मालिका गाउँपालिका

यातायात सञ्जालसँग जोडियो मालिकाको निस्कोट

म्याग्दी,  वैशाख ३० गते । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट पालिकाको केन्द्र दरबाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । मालिका–१ र मङ्गला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो । पश्चिम म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको व्यापारिक केन्द्रका रुपमा रहेको दरबाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि […]

रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारणसभा सम्पन्न

ध्रुवसागर शर्मा \दरबाङ वैशाख ३० गते । नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३१ औं साधारण सभा तथा अधिवेशन पश्चिम म्याग्दीको दरबाङमा शनिवार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्र सोसाइटीका केन्द्रीय महामन्त्री भूपतिलाल श्रेष्ठले विश्वभर मानव समुदायमा आइपर्ने मानवीय तथा प्राकृतिक जुनसुकै खालका विपद्मा रेडक्रस अभियानले अनवरत सेवा प्रदान गर्दै आएको बताउनुभयो । […]

बिमका मिर्गौला रोगबाट पीडित धनबहादुरको सहयोगका लागि १४ लाख सहयोग

विकल्प न्यूज /बेनी बैशाख १५ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ । बिम मालिका सङ्घ अन्तर्राष्ट्रिय विभाग संयोजक एवम् समाजसेवी कृष्ण जुग्जालीको संयोजकत्वमा बिम घर भई हाल विभिन्न देशमा रहेका बिमवासीबाट सङ्कलित सो रकम शेरपुञ्जाको उपचारमा सहयोग गरिएको हो । दुवै मिर्गौला […]

रुमको दुरुलेकमा पुग्न थाले आन्तरिक पर्यटक

गलेश्वर (म्याग्दी), वैशाख ४ गते ।  म्याग्दीको दुरुलेकमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका छन् । मालिका गाउँपालिका-२ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा पदमार्ग, सत्तल, मन्दिरलगायत पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक पुग्न थालेका हुन् । नीलो आकाशमुनि हरियो पहाडमा रातै फुलेका लालीगुराँस । क्षितिजपारी दन्तेहलर जस्ता चाँदी झै टल्कने सेता हिमाल । तरेली परेको भिरालो […]

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

बेनी, १९ चैत ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । “उकालो, ओरालोमा हिडडुल गर्दा चिप्लिएर लड्ने, […]

मालिकामा एमालेको नयाँ नेतृत्व चयन

विकल्प न्यूज\बेनी फागुन २५ गते ।  नेकपा एमाले मालिका गाउँपालिका कमिटिको अध्यक्षमा दलमान पुन चयन हुनुभएको छ । विहिबार सम्पन्न दोस्रो अधिवेशनबाट पुनको अध्यक्षतामा ३१ सदस्यीय पालिका कमिटि चयन भएको हो । कमिटिको उपाध्यक्षमा सन्तनाथ सुवेदी, सचिवमा बिनोद बुढाथोकी, उपसचिवमा छरदेवी घर्ति र थमन गौतम चयन हुनुभएको छ । अध्यक्ष पुनले गाउँपालिकामा पार्टीलाई थप सशक्त […]

एमाले नेतृत्वको सरकारको पालामा आएको थियो विकासको लहर ः नेता थापा

विकल्प न्यूज/बेनी फागुन २४ गते । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा गर्नका लागि नेकपा एमाले नेतृत्वको सरकारको पालामा विकास तथा समृद्धिको लहर आएको नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्र थापाले बताउनुभएको छ । नेकपा एमाले मालिका गाउँपालिका कमिटीको दोश्रो अधिवेशनको उद्घाटनमा बोल्दै प्रतिनिधिसभाका पूर्व सदस्य थापाले उक्त धारणा राख्नुभएको हो । ‘‘केपी शर्मा ओली नेतृत्वको […]

नवनिर्मित भीम माविको भवन उद्घाटन

विकल्प न्यूज\बेनी फागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दशकोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रीन(एम.बि.ई) […]

अमरज्योती माविले मनायो ६१ औ वार्षिकोत्सव

विकल्प न्यूज/बेनी माघ २२ गते । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने क्रम घटाउन नीतिगत […]

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दी,  माघ १७ गते ।  म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर […]

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना अलपत्र,लगानीकर्ता चिन्तित

बेनी, माघ ११ गते ।    म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ ।  धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो । विसं २०७५ देखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको पहिलो अडिटको […]

बिममा दुई जनाको हत्या, हत्या गरेको आरोपमा एक जना पक्राउ

बेनी, २१ पुस । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका दुई जनाको हत्या भएको छ । धारिलो ढुंगा (छपनी) प्रहार हुँदा गम्भिर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनिषा र ७ बर्षिया प्रियंका गर्बुजाको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । ‘मनिषाको लुरवाङ स्थित घटनास्थलमै ज्यान गएको थियो,’ उहाँले […]

मालिकामा थप तीन करोड ३० लाख बजेट विनियोजन

म्याग्दी (दरबाङ), पुस १९ गते ।  म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार सम्पन्न गाउँसभाको १४ औं अधिवेशनले गत वर्ष सञ्चित कोषमा बाँकी रहेको तीन करोड तीस लाख रुपियाँ विभिन्न योजना तथा कार्यक्रमका शीर्षकमा विनियोजन गरेको हो । गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको […]

किसानी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

विकल्प न्यूज/बेनी पुस १५ गते । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य […]

मालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी, १२ पौष । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा बिहिबार देखि दरवाङ बजारमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी, ज्येष्ठ नागरिक बलमान पुनले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा […]