रघुगंगा गाउँपालिका
जनप्रतिनिधिको उपेक्षाका कारण म्याग्दीका कृषकहरु मर्कामा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ पुष । जनप्रतिनिधिहरुको उपेक्षाका कारण म्याग्दीमा कृषि र पशु विकास सम्बन्धि योजना तथा कार्यक्रम अलपत्र परेका छन् । मन्त्रालयले पठाएको बजेट स्थानीय तहले अन्यत्र बिनियोजन गरेपछि कृषकहरु विउबिजन र पशुपंक्षीको औषधि उपचारको सेवाबाट समेत बञ्चित हुनुपरेको छ । कृषि र पशुपंक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने […]
चोरी शिकारी नियन्त्रणमा पाखापानीका जनप्रतिनिधिको पहल
सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् । पाखापानीको सामुदायिक र सार्वजनिक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी र अबैध […]
रघुगंगा गाउँपालिका साक्षर घोषणा
सन्तोष गौतम \ विकल्प न्युज बेनी २७ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत […]
विकास र सम्बृद्धिको नेतृत्वका लागि वामगठबन्धनको विकल्प छैन – थापा
सन्तोष गौतम, कमल खत्री/बेनी २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको […]
म्याग्दीका जनता सचेत छन पञ्चायत फर्काउदैनन ः वाम
सन्तोष गौतम/विकल्प न्यूज बेनी २६ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आईतबार रघुगंगा गाउँपालिका ६ पाखापानीमा संयुक्त चुनावी सभा गरेका छन् । आमसभामा बोल्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहाँसीक आवश्यकता भएको बताउनुभयो । आफ्नै बहुमतको सरकार भंग गरेको र राजालाई सरकार हस्तान्तरण गरेको […]
म्याग्दीका उम्मेद्वारका प्राथमिकता
सन्तोष गौतम/नवविकल्प कार्तिक २३ गते । मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारहरुको प्राथमिकता समान देखिएको छ । एमाले–माओवादी केन्द्रको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रीक गठबन्धनको राजनीतिक एजेण्डा फरक भएपनि स्थानीय एजेण्डा प्रायः समान छन् । दुवै गठबन्धनका उम्मेदवारहरुले सडक, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको […]
म्याग्दीका २२ मतदान स्थल संवेदनशिल
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ कात्तिक । म्याग्दीका २२ मतदान स्थल संवेदनशिल रहेका छन् । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले संवेदनशिल मतदान स्थलको लागि बिशेष सुरक्षा योजना तयार पारेको छ । विगतका चुनावमा भएका गतिबिधि, भौगोलिक बिकटता, सञ्चार, यातायात सुबिधाको पहुँच लगायतका आधारमा संवेदनशिल मतदान स्थलको […]
पाखापानीका जनता भन्छन–‘राज्यमन्त्री हुँदा पनि गाउँको मुहार उस्तै रहयो,,फेरी मत माग्न लाज मान्नुपर्ने हो (भिडियो सहित)
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि बिजयी गराएपनि गाउँको […]
लोकतान्त्रिक गठबन्धनको पाखापानीमा चुनावी सभा
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानी आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधी सभा […]
चर्चामा म्याग्दीको प्रदेश १ ः झिनो मतले वाम गठबन्धन अघि
विकल्प न्यूज/बेनी कार्तिक १५ गते । पञ्चायतकालमा एकपटक सहायक,दुई पटक राज्यमन्त्री र पहिलो जिल्ला सभापति लोकतान्त्रीक गठबन्धनबाट उम्मेदवार बन्नुभएका राप्रपाका भिमप्रसाद गौचन र वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका युवा नेता बिनोद केसीको विच म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ क लाई धेरैले चासोका साथ हेरिएको छ । यो क्षेत्रमा पाका पुस्ता र युवापुस्ता विचको चुनावी भिडन्त […]
वाम गठबन्धनका उम्मेदवार केसी मतदाताका घरघरमा
विकल्प न्यूज/बेनी बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको वाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण गरेर ठाडाखानी पुगेको […]
यस्तो रहयो म्याग्दीका जनप्रतिनिधिको सय दिन
सन्तोष गौतम /विकल्प न्यूज असोज ११ गते । २०७४ बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन मार्फत चुनिएका म्याग्दीका जनप्रतिनिधिहरुले पदभार सम्हालेको एक सय दिन पुरा भैसकेको छ । निर्वाचित भएलगत्तै करिब एक महिना स्वागत तथा सम्मानमै बिताएका जनप्रतिनिधिहरुको पहल र नेतृत्वमा पछिल्लो २ महिनामा भने सार्वजनिक सेवा प्रवाह र विकासको क्षेत्रमा केही […]
रघुगंगा र अन्नपूर्ण गापाका भेडापालक कृषकलाई औजार सहयोग
सन्तोष गौतम/विकल्प न्यूज पोखरेबगर(म्याग्दी) १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो ।परम्परागत रुपमा गरिदै आएको […]
रघुगंगाका जनप्रतिनिधि नै तालाबन्दीमा उत्रेपछि……..
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । गाउँपालिकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६ पाखापानीका […]
रघुगंगा गापामा रिङरोड बनाउने प्रस्ताव
विकल्प न्यूज/बेनी भदौं १२ गते । रघुगंगा गाउँपालिकामा यातायात सञ्जाल विस्तारका लागि रिङरोड अवधारणा अघि सारिएको छ । गाउँपालिका अन्र्तगत ८ वटै वडामा सडक सञ्जाल पुगेपनि यातायात भरपर्दो छैन । गाउँपालिकाको झिँ हुदै पाखापानी पुगेको सडकलाई ठाडाखानी हुदै कुईनेखानी पु¥याउने र कोटगाउँ पुगेको सडकलाई रायखोर हुदै घ्यासीखर्क जोड्ने योजना छ । अर्कोतर्फ गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि […]