहार) आएलगत्तै उनीहरुलाई झिनिया बनाउने र सेलरोटी पकाउने व्यस्तता थप बढेको हो । सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगका महिलाहरु झिनिया तथा सेलरोटी बनाउने र पकाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा ठूलो चाड […]
बेनीमा योगसाधना हल निर्माण गर्न देउसी भैलो
विकल्प न्यूज/बेनी कार्तिक २१ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा योगसाधना हल (योगाश्रम) निर्माण गर्नका लागि देउसी भैलो खेलीएको छ । नवीन आनन्द योग केन्द्र,नेपाल म्याग्दीले योगाश्रम निर्माणका लागि सहयोग जुटाउन तिहारका अवसरमा दैउसी भैलो खेलेको हो । पाँचलाख रुपियाँ सहयोग जुटाउने उद्देश्यले केन्द्रले मालिका गाउँपालिका ७ बिम,मंगला गाउँपालिकाको बावियाचौर,बेनपाको शिङ्गा,गलेश्वर र बेनीबजारमा देउसी भैलो खेलेको केन्द्रका […]
भिआइपी डिलक्स बसमा बेनी देखि काठमाण्डौ
विकल्प न्यूज/बेनी कार्तिक २१ गते । म्याग्दी कोरला यातायात प्रा.लिले लक्ष्मीपुजाको दिनदेखि सुविधा सम्पन्न सेवा सहितको बस भित्राएको छ । बुधवार प्रा.लिले बेनी नगरपालिका ९ गलेश्वर मन्दिरमा पुजाआजा गरेर बस सेवाको सुरुवात गरेको हो । बेनी देखि काठमाण्डौं जाने यात्रुहरुलाई लक्षित गरी एयर कन्डिसन एसीयुक्त आरमदायी सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको प्रा.लिले जनाएको छ […]
१७ औं जेसीजकपको तयारी सुरु
विकल्प न्यूज/बेनी कार्तिक १८ गते । बेनीमा मंसिर ११ गते देखि १५ गते सम्म सञ्चालन हुने जेसिज कप फुटबल प्रतियोगिता २०१८ को तयारी सुरु गरिएको छ । म्याग्दी जेसिजले प्रत्येक वर्ष आयोजना गर्ने अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको यो १७ औं सस्करण हो । म्याग्दी जेसीजले आइतबार विहान बेनीमा पत्रकार सम्मेलन गरेर मंसिर ११ देखि […]