ताजा समाचार:
Search

रघुगंगा गाउँपालिका

उम्मेदवार कटुवाल ः भद्र, शालिन, बौद्धिक र इमान्दार नेताको पहिचान

विकल्प न्यूज\बेनी कात्तिक ३० गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा २०२१ सालमा जन्मिनुभएका देवेन्द्रबहादुर कटुवालले स्नातक तहसम्मको अध्ययन हासिल गर्नुभएको छ । वि.सं. २०३७ सालदेखि २०३८ सम्म श्रीकृष्ण प्राथमिक विद्यालय बाँदुकमा प्रधानाध्यापक भई शिक्षण गर्नुभएका कटुवालले ३०३८ सालमा अनेरास्ववियु पाँचौंको सदस्यता प्राप्त गरी सङ्गठित भई राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । कटुवालले वि.सं. २०४२ […]

बाम–लोकतान्त्रिक गठबन्धनद्धारा रघुगंगाका पाँच ठाउँमा चुनावीसभा

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीमा चुनाबीप्रचार अभियान लाई आक्रामक बनाएका छन् । सोमबार गठबन्धनले रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, वडा नम्बर ७ चिमखोला, वडा नम्बर ४ दर्मिजा, दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा सम्पन्न गरेका हुन् । निर्वाचनको दिन […]

बेग र भगवतीमा गठबन्धनको आमसभा

म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् । सभामा […]

मालिका र रघुगंगामा एमालेको चुनावी सभा

विकल्प न्यूज\बेनी कात्तिक २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल कार्यक्रमअन्तर्गत आज (बुधवार) मालिका–१ निस्कोट, रघुगंगा–५, झिँ र ६ पाखापानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । […]

मतदातालाई विकासको खाका सुनाउँदै गठबन्धनका उम्मेदवार

विकल्प न्यूज/बेनी कात्तिक १७ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेशसभा सदस्य क्षेत्र नं २ का उम्मेदवार नेकपा (माओवादी […]

एमालेको पिप्ले र मुदीमा घरदैलो कार्यक्रम

विकल्प न्युज/बेनी कार्तिक १६ गते । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचार कार्यक्रमलाई तीव्र पारेका छन् । नेकपा एमाले र वाम–लोकतान्त्रिक गठबन्धन दल तथा उम्मेदवारले गाउँगाउँमा पुगेर घरदैलोसहित मतदाता भेटघाट गरेका हुन् । बिहीबार देखि खुला आमसभा तथा प्रचारप्रसारका कार्यक्रमहरु सञ्चालन […]

रघुगंगा गाउँपालिका–३ मा गठबन्धनको घरदैलो अभियान

विकल्प न्यूज/बेनी कात्तिक १४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले रघुगंगा गाउँपालिका–३ नम्बर वडाका विभिन्न बस्तीहरुमा सोमबार घरदैलो गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा (खमविर) र प्रदेश सभा सदस्य पदका उम्मेदवार नेकपा […]

मौवाफाँटमा काँग्रेस र माओवादीको संयुक्त चुनावी भेला

विकल्प न्यूज/बेनी १३ कात्तिक । गठवन्धका उम्मेदवारलाई जिताउन रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ। आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा वडास्तरका नेता तथा कार्यकताको सयुक्त भेला गरिएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रतिनिधि सभाका उम्मेदवार […]

नदी कटानले गलेश्वर स्थित राममन्दिर जोखिममा

ठाकुरप्रसाद आचार्य/म्याग्दी साउन १२ गते । कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेका धार्मिकस्थल नदी कटानका कारण जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेका गलेश्वर क्षेत्रमा पर्ने गायत्री मन्दिर र राममन्दिर नदी कटानको उच्च जोखिममा परेका हुन । वर्षेनी नदीमा आउने वाढीका कारण मन्दिर परिसर कटान हुँदै जान थालेको छ । नदीको कटानबाट जोगाउन […]

अवैध क्रसर उद्योगलाई सरोकारवालाको मौन समर्थन !

विकल्प न्यूज/बेनी असार २९ गते । करिब एकवर्ष अगाडि कालीगण्डकी नदी किनारमा दर्ता विनानै सञ्चालन भएको क्रसर उद्योगका वारेमा जिल्लाका सरोकारवाला निकायहरु मौन देखिएका छन् । बेनी–जोमसोम कोरला सडकखण्ड अन्तरगत पर्ने जिल्लाको रघुगंगा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग सञ्चालन गरिएको छ । सदरमुकाम देखि नजिकै रहेको उक्त क्रसर उद्योगका वारेमा […]

रघुगंगामा ४६ करोड ८६ लाख २५ हजार बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असार ११ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको […]

रघुगंगा कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी

विकल्प न्युज/ बेनी जेठ १५ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे र सेमिता […]

मंगलाको कार्यपालिका सदस्यमा एमालेका २ जना निर्विरोध

विकल्प न्यूज/बेनी जेठ ११ गते । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । गाउँसभामा निर्वाचित भएका मध्यबाट ४ जना महिला र खुल्ला तर्फ दलित वा अल्पसंख्याक दुइजना गरी ६ जना सदस्यहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधवार मनोनयन दर्ताका दिन नेकपा एमालेका शंकर शेरचन र टेक बहादुर […]

रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी जेठ ११ गते । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले मनोनय दर्ता गरेका […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । विहिवार विहान सम्पन्न मतगणना अनुसार नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भरत पुनले चार हजार ५८ र उपाध्यक्षका उम्मेदवार दिवा पुनले ४ हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको हो । यसैगरी प्रतिस्पर्धी नेपाली काँग्रेसका तर्फबाट […]