बेनी नगरपालिका
तातोपानी कुण्ड भाडा दिने प्रस्ताव स्थानीयद्वार अस्विकृत
साधन राम्जालि मगर /विकल्प न्यूज पुस १२ गते । म्याग्दीको प्रख्यात तातोापनी कुण्डलाई भाडा दिने प्रस्ताव स्थानीयवासीहरुले अस्विकृत गरिदिएका छन् । म्याग्दी प्रवासी नेपाल संघ(मोना)ले तातोपानी कुण्डलाई भाडा दिन बेनी नगरपालिका सँग प्रस्ताव गरेको थियो । मोनाको प्रस्तावका वारेमा भएको छलफलमा स्थानीयवासीहरुले कुण्डलाई भाडा दिननहुने भन्दै प्रस्तावको विरोध गरेका छन् । बेनी नगरपालिकाका जनप्रतीनिधि, स्थानिय […]
तमुल्होसार पर्व कटौतीको विराेधमा बेनीमा प्रदर्शन
साधन राम्जाली मगर / विकल्प न्युज म्याग्दी बुधबार पौष ११ गते । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसार राष्ट्रीय पर्वको सुचिबाट हटाइएको प्रति म्याग्दीमा बिरोध प्रदर्शन गरिएको छ । बुधबार नेपाल (तमु ह्युल छोज धिं) गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्यसमिती म्याग्दीले बिभिध कार्यक्रम सहित बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनमा उनिहरुले राज्यले राष्ट्रीय पर्वलाई […]
म्याग्दीमा आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु
विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले तालिमलाई भरपुर रुपमा उपयोग गरी व्यवहारमा उतार्नुपर्ने बताएकी […]
रात्रिबसमा परिचारिका
घनश्याम खड्का /बेनी पुस १० गते । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो १ बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् ।अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो वर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेस्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली । सार्वजनिक यातायातमा थोत्रा […]
मुसुङमा पुस २६ देखि पर्यटन मेला
विकल्प न्यूज/बेनी पुस १० गते । प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौंदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गरीने भएको छ । स्थानीय विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने सो मेला पुस २६ […]
जन्मदिनमा पुस्तक उपहार
विकल्प न्यूज/बेनी पुस ९ गते । जन्मदिनको अवसरमा एक शिक्षकले विद्यालयको पुस्तकालय र विद्यार्र्थीलाई पुस्तक प्रदान गर्नु भएको छ । न्यु वेट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुने शिक्षिका सुनिता गौतमले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको पुस्तकालयलाई दुइवटा पुस्तक प्रदान गर्नु भएको हो । शिव खेडाद्वारा लिखित ूजित मेरो ू र नवराज बरालद्वारा लिखित ूनामू पुस्तक […]
प्रकाश माविको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
साधन राम्जाली मगर /विकल्प न्यूज पुस ९ गते । जिल्लाकै पुरनो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ जन्मोत्सव तथा अभिभावक दिवस मनाएको छ । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक देखि माध्यमिक तहको […]
बेनपाको ३० औं वैठकका निर्णय सार्वजनिक
विकल्प न्यूज/बेनी पुस ८ गते । बेनी नगरकार्यपालिकाको ३० औं वैठकका निर्णय सार्वजनिक गरिएको छ । आइतवार नगरकार्यपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराइलीले निर्णय सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा पुस ६ गते शुक्रवार बसेको ३० औ कार्यपालिका बैठकले बेनी–पात्लेखेत, बेनी–भकिम्ली, रत्नेचौर–भकुण्डे, मंगलाघाट–चुत्रेनी र गलेश्वर– पात्लेखेत सडकमा पटके कर […]
म्याग्दीकाली सञ्चार सहकारीको एघारौं साधारणसभा सम्पन्न
विकल्प न्यूज/बेनी मंसिर ६ गते । बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा विहिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहँुदै जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसीले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गरेको बताउनुभयो । जिल्लामा रहेका स्थानीय सञ्चारमाध्यमहरुको सवलीकरण र पत्रकारहरुको क्षमता वृद्धिका […]
जिसस म्याग्दीको टिभी कता हरायो ?(पाठक प्रतिक्रिया)
विकल्प न्यूज/बेनी पुस ६ गते । केही महिना अघि जिल्ला समन्वय समितिको कार्यालय छिर्दा ढोकामै टिभी देखेको थिएँ । सेवाग्राहीहरुले आरम गर्दै टिभी हेरीरहेका हुन्थेँ । लाग्छ तत्कालिन जिविसले त्यहाँ टिभी राखेको हो । जिल्लाको बर्णन गरिएको वृतचित्र पनि टिभीमा हेर्न पाइन्थ्यो । धेरै समयपछि फेरी जिससमा छिर्ने काम प¥यो । तर त्यहाँ मैले टिभी […]
अख्तियारद्धारा म्याग्दीका वन अधिकृत घुस सहित रंगेहात पक्राउ
विकल्प न्यूज/बेनी पुस ५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले ३४ हजार घुस सहित डिभिजन वन कार्यालय म्याग्दीका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय म्याग्दीमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीवाट नगद ३४ हजार रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । बेनी नगरपालिका ७ स्थित सव […]
लागूऔषध सहित एक युवा पक्राउ
विकल्प न्यूज/बेनी पुस ४ गते । सदरमुकाम बेनीमा मंगलवार एक युवा लागु औषध सहित पक्राउ परेका छन् । बेनी नगरपालिका ८ कालिपुलमा उदयपुर कटारी नगरपालिका वडा नं.१० घर बताउने २४ बर्षका आर्यन कार्कीलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बसपार्कमा शंकास्पद अबस्थामा हिँडीरहेको अबस्थामा उनलाई चेकजाँच गर्दा प्लास्ट्रिक झोलामा […]
सिंगामा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज/बेनी पुस ३ गते । बेनी नगरपालिकाको ४ नम्बर वडा सिंगामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । बेनी नगरपालिकाको आयोजना र संगम,कदम र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजीकरणमा वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद्वारा पहिलो चौमासिकमा गरिएका विकासनिर्माण,सेवाप्रवाह,नागरिकको गुनासो,सुझाव र समस्या बुझनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो […]
लिटल गार्डेन एकेडेमीले मनायो १५ औं बार्षिक उत्सव
विकल्प न्यूज/बेनी पुस २ गते । सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ बार्षिक उत्सवान जिल्ला […]
नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी
विकल्प न्यूज/बेनी पुस १ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ । आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा चार करोड ८९ […]